रामधुनीका सशस्त्र द्वन्दमा भएका सहिद तथा बेपत्ता परिवारलाई माओवादीको सम्मान

रामधुनीका सशस्त्र द्वन्दमा भएका सहिद तथा बेपत्ता परिवारलाई माओवादीको सम्मान

झुम्का । नेकपा माओवादी केन्द्रले सशस्त्र द्वन्दकालमा सहिद भएका तथा बेपत्ता भएका रामधुनीका पाँच परिवारलाई सम्मान गरेको छ । पार्टीको तीन महिने शुद्धिकरण कार्यक्रम अन्तरगत भएको रामधुनी ६ ढेरिगाउको थारु बाबा खेल मैदानमा भएको फुटबल खेलको समापन कार्यक्रमको अवसर पारेर तत्कालिन सरकारको तर्फवाट पार्टीका जनमुक्ति सेनालाई गिरफ्तार गरि बेपत्ता पारिएका रामधुनी ३ मा बसोवास गर्ने दिपक विकको ठुलो ममी लिला विक, रामधुनी ३ कै फुल कुमार विकका श्रीमती पम्फि विक, राजेन्द्र कुमार चौधरीको आमा दखनि देवी चौधरी र युद्धमा मारिएका रामधुनी ७ का सहिद मोहित बस्नेतका बुवा गंगा बहादुर वस्नेत, रामधुनी ८ कि श्याम कुमारी चौधरीकी आमा सुगावति चौधरीलाई सम्मान…
Read More
सरकारको गतिविधि जनताको पक्षमा नरहेको भन्दै झुम्कामा रास्वपाको र्याली

सरकारको गतिविधि जनताको पक्षमा नरहेको भन्दै झुम्कामा रास्वपाको र्याली

झुम्का । पछल्लो समय सरकारले गरेका गतिविधि जनताको पक्षमा नरहेको भन्दै रास्वपाले बुधबार रामधुनीको झुम्कामा विरोध र्याली निकालिएको छ । कोशी प्रदेशको सबै स्थानिय तहमा शान्तिपूर्ण विरोध र्याली निकाल्ने निर्णय गरेसँगै रामधुनीमा पनि प्रदर्शन गरिएको रास्वपाले बताएको छ । रामधुनी नगर कार्यसमितिको आयोजनामा तिनै तहका सरकारले यो आर्थिक मन्दी र चाडवाडको वेलामा चार्ड पर्व लक्षित गरी जनतालाई दुःख दिने काम गरेको भन्दै विरोध र्याली निकालिएको रामधुनी रास्वपा सभापति डिल्ली गुरागाईंले बताए । प्रदर्शनकारीहरुले झुम्का बजारको लगौना मोड देखि शिव चोक सम्म नीतिगत भ्रस्टाचार बन्द गर, दण्डहीनताको अन्य गर, कालो बजारी नियन्त्रण गर, हत्यारालाई कार्वाही गर, स्थानिय सरकार मुर्दावाद, सरकार तेरो…
Read More
नेकपा माओवादीको प्रशिक्षण रामधुनीमा, प्रदेश सांसद जिवन आचार्यले भने -हाम्रो लडाई कसैको विरुद्धमा होइन

नेकपा माओवादीको प्रशिक्षण रामधुनीमा, प्रदेश सांसद जिवन आचार्यले भने -हाम्रो लडाई कसैको विरुद्धमा होइन

इटहरी । कोशी प्रदेशका प्रदेशसभा सांसद जिवन आचार्यले आफुहरुको लडाई गरिवी, अशिक्षा र बेरोजगारीको अन्त्य गर्न भएको बताएका छन् । सोमबार पार्टीको तीन महिला अभियान अन्तर्गत रामधुनीको झुम्कामा आयोजना भएको पार्टी प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै पुर्व प्रदेश मन्त्री समेत रहेका आचार्यले आफुहरुको लडाई कसै विरुद्ध केन्द्रित नभएको बताए । पार्टीको तीन महिने अभियान अन्तर्गत रामधुनीको संयोजकको रुपमा खटिएका आचार्य श्रमदान लगायतका काममा समेत देखिने गरेका छन् । पार्टीका कार्यकर्तालाई केन्द्रले र पार्टीको नेतृत्वमा भएको सरकारले गरेका कामहरु देखाउन र सुनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्र रामधुनीका अध्यक्ष बलाराम चौलागाईले बताए । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी…
Read More
इटहरीमा नेकपा एसको वृहत् आमसभा १९१ ले गरे पार्टी प्रबेश

इटहरीमा नेकपा एसको वृहत् आमसभा १९१ ले गरे पार्टी प्रबेश

इटहरी । नेकपा एकीकृत समाजवादीले सोमबार ईटहरिमा मेची महाकाली जागरण अभियान अन्तरगत वृहत आमसभा सम्पन्न गरेको छ । पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रद्यानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा भएको आमसभामा १९१ जना नेकपा एसमा प्रवेश गरेका छन् । देशको बर्तमान अवस्था र कार्यकर्तालाई पार्टीको वर्तमान अवस्था बारेमा जानकारी दिदै अबको यात्रा समाजवाद हुनुपर्ने र जनतालाई जागरुक बनाउन भन्दै असोज १४ गते झापाको काँकडभिट्टा देखि नेकपा एसले मेचिमहाकाली जागरण अभियानको सुरु गरेको बताएको छ । सोहि जागरण अभियान अन्तर्गत सोमबार इटहरीमा आमसभाको आयोजना गरिएको नेकपा एकीकृत समाजवादी इटहरीका नगर इन्चार्ज केवल फुयालले जानकारी दिए । फुयालका अनुसार पार्टी प्रति जनताका…
Read More
प्रदेश अधिवेशनका लागि नेकपा एमाले रामधुनीले सिफारिस गर्यो मेयर सहित सात जना प्रतिनिधि

प्रदेश अधिवेशनका लागि नेकपा एमाले रामधुनीले सिफारिस गर्यो मेयर सहित सात जना प्रतिनिधि

इटहरी । नेकपा एमाले रामधुनीले आसन्न कोशी प्रदेश अधिवेशनका लागि रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी सहित ७ जनालाई सिफारिस गरेको छ । पार्टीले शुक्रबार बसेको बैठकले ७ जनालाई निर्विरोध सिफारिस गरेको थियो । बिहीबारै टुंगो लगाउने भनिएपनि प्रतिनिधि भने शुक्रबार अबेर टुंगो लागेका हुन । सिफारिस हुनेहरुमा नारायण प्रसाद काफ्ले, गणेश गुरागाईं, तारा खतिवडा, नन्द कुमार बस्नेत, शंकरलाल चौधरी, रुद्र बस्नेत र सविना कुमारी चौधरी छन् । सिफारिस भएकाहरुले असोज १२ र १३ गते हुने नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा रामधुनी नगरको प्रतिनिधित्व गर्ने छन् ।
Read More
उद्द्ब थापालाइ सर्बोच्चको दोश्रो झटका, २ दिनभित्र एमालेको सरकार बन्ने

उद्द्ब थापालाइ सर्बोच्चको दोश्रो झटका, २ दिनभित्र एमालेको सरकार बन्ने

इटहरी । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा लाइ सर्बोच्च अदालतको फैसलाले पदमुक्त गरेको छ ।  अब ४८ घण्टाभित्र धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले उक्त आदेश दिएको हो । मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखेका थिए । उपसभामुख बिरामी परेको भन्दै ज्येष्ठ सदस्यका लागि बैठक राख्न आग्रह गरेको अवस्थामा ज्येष्ठ सदस्यले मतदान गरेपछि विवाद भएको थियो । सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई मत दिएका थिए । सदस्यहरूले मत दिएपछि सच्याउने सूचना…
Read More
रामधुनी नगरमा माओवादीको जनतासँग माओवादी अभियानको श्रमदानमा   पानीको पाइप तान्दै उद्घाटन, बिभिन्न वडामा छुट्टै कार्यक्रम

रामधुनी नगरमा माओवादीको जनतासँग माओवादी अभियानको श्रमदानमा पानीको पाइप तान्दै उद्घाटन, बिभिन्न वडामा छुट्टै कार्यक्रम

इटहरी । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी नाम दिइएको तीन महिने अभियानको श्रमदानमा पाइप तानेर उद्घाटन गरिएको छ । कोशी प्रदेशका पुर्व आर्थिक मामिला मन्त्रि जिवन पराजुलीको संयोजनमा भएको अभियानमा उद्घाटनको दिन शनिबार वडा वडामा बिभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । रामधुनी ६ को आदर्श माध्यमिक विद्यालयमा सरसफाई कार्यक्रम गरिएको साथै रामधुनी ७ मा प्रशिक्षण तथा खाने पानी बिस्तार पाइप तान्दै श्रमदान गरिएको नेकपा माओवादी केन्द्र राम धुनीका अध्यक्ष बलाराम चौलागाईले बेष्ट सञ्चारलाई सुनाए । पार्टीले राम धुनीका अन्य वडाहरुमा भेला बैठक र प्रशिक्षणको आयोजना गरेको थियो । जन जनमा माओवादी मन मनमा माओवादी भन्ने नाराका साथ नेकपा माओवादी केन्द्रले…
Read More
जनतासँग माओवादीको इटहरीमा भव्य उद्घाटन, कतै वृक्षारोपण, अन्तरक्रिया र स्वास्थ्य शिविर

जनतासँग माओवादीको इटहरीमा भव्य उद्घाटन, कतै वृक्षारोपण, अन्तरक्रिया र स्वास्थ्य शिविर

इटहरी । नेकपा माओवादी केन्द्रको ३ महिने जनतासँग माओवादी अभियान अन्तर्गत शनिवार अभियानको भव्य उद्घाटन गरिएको छ । पार्टीका केन्द्रिय सदस्य सुरेश कुमार राई हिमाल को नेतृत्वमा उपमहानगर भरी चलेको अभियानमा सबै वडा कमिटीले बिभिन्न कार्यक्रमको आयोजना गर्दै अभियानको उद्घाटन गरेका छन् । केन्द्रिय सदस्य सुरेश कुमार राईको नेतृत्वमा वडा नम्बर १० मा सरसफाई कार्यक्रमका साथै पार्टी कार्यलय उद्घाटन गरिएको थियो भने २५० जतिले जुम मार्फत पार्टी अध्यक्ष प्रचण्डको लाइभ सम्बोधन सुनेका थिए । वडा नम्बर ४ कमिटीले बुढीगंगा स्कुलमा वृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । जसबाट ३८५ जनाले लाभ लिएका छन । वडा नम्बर ४ को जिम्मेवारी पार्टीको…
Read More
माओवादीको जनतासङ जोडिने  अनौठो तरिका बुढी गङामा धान खेत गोडेर ३ महिने अभियान उद्घाटन

माओवादीको जनतासङ जोडिने अनौठो तरिका बुढी गङामा धान खेत गोडेर ३ महिने अभियान उद्घाटन

इटहरी ।  जनता सङ जोडिन नेकपा माओवादीले सुरु गरेको ३ महिने अभियान मोरङ्को बुढी गङा गाउँ पालिकामा अनौठो तरिकाले सुरु गतिएको छ । । मोरङको बुढीगंगा गाउँपालिकामा जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको शनिबार उद्घाटन गरिएको छ । बुढीगंगा गाउँ पार्टी अध्यक्ष डिल्ली आचार्यको धानखेत गोडेर तीन महिने अभियान उदघाटन गरिएको नेकपा (माओवाद केन्द्र) कि केन्द्रीय सदस्य अनिता परियारले बताइन् । संविधानसभा सदस्यसमेत रहेकी परियारलाई यस पालिकामा अभियान संचालन गर्ने जिम्मेवारी तोकिएको छ । साथै बुढीगंगा गाउँपालिकाकै वडा नम्बर ७ मा वृक्षरोपण गरि सो अभियानको उद्घाटन गरिएको छ । सार्वजनिक स्थानमा सरसफाई गरि अभियानलाई अघि बढाइएको परियारले जानकारी दिइन् । सोही…
Read More
जनतासँग माओवादी रुपान्तरण अभियान इटहरीका २० वटै वडामा तयारी पुरा शनिवार भव्य उद्घाटन हुने

जनतासँग माओवादी रुपान्तरण अभियान इटहरीका २० वटै वडामा तयारी पुरा शनिवार भव्य उद्घाटन हुने

इटहरी । नेकपा माओवादीको ३ महिने जनतासँग माओवादी रुपान्तरण अभियान २०८० अन्तर्गत इटहरी उपमहानगरभित्रको उद्घाटन कार्यक्रमको तयारी पुरा भएको छ । पार्टीका नगर अध्यक्ष बहादुर सिंह तामागका अनुसार अभियानमा इटहरी उपमहानगरपालिकाको २० वटै वडामा सबै तयारी पूरा भएको हो । पार्टी केन्द्रबाट इटहरी उपमहानगरपालिका भरी संयोजन गर्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य सुरेश कुमार राईको उपस्थितीमा इटहरी उपमहानगरपालिकाका २० वटै वडाहरुमा भब्य र सभ्य रुपमा अभियानको उद्घाटन कार्यक्रम सम्पन्न गर्नेगरीको तयारी गरिएकोतामाङ्गले जानकारी दिएका छन् । तामाङ्गका अनुसार भोली शनिवार इटहरी उपमहानगरपालिका भरी अभियानको उद्घाटनका लागि २० वटै वडाका वडा कमिटीका अध्यक्ष लगायतका जिम्मेवार पदाधिकारीहरुले आफ्नो आफ्नो वडामा बिभिन्न कार्यक्रम गर्दै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.