रामधुनी नगरपालिकाका पुर्ब उपप्रमुख,पुर्ब प्रमुख प्रसाशकिय अधिकृत सहित ९ जना विरुद्ध भ्रस्टाचार मुद्दा

रामधुनी नगरपालिकाका पुर्ब उपप्रमुख,पुर्ब प्रमुख प्रसाशकिय अधिकृत सहित ९ जना विरुद्ध भ्रस्टाचार मुद्दा

झुम्का । रामधुनी नगरपालिका वडा नम्बर ३ देखि ४ जोड्ने सडक कालोपत्रे गर्दा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । अख्तियारले नगरपालिकाको तत्कालिन उपप्रमुख सविना कुमारी चौधरी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, वडा नं. ३ का वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका नासु सुनील कुमार चौधरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुमाथि झुटो प्रतिवेदन दिएको आरोप छ । अख्तियारले यही घटनामा लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इञ्जिनियर देबेन्द्र नारायण चौधरी र सव–इञ्जिनियर हर्षलाल चौधरीमाथि…
Read More
इजरायलको आक्रमणमा सुनसरीको मधुवनका राजेश कुमार स्वर्णकार सहित १० जना नेपालीको मृत्यु पुष्टि

इजरायलको आक्रमणमा सुनसरीको मधुवनका राजेश कुमार स्वर्णकार सहित १० जना नेपालीको मृत्यु पुष्टि

इटहरी । इजरायलका लागि नेपाली राजदुतावासले इजरायलमा भएको आक्रमणमा परी सुनसरीको साविक मधुवन गाविस वडा नम्बर १, का राजेशकुमार स्वर्णकार सहित १० जनाको मृत्यु पुष्टि गरेको छ । इजलायरको गाजा क्षेत्रमा प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको हो । थप तीन जना घाइते रहेको र उनीहरुको अस्पतालमा उपचार भईरहेको दुतावासको भनाई छ । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह रहेका छन् । पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा,…
Read More
जग्गा नामसारी गर्न डेढ लाख माग्ने इनरुवा मालपोतका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी रंगेहात पक्राउ

जग्गा नामसारी गर्न डेढ लाख माग्ने इनरुवा मालपोतका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी रंगेहात पक्राउ

इटहरी । जग्गा नामसारी गरेबापत डेढ लाख रुपैँया घुस माग्ने भूमिसुधार तथा मालपोत कार्यलय इनरुवाका २ जना कर्मचारी अख्तियारको फन्दामा परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो । नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग रु। १ लाख ५०,हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले रंगेहात पक्राउ गरेको हो । ् निज नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई सेवाग्राहीसँग एक लाख…
Read More
रामधुनी नगरपालिकामा जग्गाको मुल्यांकन कट्ठाको १ करोड २० लाख सम्म

रामधुनी नगरपालिकामा जग्गाको मुल्यांकन कट्ठाको १ करोड २० लाख सम्म

प्रकाश बन्जारा । इटहरी । रामधुनी नगरपालिकाको नगरसभाले आर्थिक ऐन मार्फत मुल सडकका जग्गाको मुल्यांकन कट्ठाको १ करोड २० लाख सम्म पुर्याएको छ । शहरी, आवास, कृषि तथा औद्योगिक क्षेत्रमा छुट्टा छुट्टै मुल्यांकन गर्दै नगरसभाले आर्थिक ऐन मार्फत फरक फरक जग्गाको फरक फरक मुल्यांकन पारित गरेको हो । जस अनुसार लगना चोक देखि शिव चोक सम्म मुल सडकका जग्गाको सरकारी मुल्यांकन कट्ठाको १ करोड २० लाख तोकिएको छ । लोक मार्गले छोएको सडक कालोपत्र एपेक्स कापी पसलदेखि पुर्व इटहरीको सिमाना सम्मका जग्गाको मुल्यांकन कट्ठाको ४० लाख तोकिएको छ । यता इन्टर लक गरिएको रामधुनी नगरपालिका वडा नम्बर १ का जग्गाको…
Read More
धरानका उपमेयरको घरमा तोडफोड मेयरका भाईमाथि खुकुरी प्रहार

धरानका उपमेयरको घरमा तोडफोड मेयरका भाईमाथि खुकुरी प्रहार

इटहरी । युवाहरुको एउटा समुहले धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाको घरमा तोडफोड गरेका छन् । हतियार सहित उपमेयरको धरान १५ स्थित घरमा प्रवेश गरेका युवाहरुले उपमेयर अइन्द्र बिक्रम बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार गरेका छन् । दोहरो झडप हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट विष्णुको देब्रे गालामा चोट लागेको छ । ‘दुई पक्षबीच झडप हुँदा उपमेयरका भाइ विष्णु घाइते भएको सुनसरी प्रहरी प्रमुख विपिन रेग्मीले प्रमाणित गरेका छन् । केहिलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको स्थानीयले बताएका छन् । घर तोडफोड गर्न थालेपछि तत्काल खबर गरिएको थियो ।यद्यपि…
Read More
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण निधन

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण निधन

इटहरी । नेकपा एमालेका उपाध्यक्ष एंव संविधान सभाका सभामुख सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ । ७१ बर्षिय प्रतिनिधि सभा सदस्य समेत रहेका नेम्वाङको हृदयघातका कारण सोमवार राति झण्डै साढे २ बजेको समयमा निधन भएको हो । बालुवाटार स्थित निवासमा हृदयघात भएलगत्तै उनलाइ महाराजगञ्ज स्थित त्रिवी शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घरमै हृदयघात भएका सुवास नेम्वाङलाई अस्पताल ल्याएपछि राति साढे २ बजे चिकित्सकले मृत घोषणा गरेका छन । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा इलामबाट विजयी नेम्वाङ नेकपा एमाले संसदीय दलका उपनेता थिए । २०७९ फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट प्रत्यासी थिए ।…
Read More
सहकारी सुधार्न इटहरी उपमहानगरको सक्रियता, नगरप्रमुखको निर्देशनमा सहकारी शाखाको तिव्र अनुगमन

सहकारी सुधार्न इटहरी उपमहानगरको सक्रियता, नगरप्रमुखको निर्देशनमा सहकारी शाखाको तिव्र अनुगमन

प्रकाश बन्जारा । इटहरी ।सहकारी संस्थामा बचत गर्ने सर्वसाधारण बचत कर्ताको बचतलाई सुरक्षित गर्न इटहरीका नगरप्रमुखको निर्देशनमा सहकारी शाखाले सक्रियता बढाएको छ । यस अघि बिभिन्न समयमा सहकारी शाखाले गरेको कामकारबाही भन्दा अहिले सहकारी शाखाले सक्रियता देखाएपछि सहकारी अभियन्ताहरु समेत खुसी भएका छन् । बिगत एक बर्षदेखि सहकारी शाखाको नेतृत्व सम्हाल्दै आएका बालकुमार पोखरेलले सहकारी संस्थाहरु बिधि पद्धती भन्दा निकै पर रहेका कामकारवाही गरीरहेको पाएपछि तिनीहरुको निरिक्षण र अनुगमनमा सहकारी शाखा लागिपरेको बताएका छन् । सहकारीबाट आफुहरु ठगिएको उजुरी आउन लागेपछि सहकारी शाखाले अनुगमनलाई तिव्रता दिएको शाखा प्रमुख बालकुमार पोखरेल बताउँछन् । पोखरेलका अनुसार सहकारी शाखाले झण्डै एक दर्जन सहकारीको…
Read More
इटहरीकी महिलाको हत्या गरेर शव फाल्न लैजाँदै गर्दा गाउँलेले देखेपछि ………..

इटहरीकी महिलाको हत्या गरेर शव फाल्न लैजाँदै गर्दा गाउँलेले देखेपछि ………..

इटहरी । इटहरीकी ४४ बर्षिया महिलाको हत्या गरेर शव फाल्न लैजादै गर्दा गाउँलेले देखेपछि धरान १७ बस्दै आएका टेक बहादुर दर्जी फन्दामा परेका छन् । दर्जीले इटहरी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ४४ वर्षीया यसोदा श्रेष्ठको धरानमा हत्या गरेर शव फाल्न जंगल लैजादै गर्दा गाउँलेले देखेर प्रहरीलाई खबर गरेका थिए । महिलाको हत्या गरिएको अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले पुष्टि गरेको छ ।हत्यामा संलग्न रामेछाप घर भइ धरान १७ बस्दै आएका टेकबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताएका छन् । दर्जीले यसोदाको हत्या गरी शव जंगलमा फाल्न लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई…
Read More
रामधुनी ८ पौडेल चोकमा एक महिलामाथि सामुहिक कुटपिट, पिडितले दिइन किटानी जाहेरी

रामधुनी ८ पौडेल चोकमा एक महिलामाथि सामुहिक कुटपिट, पिडितले दिइन किटानी जाहेरी

इटहरी । रामधुनी नगरपालिका वडा नम्बर ८ स्थित पौडेल चौकमा एक महिलामाथि निर्घात कुटपिट भएपछि पिडित महिलाले आफुलाई कुटपिट गर्नेलाई कारवाहिको माग गर्दै किटानी जाहेरी दिएकी छन् । बुधबार मात्रै रामधुनी ८ पौडेल चोकमा ४ जना महिला र एक पुरुषले अभद्र व्यवहार गर्दै कुटपिट गरेपछि पिडित महिलाले जिल्ला प्रहरी कार्यलय सुनसरीमा किटानी जाहेरी दिएकी हुन । जाहेरीमा कुटपिट गर्ने सन्तोष साहसहित २० बर्षीय निशान साह, २९ बर्षीय ललिता शाह, ३६ बर्षीय हिरा साह र ५५ बर्षीय जलेश्वरी देवी साहविरुद्ध जाहेरी दिएकी हुन् । पीडित महिलाले आफुमाथि पीडक पक्षले ‘अभद्र व्यवहार गरेको’ भन्दै मुलुकी अपराध संहिता २०७४ को परिछेद ५ दफा…
Read More
रामधुनीमा चोरीको बिजुलीले बोरीङ्ग चलाउन लगाउँदा करेन्ट लागेर कामदारको मृत्यु, जग्गाधनीको दोहोरो भनाई

रामधुनीमा चोरीको बिजुलीले बोरीङ्ग चलाउन लगाउँदा करेन्ट लागेर कामदारको मृत्यु, जग्गाधनीको दोहोरो भनाई

इटहरी । बिद्युत लाईनमा हुक लगाएर खेतमा पानी पटाउने क्रममा करेन्ट लाग्दा रामधुनी नगरपालिका वडा नम्बर ९ डुम्राहा मा एक जनाको ज्यान गएको छ । बिदेशमा रहेका खेत धनीले मेरो खेतमा पानी लगाइदिनु भनेकै कारण जग्गा धनीका बुवासँगै पानी पटाउन गएका १९ बर्षिया निरज चौधरीको करेन्ट लागेर मृत्यु भएपछि उनका परिवारको बिचल्ली भएको छ । निरजका परिवारले बिहिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै चोरीको बिजुली प्रयोग गरी पानी पटाउँना आफ्नो छोराको भवितव्य दुर्घटनामा परी मृत्यु भएको भन्दै आवश्यक कानुनी कारवाही अगाडी बढाइदिन अनुरोध गरेका छन् । डुम्राहा को सुकुम्बासी बस्तीमा बसोबास गर्ने घरको एक्लो छोरा निरजको मृत्यु पछि उनकी आमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.