झुम्का । नेकपा माओवादी केन्द्रले सशस्त्र द्वन्दकालमा सहिद भएका तथा बेपत्ता भएका रामधुनीका पाँच परिवारलाई सम्मान गरेको छ ।
पार्टीको तीन महिने शुद्धिकरण कार्यक्रम अन्तरगत भएको रामधुनी ६ ढेरिगाउको थारु बाबा खेल मैदानमा भएको फुटबल खेलको समापन कार्यक्रमको अवसर पारेर तत्कालिन सरकारको तर्फवाट पार्टीका जनमुक्ति सेनालाई गिरफ्तार गरि बेपत्ता पारिएका रामधुनी ३ मा बसोवास गर्ने दिपक विकको ठुलो ममी लिला विक, रामधुनी ३ कै फुल कुमार विकका श्रीमती पम्फि विक, राजेन्द्र कुमार चौधरीको आमा दखनि देवी चौधरी र युद्धमा मारिएका रामधुनी ७ का सहिद मोहित बस्नेतका बुवा गंगा बहादुर वस्नेत, रामधुनी ८ कि श्याम कुमारी चौधरीकी आमा सुगावति चौधरीलाई सम्मान गरेको हो ।
माओवादी केन्द्रको रामधुनी नगर कमिटीले नै आयोजना गरेको फुटवल प्रतियोगिताको फाइनल खेलको अवसर पारेर पुर्व कृषि राज्य मन्त्री रामकुमारी चौधरीले सहिद तथा बेपत्ता पारिएका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन ।
कार्यक्रममा संविधान सभाका सांसद तथा नेकपा माओवादी केन्द्र कोशी प्रदेश सदस्य सन्तोस थारु, रामधुनी नगर अध्यक्ष बलराम चौलागाई, रामधुनी नगर इन्चार्ज दिनेश चौधरी लगायत पार्टीका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।