हिसान स्कुलको बेसिक लेवल हाजिरी जवाफमा रामधुनीको आरम्भ विद्या मन्दिर प्रथम

सुनसरी। सुनसरी जिल्लाको हिसान स्कुलको बेसिक लेवल हाजिरी जवाफ प्रतियोगितामा रामधुनी ५ स्थित आरम्भ विद्या मन्दिरले प्रथम स्थान प्राप्त गरेको छ।

बुधबार इटहरीको पिसजोन रेसिडेन्सियल स्कुलमा सम्पन्न भएको प्रतियोगितामा आरम्भ विद्या मन्दिरले ताज जित्न सफल भएको हो। हिसान स्कुल, सुनसरीमा आवद्ध विद्यालयहरूलाई पछि पार्दै कस्तुरी एकेडेमीले द्वितीय र विश्व आदर्श स्कूलले तृतीय स्थान प्राप्त गरेका थिए।

हिसान स्कुलले समय समयमा आफ्ना आवद्ध विद्यालयका बीच हाजिरी जवाफ, नृत्य, कविता लगायतका प्रतियोगिताहरू आयोजना गर्दै आएको छ र विजेता विद्यार्थीलाई मेडल तथा पुरस्कार वितरण गर्दै आएको छ।

चालु शैक्षिक वर्षको पहिलो प्रतियोगितामा झुम्काको आरम्भ विद्या मन्दिरका कक्षा ८ का पारस सिग्देल र विश्वजित ढुंगाना साथै कक्षा ७ की छात्रा सिमरन पोखरेल सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.