नेपाल फेस्टिवल २०२५स् युएईको दुवईमा ऐतिहासिक सफलता र सांस्कृतिक धरोहरको उत्सव

प्रकाश बन्जरा ।
आइतबार अप्रिल २०, २०२५ मा युएईको दुवई स्थित क्रिक पार्कमा नेपाल फेस्टिवल एक ऐतिहासिक सम्पन्न भएको छ। नेपाली राजदुतावास युएईको संकक्षकत्वमा र गैह्र आवासिय नेपाली संघ तथा युएईमा रहेका विभिन्न जातीय तथा जिल्ला संस्थाहरुको सहकार्य र समन्वयमा आयोजित यस फेस्टिवलले सांस्कृतिक, व्यापारिक र पर्यटन क्षेत्रका सबै आयाममा महत्वपूर्ण स्थान बनाएको प्रतिक्रिया प्राप्त भएका छन् ।

यो फेस्टिवल मध्यपूर्व क्षेत्रमा पहिलो पटक यसरी व्यापक रूपमा आयोजना गरिएको थियो, जसको सहभागिता र सफलता यस क्षेत्रका लागि एक नयाँ मापदण्ड तय गर्ने जस्तो भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

नेपाल फेस्टिवलमा ४०,००० भन्दा बढी नेपाली र विदेशी नागरिकहरुले सहभागीता जनाएका थिए। यसले युएईमा रहेका नेपाली समुदायलाई एकजुट पार्ने मात्र होइन, त्यहाँका अन्य विदेशी नागरिकहरुलाई पनि नेपालका समृद्ध सांस्कृतिक र सामाजिक धरोहरहरुबाट परिचित गराएको अवसर प्रदान गर्‍यो।

फेस्टिवलमा कुल ५० वटा स्टलहरु राखिएका थिए, जसमा नेपाली ज्वेलरी, हस्तकला, रेस्टुरेन्ट, बैंक तथा वित्तीय संस्थाहरु, एक्सचेन्ज हाउस र नेपाली भेषभुषाका स्टलहरु समावेश थिए। यी स्टलहरुले न केवल नेपालका विविध सांस्कृतिक र व्यवसायिक पक्षलाई प्रस्तुत गरे, तर नेपाली समुदायको आर्थिक योगदान र समृद्धि पनि प्रकट गरेका थिए। युएईमा रहेका विभिन्न नेपाली व्यावसायिक संघहरुले यस फेस्टिवलको आयोजना र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कार्यक्रमको औपचारिक उद्घाटन नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गरे भने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको समेत उपस्थिती र मन्तव्य रहेको थियो । मन्तव्यमा मन्त्री पौडेलले युएईमा रहेका नेपाली समुदायको योगदान र नेपाल र युएई बीचको द्विपक्षीय सम्बन्धको महत्त्वलाई जोड दिएका थिए। साथै, नेपाली दुतावास युएईका उच्च अधिकारीहरु पनि कार्यक्रम स्थलमा उपस्थित भएर फेस्टिवलको सफलताका लागि योगदान गरेका थिए ।

नेपाल फेस्टिवलको अर्को प्रमुख आकर्षण भनेको विभिन्न कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतिहरु थिए। नेपाल जनजाति महासंघ र युएईमा रहेका नेपाली कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे, जसले दर्शकहरुलाई नेपालका विविध जाति र संस्कृति प्रति अझ बढी सम्मान र स्नेह जगाएको थियो।

फेस्टिवलको विशेष प्रस्तुति नेपालको चर्चित गायक एलिना चौहान, अर्जुन सापकोटा, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, हास्य कलाकार संदिप क्षेत्री, र लोक तथा दोहोरी गायीका शान्तिश्री परियारको प्रस्तुति पनि दर्शकहरुको मन जित्न सफल भएका थिए। यी कलाकारहरुको प्रस्तुतिले त्यहाँका दर्शकहरुलाई नेपाली संगीत र कला भन्दा परेका मुलुकमा पनि नेपालको सांस्कृतिक पहिचानलाई चिनाउने अवसर दिएको थियो।

फेस्टिवल बिहान १० बजेबाट साँझ १० बजेसम्म चलेको थियो, र यस अवधिमा पार्कमा आउने दर्शकहरुको भीड अत्यधिक थियो। कतिपय दर्शकहरु टिकट पाउनको लागि लामो समयसम्म लाइनमा बस्नुपर्ने स्थितिको सामना गरेका थिए। यद्यपि, पार्क इन्ट्रि शुल्क मात्र ५ दिराम राखिएको थियो, जसले गर्दा सर्वसाधारणलाई फेस्टिवलमा सहभागी हुन प्रोत्साहित गरेको थियो। यस प्रकारको लोकप्रियता र अभूतपूर्व प्रतिक्रिया प्राप्त गर्दा आयोजकहरुले यो कार्यक्रमको भविष्यमा अझ व्यापक र प्रभावकारी बनाउनका लागि योजना बनाउने संकेत दिएका छन्।

नेपाल फेस्टिवलको आयोजकहरुले यसलाई अहिले सम्मकै उत्कृष्ट फेस्टिवल भनेर टिप्पणी गरेका छन्, र यसले युएईमा रहेका नेपाली समुदायको उत्साह र सांस्कृतिक धरोहरलाई उजागर गर्ने राम्रो अवसर प्रदान गरेको छ। यस सफलताले भविष्यमा युएई र नेपालबीच सांस्कृतिक, सामाजिक र व्यावासिक क्षेत्रमा अझ बढी सहकार्य र परस्पर समझदारीको विकासको मार्ग खोल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.