इटहरीमा नेकपा एसको वृहत् आमसभा १९१ ले गरे पार्टी प्रबेश

इटहरी । नेकपा एकीकृत समाजवादीले सोमबार ईटहरिमा मेची महाकाली जागरण अभियान अन्तरगत वृहत आमसभा सम्पन्न गरेको छ ।

पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रद्यानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा भएको आमसभामा १९१ जना नेकपा एसमा प्रवेश गरेका छन् ।

देशको बर्तमान अवस्था र कार्यकर्तालाई पार्टीको वर्तमान अवस्था बारेमा जानकारी दिदै अबको यात्रा समाजवाद हुनुपर्ने र जनतालाई जागरुक बनाउन भन्दै असोज १४ गते झापाको काँकडभिट्टा देखि नेकपा एसले मेचिमहाकाली जागरण अभियानको सुरु गरेको बताएको छ ।

सोहि जागरण अभियान अन्तर्गत सोमबार इटहरीमा आमसभाको आयोजना गरिएको नेकपा एकीकृत समाजवादी इटहरीका नगर इन्चार्ज केवल फुयालले जानकारी दिए । फुयालका अनुसार पार्टी प्रति जनताका अकर्सण बड्दै गएको हुदा एकै दिन एक सय ९१ जनाले नेपपा एमाले सहित अन्य पार्टी परित्याग गरि नेकपा एस प्रबेश गरेको जनाए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा पार्टी अध्यक्ष माधव कुमार नेपालले आफ्नो अध्यक्षतामा रहेको पार्टी पुष्पलालले नेतृत्व गरेको पार्टि भएको बताएका छन । देशका व्यवस्था परिवर्तन भएपनि दलाल अर्थ व्यवस्था र पुँजीवादका कारण देशको बिकास नभएको अध्यक्ष नेपालको भनाई थियो । अध्यक्ष नेपालले नेकपा एसले देशको नेतृत्व गरेका देशमा समाजवदि व्यवस्था लागू हुने बताए ।

कार्यक्रममा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले समाज विकासको क्रम अनुसार अहिले पुँजीवाद अर्थ व्यवस्था रहेको भन्दै यदि समाजवाद तिर जाने हो भने दलाल पुँजीवादलाई निस्तेज गर्नुपर्ने बताए । उता बरिष्ट उपाध्यक्ष घनश्याम भुसालले दलालले देश संकटमा परेको भन्दै राष्ट्रियता समेत संकटमा परेको बताएका छन । आइतबार देखि सुरु भएको मेची महाकाली जागरण अभियानको कार्यक्रम असोज २८ मा महाकाली पुगेर टुंगिने बताइएको छ ।

कार्यक्रममा नेकपा एसका, पार्टी केन्द्रिय सदस्य तथा सुनसरी सहइन्चार्ज केशव कुमार विष्ट, पार्टी सचिव कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई, नेतृ रामकुमारी झाँक्री लगायत अन्य स्थानिय नेताहरुको उपस्थित रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.