इटहरी । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी नाम दिइएको तीन महिने अभियानको श्रमदानमा पाइप तानेर उद्घाटन गरिएको छ ।
कोशी प्रदेशका पुर्व आर्थिक मामिला मन्त्रि जिवन पराजुलीको संयोजनमा भएको अभियानमा उद्घाटनको दिन शनिबार वडा वडामा बिभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।
रामधुनी ६ को आदर्श माध्यमिक विद्यालयमा सरसफाई कार्यक्रम गरिएको साथै रामधुनी ७ मा प्रशिक्षण तथा खाने पानी बिस्तार पाइप तान्दै श्रमदान गरिएको नेकपा माओवादी केन्द्र राम धुनीका अध्यक्ष बलाराम चौलागाईले बेष्ट सञ्चारलाई सुनाए ।
पार्टीले राम धुनीका अन्य वडाहरुमा भेला बैठक र प्रशिक्षणको आयोजना गरेको थियो । जन जनमा माओवादी मन मनमा माओवादी भन्ने नाराका साथ नेकपा माओवादी केन्द्रले सुरु गरेको ३ महिने पार्टी सुदृढिकरण अभियानका लागि केन्द्रिय नेताहरु अहिले गाउँ गाउँ पुगेका छन् ।
रामधुनीको संयोजन गरिरहेका पुर्व प्रदेश मन्त्रि जीवन आचार्यले पार्टीलाई मजबुत बनाउन तीन महिने अभियान थालिएको बताए । तीन महिनाभर वडा र टोल टोलमा गएर पार्टीले केन्द्रमा गरेका सुधारका काम जनतालाई बुझाउने गरिको कार्यतालिका बनाइएको रामधुनी नगर अध्यक्ष बलाराम चौलागाईको भनाई छ ।