आँट र  साहसले युएईको प्रतिष्ठित कम्पनीको ह्युमन रिसोर्स हाँक्दै धरानकी रस्मी

आँट र साहसले युएईको प्रतिष्ठित कम्पनीको ह्युमन रिसोर्स हाँक्दै धरानकी रस्मी

प्रकाश बन्जरा । आँट, साहस र क्षमता भएपछि को महिला को पुरुष सबैले आफ्नो सीपको सदुपयोग गर्न सक्छन् भन्ने कुराको गतिलो उदाहरण हुन धरानकी रश्मि बास्तोला । रश्मिसँग बेष्ट सञ्चारको भेट अघिल्लो साता दुवईको मुटु बरदुवई नजिकै बुर्जुमान मलमा भयो । आफ्नो व्यस्त समयमा पनि अनुभव साट्न राजी भएपछि हामीले पायक पर्ने ठाउँमा भेट्ने योजना बनाएका थियौँ । केहि हप्ता पहिला दुवई नेप्लिज ईन्फ्लुयन्सर ग्रुप डिएनआइजीले आयोजना गरको कार्यक्रममा एचआर प्यानलिष्टको भुमिकामा देखिएकी रश्मि बिभिन्न आरोह अवरोहलाई छिचोल्दै आज एक प्रतिष्ठित कम्पनीको ह्युमन रिसोर्स डिपार्टमेन्ट हेर्ने लिडरको रुपमा रहिछन् । दुई दाजुभाइकी प्यारी बहिनीको रुपमा जन्मिएर हुर्किएकी रस्मीले धरानको युरेका…
Read More
विदेश कहिले जाने, पढाई सकियो ?

विदेश कहिले जाने, पढाई सकियो ?

प्रकाश बन्जरा । युएई । पढाई किताबी ज्ञान हो । अध्ययन , अनुभव, सिप र कुनै पनि बिषयमा पोख्त भएपछि व्यक्ति विस्तारै परिपक्क हुँदै जान्छ । अनुभव र सिप भन्दा पहिलो खुड्किलो भनेको एकेडेमिक ज्ञान अर्थात डिग्री हो । डिग्री विना पनि अनुभवको आधारमा कतिपयले उपल्लो खुड्किलो चढेको देखिन्छ तर उनीहरु कुनै न कुनै हिसाबमा आफुसँग गुनासो गरिरहन्छन् जुन पढाई अर्थात एकेडेमिक क्षमता नभएको गुनासो जिन्दगी भरी मेटिन गाह्रो हुन्छ । तर कम्वाइनेसन दुवै कुराको हुन जरुरी छ न त युनिभर्सिटी डिग्रीले मात्रै केहि हुन्छ न त पढाई विनाको अनुभव र सीपले कुनै ठाउँमा टिकाइराख्न अथवा भर्यागं चढ्न दिन्छ त्यसो…
Read More
दुवईमा डिएनआईजीले दिएको फरक संन्देश

दुवईमा डिएनआईजीले दिएको फरक संन्देश

प्रकाश बन्जरा । युएई । कार्य व्यस्तताकै बिच फोनमा एउटा रिगँ बज्यो, चपेन्द्र जि हुनुहुँदो रहेछ , उहाँ दुवई नेप्लिज इन्फलुएन्सर ग्रुपको कोर मेम्बर पनि हुनुहुन्छ उहाँ पाँचतारे होटलको क्लस्टर सेक्युरिटी म्यानेजर हुनुहुन्छ युएईको दुवईमा । चपेन्द्र जिले डिएनआईजीको समिट आइतबार रहेको जानकारी गराउनुभयो । मैले पनि कार्यक्रम रोचक हुने आशाले रजिस्ट्रेसन सकाएको थिएँ । सबैले हेप्ने गरेको खाडी अनि त्यहि खाडीको एउटा देश सयुक्त अरव इमिरेट्स जहाँ ५ लाख बढी नेपाली श्रम बेचिरहेका छन् । प्रवासमा रहेर देश र राष्ट्रियता सम्झिन यहाँ हरेक जिल्लाका आफ्ना आफ्नै संस्था छन् जसले समय समयमा देश, कला, संस्कृती त कुनै संस्थाले भाषा र…
Read More
हराएको खुशि खोज्दै युएईमा पोखराका एजेलक्स

हराएको खुशि खोज्दै युएईमा पोखराका एजेलक्स

प्रकाश बन्जरा । कास्कीको पोखराका एजेलक्स अर्थात अजय सापकोटो परियार सयुक्त अरव ईमिरेट्स युएईको अवुधाविमा भेटिए । जिन्दगीको आरोह अवरोहका बिच कहिले हिड्दै त कहिले दौडिँदै गरेका एजेलक्स अर्थात अजयको जिन्दगी पिडाको अर्को नाम हो जस्तो लाग्छ । देशको सुन्दर पर्यटकिय नगरी कास्कीको पोखरा र त्यहिँको प्यारो गाउँ मास्टागं गाविसमा जन्मिएर पनि अभागी हुनुको पिडा उनले मज्जाले महशुस गरेका रहेछन् । बालखै उमेरमा बाबा आमाको मायाबाट टाढिएका उनि आफु बाट टाढा भागेको खुशि खोज्दै खाडी आइपुगेका रहेछन् । हुन त खाडीमा पनि भागेको खुशि भेटिहाल्ने ठाउँनै कहाँ छ र तर प्रयास गर्नेहरुले भेट्छन् भन्ने विश्वास गरिन्छ । एजेलक्सको कहानी सुन्दा…
Read More
योगदान राष्ट्रका लागी अभियानले आइतबार निखिल उप्रेती सहितको उपस्थितीमा कार्यक्रम गर्ने, प्रवेश निशुल्क

योगदान राष्ट्रका लागी अभियानले आइतबार निखिल उप्रेती सहितको उपस्थितीमा कार्यक्रम गर्ने, प्रवेश निशुल्क

प्रकाश बन्जारा । युएई । ज्यान प्रदेशमा भएपनि मन नेपालमै रहेको उदाहरण प्रस्तुत गर्दै आएको अभियान योगदान राष्ट्रका लागि को आयोजनामा आगामी आइतबार भव्य जनचेतना कार्यक्रम हुने भएको छ । नेपालको ६५ वटा जिल्लामा आफ्नो विस्तार गरिसकेको अभियान योगदान राष्ट्रका लागिले विशेषत प्राथमिक उपचार तालिम सञ्चालन गरिरहेको छ भने देशका थुप्रै ठाउँमा यस्तो कार्यक्रम गरिसकेको छ । आगामी जुन ३० तारिख आइतबार युएईको दुवईमा रहेको ब्लु प्यालेस रेष्टुरेन्टको हलमा कलाकार निखिल उप्रेती तथा रमेश उप्रेतीको उपस्थितीमा जनचेतना तथा मोटिभेसनल कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा नेपाली राजदुतावास यूएईले समेत आफ्ना गतिविधि सहितको चेतनामुलक प्रस्तुती दिने आयोजकले बताएका छन् ।…
Read More
“गल्फ”सँग जोडिएको इटहरीका भरत तामाङ्ग को रिटायर्ड जीवन

“गल्फ”सँग जोडिएको इटहरीका भरत तामाङ्ग को रिटायर्ड जीवन

इटहरी । धेरैलाई जागिर पछिको जिन्दगी कसरी विताउने भन्ने तनाव हुन्छ । जीवनको लामो समय अर्थात जोश जाँगर र उत्साहको समय जागिरमा व्यतित गरेपछि रिटायर्ड लाइभ तनाव रहित होस भन्ने चाहाना धेरैको हुन्छ । जानेर या नजानेर नेपाली जीवनशैली जागिर पछि भनेअनुसार नै व्यतित नभइरहेको तथ्य हामी सामु छर्लङ्ग छ । मान्छेलाई गलत बाटोमा लैजाने भनेको सम्पन्नताले पनि हो तर त्यो कुरा पटक्कै लागु हुँदैन इटहरी ६ सुनसरीमा भरत तामाङ्ग को जीवनमा । उनले न त आफु सम्पन्न नभएको महशुस गरे न त गलत बाटो नै समाए । उनकै शैलीमा भन्नु पर्दा रिटायर्ड लाहुरे हरु धेरै बिग्रेका छन् जसको कारण…
Read More
सुविधा र क्षमतामा नेपालकै दोस्रो ठुलो झुम्का कारागार जहाँ ‘सरुवा’ लिएर बस्न आउँछन् कैदी बन्दी

सुविधा र क्षमतामा नेपालकै दोस्रो ठुलो झुम्का कारागार जहाँ ‘सरुवा’ लिएर बस्न आउँछन् कैदी बन्दी

प्रकाश बन्जारा । इटहरी । कारागार भन्ने वित्तिकै अपराधिक गतिविधिमा संलग्न भएकाहरुको सजाय भोग्ने ठाउँ बुझिन्छ । पूर्वाञ्चल क्षेत्रिय कारागारको रुपमा चिनिएको झुम्का कारागार देशको केन्द्रिय कारागार पछिको दोस्रो ठुलो र सुविधा सम्पन्न कारागारको रुपमा चिनिन्छ । कारागारमा कस्तोमा कति क्षमता हुन्छ भन्ने कुनै मापक यन्त्र अर्थात मापदण्ड नभएपनि झुम्का कारागार १ हजार ५ सय देखि १ हजार ६ सय सम्म कैदी बन्दी राम्रोसँग बस्ने क्षमता रहेको यहाँका जेलर अर्थात नेपाल सरकारका उपसचिव भिम प्रसाद भट्टराई बताउँछन् । असोज ८ गते सोमबारसम्मको रेकर्ड अनुसार झुम्का कारागारमा १ हजार ५ सय ७९ जना कैदी बन्दी राखिएका छन् । कमजोर र जिर्ण…
Read More
‘भाटभटेनी खुलेपछि गोरखा डिपार्टमेन्ट को व्यापार झनै बढ्यो’

‘भाटभटेनी खुलेपछि गोरखा डिपार्टमेन्ट को व्यापार झनै बढ्यो’

प्रकाश बन्जारा । गोरखा डिपार्टमेन्ट स्टोर इटहरीको पहिलो डिपार्टमेन्ट स्टोर हो ।खोटाङ्ग जिल्लामा जन्मेका बलाराम आचार्यले देशविदेश घुमेर देखेको सपिङ्गमल संस्कृतिलाई नेपालमा पनि स्थापित गर्न सकिन्छ भन्ने हेतुले खोलेको डिपार्टमेन्ट स्टोर अहिले झापा, मोरङ्ग र सुनसरीमा मात्रै फैलिएको छैन यो त सारा नेपालमै एउटा चिनिएको ब्राण्डको रुपमा स्थापित भएको छ । अमेरिका, लण्डन तथा विश्वका विकसित राष्ट्रमा चलेको सुपरमार्केट संस्कृती नेपालमा पनि कसो नचल्ला त भनेर खोलिएको यो डिपार्टमेन्ट स्टोर अहिले गोरखा ब्राण्ड बनेको छ ।अहिले बलरामसँग गोरखा ब्राण्डमा यस डिपार्टमेन्ट स्टोरका अलावा गोरखा गौशाला, कुखुरा फार्म र गोरखा बेकरी समेत छन् । पर्यटनमा समेत लगानी गर्ने हिसावले बलारामले स्थापना…
Read More
कैदीले उत्पादन गरेका सामान बजारसँग जोड्ने नीति नहुँदा “बेरोजगार” बन्दै कैदी बन्दी

कैदीले उत्पादन गरेका सामान बजारसँग जोड्ने नीति नहुँदा “बेरोजगार” बन्दै कैदी बन्दी

प्रकाश बन्जारा । इटहरी । साविक पूर्वाञ्चल क्षेत्रिय कारागारको रुपमा चिनिएको झुम्का कारागारमा कैदी बन्दिले बनाउने गरेको मुडा तथा बाँसका सामानको माग निकै छ , तर बजार तथा गाउँमा देखिएको मागलाई कारागार सम्म पुर्याउन नसक्दा बढी संख्यामा कैदी बन्दिहरु बेरोजगार नै रहने गरेको पाइएको छ । जानेका बुझेकाहरूले कारागारसँग सम्पर्क गरेर त्यहाँ बनेका मुडा तथा बाँस जन्य उत्पादन तथा फर्निचरहरू ल्याउने गरेका छन भने कैदीले बनेका सामानको बजारीकरण गर्ने ठोस नीति नहुँदा ती सामानले समेत बजार पाउँदैनन। सिजनको बेला धेरै जसो झुम्का कारागारका कैदी बन्दिले बुनेका मुडाहरु ट्रकका ट्रक लोड गरेर चाइनामा बेच्न व्यापारीहरुले लाने गरेको झुम्का कारागार प्रशासन प्रमुख…
Read More
चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीले चलाएको कोशी प्रदेशकै ठुलो गाई फार्म, एक बर्षमा दुध बिक्रि बाटै कमाउँछ करिव साढे ७ करोड (भिडियो सहित)

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीले चलाएको कोशी प्रदेशकै ठुलो गाई फार्म, एक बर्षमा दुध बिक्रि बाटै कमाउँछ करिव साढे ७ करोड (भिडियो सहित)

प्रकाश बन्जारा र राजन भट्टराई । सहकारी सहकार्यबाट के सम्भव छ भनेर अध्ययन गर्न सुनसरीको बराहा क्षेत्र नगरपालिकाको चतरा गए पुग्छ । बराहा क्षेत्रको वडा नम्बर २ को कार्यालयसँगै जोडिएको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था जन्मेको करिव २५ बर्ष भयो । शुरुमा २८ जना महिलाहरु मिलेर २८ सय रुपैँयाबाट सुरु गरिएको बहुउद्देश्यीय सहकारी संस्था देशभरी नाममा बहुउद्देश्यीय लेखेर पैसा किन्दै पैसै बेच्नेहरूका लागि भने एउटा गतिलो उदाहरण पनि हो । सहकारीतामा गतिलो उदाहरण खोज्ने क्रममा बेष्ट सञ्चारको टोली गत हप्ताको एक दिन चतरा पुग्यौँ । संस्थामा पुग्नासाथ मिजासिला व्यवस्थापक बाबुराम खत्रीले हामीलाई न्यानो स्वागत गर्दै सहकारीले चनाएको गाई फार्ममा पुर्याए…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.