झुम्का । पछल्लो समय सरकारले गरेका गतिविधि जनताको पक्षमा नरहेको भन्दै रास्वपाले बुधबार रामधुनीको झुम्कामा विरोध र्याली निकालिएको छ ।
कोशी प्रदेशको सबै स्थानिय तहमा शान्तिपूर्ण विरोध र्याली निकाल्ने निर्णय गरेसँगै रामधुनीमा पनि प्रदर्शन गरिएको रास्वपाले बताएको छ ।
रामधुनी नगर कार्यसमितिको आयोजनामा तिनै तहका सरकारले यो आर्थिक मन्दी र चाडवाडको वेलामा चार्ड पर्व लक्षित गरी जनतालाई दुःख दिने काम गरेको भन्दै विरोध र्याली निकालिएको रामधुनी रास्वपा सभापति डिल्ली गुरागाईंले बताए ।
प्रदर्शनकारीहरुले झुम्का बजारको लगौना मोड देखि शिव चोक सम्म नीतिगत भ्रस्टाचार बन्द गर, दण्डहीनताको अन्य गर, कालो बजारी नियन्त्रण गर, हत्यारालाई कार्वाही गर, स्थानिय सरकार मुर्दावाद, सरकार तेरो पाराले दुःख पाए साराले भन्ने नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।
बजारमा वस्तुको कृतिम अभाव देखाउँदै जनतालाई ठग्ने व्यापारीलाई राज्यले संरक्षण गरेर दलाल पोस्ने र जनता मार्ने काम सरकार आफैले गरेको पार्टीको रामधुनी नगर सभापति डिल्ली गुरागाईको भनाई छ ।
पार्टीको रामधुनी नगर कमिटीको आयोजनालाई सपोर्ट गर्न आएका रास्वपा कोशी प्रदेश महामन्त्री लाल विक्रम थापाले राज्यले जनतामाथि भ्रम छर्ने काम गरेको आरोप लगाए । थापाले भने राज्यले केही भ्रष्टाचारका फायल खोलेको नाटक रच्दै अदालतले जन्म कैद दिएको अपराधलाई संरक्षण गरि उन्मुक्ति दिएर पीडितलाई अन्याय गरेको छ ।
र्यालिमा का]शि प्रदेश आर्थिक विभाग प्रमुख कृष्ण रौनियार सुनसरी क्षेत्र नं २ का क्षेत्रिय सभापति मोहन निरौला, रास्वपा इटहरी नगर सभापति हरिमाया अधिकारी, सचिव पुष्पराज थापा, सदस्य कल्पना गजराज, रामधुनी नगर सचिव हेमराज कार्की रामधुनिका सम्पुर्ण वडाका वडा सभापति तथा अन्य सदस्यहरुको उपस्थिती थियो ।