माओवादीको जनतासङ जोडिने अनौठो तरिका बुढी गङामा धान खेत गोडेर ३ महिने अभियान उद्घाटन

इटहरी ।  जनता सङ जोडिन नेकपा माओवादीले सुरु गरेको ३ महिने अभियान मोरङ्को बुढी गङा गाउँ पालिकामा अनौठो तरिकाले सुरु गतिएको छ । ।

मोरङको बुढीगंगा गाउँपालिकामा जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको शनिबार उद्घाटन गरिएको छ ।
बुढीगंगा गाउँ पार्टी अध्यक्ष डिल्ली आचार्यको धानखेत गोडेर तीन महिने अभियान उदघाटन गरिएको नेकपा (माओवाद केन्द्र) कि केन्द्रीय सदस्य अनिता परियारले बताइन् ।

संविधानसभा सदस्यसमेत रहेकी परियारलाई यस पालिकामा अभियान संचालन गर्ने जिम्मेवारी तोकिएको छ ।
साथै बुढीगंगा गाउँपालिकाकै वडा नम्बर ७ मा वृक्षरोपण गरि सो अभियानको उद्घाटन गरिएको छ । सार्वजनिक स्थानमा सरसफाई गरि अभियानलाई अघि बढाइएको परियारले जानकारी दिइन् । सोही पालिकाको वडा नं. १, २, ३, ४ र ५ मा घर घरमा माओवादी, जन जनमा माओवादी भन्ने सन्देश दिंदै अभियानको थालनी गरिएको छ । अभियान विभिन्न चरणमा तीन महिनासम्म संचालन हुने उनको भनाइछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.