जनतासँग माओवादी रुपान्तरण अभियान इटहरीका २० वटै वडामा तयारी पुरा शनिवार भव्य उद्घाटन हुने

इटहरी । नेकपा माओवादीको ३ महिने जनतासँग माओवादी रुपान्तरण अभियान २०८० अन्तर्गत इटहरी उपमहानगरभित्रको उद्घाटन कार्यक्रमको तयारी पुरा भएको छ ।

पार्टीका नगर अध्यक्ष बहादुर सिंह तामागका अनुसार अभियानमा इटहरी उपमहानगरपालिकाको २० वटै वडामा सबै तयारी पूरा भएको हो । पार्टी केन्द्रबाट इटहरी उपमहानगरपालिका भरी संयोजन गर्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य सुरेश कुमार राईको उपस्थितीमा इटहरी उपमहानगरपालिकाका २० वटै वडाहरुमा भब्य र सभ्य रुपमा अभियानको उद्घाटन कार्यक्रम सम्पन्न गर्नेगरीको तयारी गरिएकोतामाङ्गले जानकारी दिएका छन् ।

तामाङ्गका अनुसार भोली शनिवार इटहरी उपमहानगरपालिका भरी अभियानको उद्घाटनका लागि २० वटै वडाका वडा कमिटीका अध्यक्ष लगायतका जिम्मेवार पदाधिकारीहरुले आफ्नो आफ्नो वडामा बिभिन्न कार्यक्रम गर्दै अभियानको सुरुवात गर्ने छन् भने १ बजे पार्टी अध्यक्ष प्रचन्डको लाइभ सम्बोधन हेर्नेछन् । लाइभ सम्बोधन हेर्न बिभिन्न वडामा प्राजेक्टरको व्यापस्था गरिएको पार्टी कमिटीले बताएको छ ।

अभियानको उद्घाटनको अवसर पारेर पार्टीको वडा नम्बर ४ ले बुढीगंगा प्राविमा बिहान ८ बजेबाट निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

इटहरीकै ६ वडा नम्बर इटहरीको आयोजनामा धरान लाइनको प्रभु बैंक मुनी निःशुल्क सुगर परिक्षण शिविर राखेको माओवादी केन्द्र इटहरीका उपाध्यक्ष ज्ञान किरातीले जानकारी दिए ।

वडा नम्बर ७ को वडा कमिटीले आफ्नो वडामा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरको आयोजना गरेको सो वडाका अभियान संयोजक जंगराज गिरीले जानकारी दिए ।

इटहरी वडा नम्बर १०मा सरसफाई अभियानसँगै अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । पार्टीको निर्देशन अनुसार सुरेश कुमार राईले १० नम्बर वडाको संयोजन नेतृत्व गरेका छन् ।इटहरीका बाँकी वडाहरुमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.