इटहरी । नेकपा माओवादी केन्द्रको ३ महिने जनतासँग माओवादी अभियान अन्तर्गत शनिवार अभियानको भव्य उद्घाटन गरिएको छ ।
पार्टीका केन्द्रिय सदस्य सुरेश कुमार राई हिमाल को नेतृत्वमा उपमहानगर भरी चलेको अभियानमा सबै वडा कमिटीले बिभिन्न कार्यक्रमको आयोजना गर्दै अभियानको उद्घाटन गरेका छन् ।
केन्द्रिय सदस्य सुरेश कुमार राईको नेतृत्वमा वडा नम्बर १० मा सरसफाई कार्यक्रमका साथै पार्टी कार्यलय उद्घाटन गरिएको थियो भने २५० जतिले जुम मार्फत पार्टी अध्यक्ष प्रचण्डको लाइभ सम्बोधन सुनेका थिए । वडा नम्बर ४ कमिटीले बुढीगंगा स्कुलमा वृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । जसबाट ३८५ जनाले लाभ लिएका छन । वडा नम्बर ४ को जिम्मेवारी पार्टीको नगर कमिटी अध्यक्ष बहादुर सिंह तामाङ्ग आफैँ रहका थिए ।
इटहरी उपमहानगरको वडा नम्बर ५ ले वृक्षारोपण र गोडमेल कार्यक्रम गरेको छ भने वडा नम्बर ६ ले विशेष अभियान अन्र्तगत निशुल्क सुगर रोगको परिक्षण गरेको छ ।
इटहरी वडा नम्बर ७ मा आयुर्वेदिक निशुल्क स्वास्थ्य शिविरको अयोजना गरिएको छ । जसमा १५६ जनाले लाभ लिएका पार्टी कमिटीले जानकारी दिएको छ ।
यस्तै इटहरी वडा नम्बर ८ ले अभियानको नेतृत्वकर्ता पार्टी केन्द्रिय सदस्य हिमालकै आतिथ्यतामा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।
यस्तै इटहरी उपमहानगरपालिका वडा नम्बर ९ ले पनि ३ महिने अभियानको उद्घाटन अन्तरक्रियाबाट गरेको छ । पार्टी केन्द्रिय कमिटीको निर्णय अनुसार ३ महिने अभियानले बिशेष बनाउन हरेक वडा तथा टोल टोलका विशेष कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्र इटहरी उपमहानगर कमिटीका अध्यक्ष बहादुर सिंह तामाङ्ग ले जानकारी दिए ।
यता इटहरी उपमहानगरको वडा नम्बर १६ वडा कमिटीले वृद्धाश्रममा सरसफाई गर्दै अभियानको उद्घाटन गरेको छ । यता इटहरी वडा नम्बर १ मा वडा अध्यक्ष र जनप्रतिनिधि सहित २ सय जनाको उपस्थितीमा स्वास्थ्य जाँच गर्दै अभियानको उद्घाटन गरिएको छ भने वडा नम्बर २ ले सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
वडा नम्बर १७ मा पकली उच्च मावि स्कुल सरसफाई गरेको छ भने अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । वडा नम्बर १८ मा चियापान र अन्तरक्रिया कार्यक्रम संगै अध्यक्षको लाइभ सम्बोधन हेर्ने व्यवस्था मिलाइएको थियो ।
उपमहानगरको वडा नम्बर १९ मा अध्यक्षको प्रत्यक्षमा मन्तव्य सुन्ने व्यवस्था मिलाइएको थियो भने अन्तरक्रिया कार्यक्रम समेत राखिएको थियो । यता वडा नम्बर २० ले बैठक भेला र पार्टी अध्यक्षको लाइभ सम्बोधन सुन्ने व्यवस्था मिलाइएको थियो ।
शनिवारबाट उद्घाटन भएको अभियानलाई पार्टीको केन्द्रिय निर्देशन अनुरुप अव ३ महिना सम्म वडामा बिबिध गतिविधि सञ्चालन गर्ने र टोल टोलमा माओवादीलाई जनताको पार्टीको रुपमा बुझाउँदै लैजान यो अभियानले भुमिका खेल्ने पार्टी केन्द्रिय सदस्य तथा अभियानका लागि इटहरी संयोजक सुरेश कुमार राईले बताएका छन् ।