अमेरिकाले दिएन सन्दिप लामिछानेलाइ भिसा, टि ट्वान्टि खेल्न नपाउने

अमेरिकाले दिएन सन्दिप लामिछानेलाइ भिसा, टि ट्वान्टि खेल्न नपाउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले फेरि भिसा नदिएको बताएका छन् । बुधबार सामाजिक सञ्जालबाट सन्दीपले अमेरिका र वेस्ट इन्डिज हुने तय भएको विश्वकपका लागि अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको बताएका हुन् ।
Read More
युनाइटेड कप फूटबल प्रतियोगिताको उपाधि जीसीडी रोयल गोर्खालाई

युनाइटेड कप फूटबल प्रतियोगिताको उपाधि जीसीडी रोयल गोर्खालाई

यूएईमा भएको युनाइटेड कप फूटबल प्रतियोगिताको उपाधि जीसीडी रोयल गोर्खाले चुमेको छ । युनाइटेड स्टार फूटबल क्लबको आयोजनामा आयोजित युनाइटेड कप – २०२४ को उपाधी जीसीडी रोयल गोर्खा फुटबल क्लबले जितेको हो। दुवई स्थित अलकुजको डल्स्को खेल मैदानमा गएको शनिबारदेखि भएको सो प्रतियोगितामा नवबुद्द फूटबल क्लबले उपविजेतामा चित्त बुझाएको छ । युएईका नेपाली समुदायमा स्थापित उत्कृष्ट १६ वटा क्लबले सहभागीता जनाएको सो प्रतियोगितामा उपाधी चुमेको जीसीडी रोयल गोर्खा फुटबल क्लबले ४५ सय धिराम्स नगद,ट्रफी र मेडल पायो भने उपविजेता क्लबलाई ३ हजार धिराम्स नगद सहित ट्रफी र मेडल प्रदान गरिएको हो । जीसीडी रोयल गोर्खाले रोयल आइकाड आबुधावीक्लबलाई हराउदै फाइनलमा…
Read More
झुम्काको लर्ड बुद्दलाइ दोश्रो पटक हिमशिखर कपको उपाधी

झुम्काको लर्ड बुद्दलाइ दोश्रो पटक हिमशिखर कपको उपाधी

इटहरी  । तरहरामा सम्पन्न पाँचौं सुदेश सुब्बा मेमोरियल हिमशिखर कप यु–१२ छात्र फुटबल प्रतियोगिताको उपाधि झुम्काको  लर्ड बुद्ध इन्टरनेशनल स्कुलले जितेको छ । गत बर्ष पनि उपाधि जितेको लर्ड बुद्धले लगातार दोश्रो पटक उपाधि जितेको हो । फाइनल भिडन्तमा लर्ड बुद्धले डिपोट स्कुललाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । इटहरी–२० स्थित तामाङ टोल खेलमैदानमा भएको खेलमा लर्ड बुद्धका लागि रोहन चौधरीले एक मात्र निर्णायक गोल गरे । विजेता बनेको लर्ड बुद्धले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता डिपोटले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच लर्ड बुद्धका…
Read More
“गल्फ”सँग जोडिएको इटहरीका भरत तामाङ्ग को रिटायर्ड जीवन

“गल्फ”सँग जोडिएको इटहरीका भरत तामाङ्ग को रिटायर्ड जीवन

इटहरी । धेरैलाई जागिर पछिको जिन्दगी कसरी विताउने भन्ने तनाव हुन्छ । जीवनको लामो समय अर्थात जोश जाँगर र उत्साहको समय जागिरमा व्यतित गरेपछि रिटायर्ड लाइभ तनाव रहित होस भन्ने चाहाना धेरैको हुन्छ । जानेर या नजानेर नेपाली जीवनशैली जागिर पछि भनेअनुसार नै व्यतित नभइरहेको तथ्य हामी सामु छर्लङ्ग छ । मान्छेलाई गलत बाटोमा लैजाने भनेको सम्पन्नताले पनि हो तर त्यो कुरा पटक्कै लागु हुँदैन इटहरी ६ सुनसरीमा भरत तामाङ्ग को जीवनमा । उनले न त आफु सम्पन्न नभएको महशुस गरे न त गलत बाटो नै समाए । उनकै शैलीमा भन्नु पर्दा रिटायर्ड लाहुरे हरु धेरै बिग्रेका छन् जसको कारण…
Read More
सातौँ दक्षिण कराँते च्याम्पियनसिपमा पदक जित्ने रामधुनीका तीन खेलाडीलाई बक्लौरी मा भव्य स्वागत

सातौँ दक्षिण कराँते च्याम्पियनसिपमा पदक जित्ने रामधुनीका तीन खेलाडीलाई बक्लौरी मा भव्य स्वागत

इटहरी । सातौँ दक्षिण एशियाली कराँते च्याम्पियनसिप प्रतियोगितामा रजत पदक जितेर रामधुनी नगरपालिकालाई नै चिनाउने खेलाडी तथा प्रशिक्षकलाई रामधुनी ६ बक्लौरी मा भव्य स्वागत गरिएको छ । बक्लौरी स्थित राइजिङ स्टार इंग्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरु रोजल थामि, मिदे शेर्पा र अमिर राई साथै उनीहरुका कराँते प्रशिक्षक भद्र साम्पागं राईको टोलीलाई विद्यालय तथा स्थानीय खेलकुद प्रेमीहरूले आइतबार विद्यालयमै भव्य स्वागत गरिएको हो । विद्यार्थीलाई विद्यालयबाट विद्यार्थी तथा गाउँलेको टोली बक्लौरी चोकसम्म आएर स्वागत गर्दै विद्यालयमा लगेका थिए । रामधुनी नगरपालिकाकै ऐतिहासिक उपलब्धि स्वरुप उनीहरुले फाइनल खेलसम्म पुगेर रजत पदक जित्दै राष्ट्रलाई नै चिनाउन सफल भएको राईजिगं स्टार इंग्लिस स्कुलका प्रिन्सिपल शिव…
Read More
कोशी प्रदेश गल्फ संघको अध्यक्षमा सुयस प्याकुरेल चयन

कोशी प्रदेश गल्फ संघको अध्यक्षमा सुयस प्याकुरेल चयन

इटहरी । कोशी प्रदेश गल्फ संघको शुक्रबार भएको साधारणसभाले सुयस प्याकुरेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको चयन गरेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा करिव ३ दर्जन गल्फरहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै सदस्य सचिव वाग्लेले आगामी दशैँ राष्टिय खेलकुद प्रतियोगिताको लागि योग्य टिम छनौट गर्न समेत अहिलेबाट तयारी थाल्नुपर्ने बताउँदै बोर्डको तर्फबाट गर्ने सहयोगमा आफु तत्पर रहेको बताए । उनले सानै भएपनि गल्फको प्रतियोगिता सञ्चालन गर्न गठन हुने कमिटीलाई आग्रह गरेका थिए । यस अघि गठन भएको तदर्थ समितिलाई भंग गर्दै पुर्ण समितिको अध्यक्षमा व्यावसायी सुयस प्याकुरेल सर्वसम्मत भएका छन्…
Read More
रामधुनी नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि रामधुनी ७ लाई

रामधुनी नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि रामधुनी ७ लाई

राजन भट्टराई । झुम्का । नेकपा माओवादी केन्द्रको तीन महिने पार्टी शुद्धिकरण अभियान अन्तरर्गत पार्टीको रामधुनी नगर कमिटिले आयोजना गरेको नगरस्तरीय फुटबल खेलको उपाधि रामधुनी ७ ले हात पारेको छ । कार्तिक १६ देखि रामधुनी ६ ढेरिगाउँ स्थित थारु बाबा खेल मैदानमा सुरु भएको खेलको फाइनल खेलमा रामधुनी २ को जनचेतना युवा क्लबलाई हराउँदै रामधुनी ७ को जुडी फुटवल क्लव प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो । खेलको पहिलो हापको २० मिनेटमा जुडी एफ सि का खेलाई मिलन भुजेलले पहिलो गोल दिलाउँदै आफ्नो टिमलाई अघि बढाएका थिए भने खेलको २५.५५ मिनेटमा जनचेतना युवा क्लवका खेलाडी आयुस चौधरीले आत्मा घाति गोल…
Read More
थारु बाबा फुटबल दोस्रो खेलमा जनचेतना युवा क्लव र सिसुवा फुटबल क्लव बिजयी

थारु बाबा फुटबल दोस्रो खेलमा जनचेतना युवा क्लव र सिसुवा फुटबल क्लव बिजयी

रामधुनी । नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटीको आयोजनामा रामधुनी ६ स्थित थारु बाबा खेल मैदानमा भइरहेको प्रथम थारु बाबा फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा रामधुनी २ को जनचेतना फुटबल क्लव र रामधुनी ६ को सिसुवा फुटबल क्लव विजयी भएका छन् । जनतासँग माओवादी भन्ने नारासहित नेकपा माओवादी केन्द्रले सुरु गरेको ३ महिने शुद्धिकरण अभियान अन्तर्गत बिहिबारबाट शुरु भएको फुटबल प्रतियोगिताको पहिलो खेल रामधुनी ७ ले जितेको थियो । शुक्रबार भएको दोस्रो दिनको खेलमा २ वटा प्रतियोगिता भएका थिए । पहिलो प्रतियोगितामा भासि युवा क्लव रामधुनी १ लाई ० को विरुद्ध १ गोल लगाउँदै जनचेतना युवा क्लव रामधुनी २ ले…
Read More
ट्वान्टि २० विश्वकप क्रिकेटका लागि छानियो नेपाल, युएई ८ विकेटले पराजित

ट्वान्टि २० विश्वकप क्रिकेटका लागि छानियो नेपाल, युएई ८ विकेटले पराजित

इटहरी । नेपाल ट्वान्टी(२० विश्वकपमा छनोट भएको छ । शुक्रबार भएको खेलमा युएई विरुद्ध सानदार जित निकाल्दै ट्वान्टी(२० विश्वकपका लागि छानिएको हो । नेपाल एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो । १ सय ३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमै पूरा गर्‍यो । आसिफ अविजित ६३ बनाउँदै नेपाललाई महत्त्वपूर्ण खेलमा विजय दिलाए । आसिफले ३९ बलमै आफ्नो चौथो अर्धशतक पूरा गरेका थिए । उनले कुल ५० बल खेली ६ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २१…
Read More
रामधुनीमा सुरु भयो नगरस्तरीय फुटबल प्रतियोगिता, पुर्व मन्त्री जिवन आचार्यले गरे उद्घाटन पहिलो खेलमा रामधुनी ७ बिजयी

रामधुनीमा सुरु भयो नगरस्तरीय फुटबल प्रतियोगिता, पुर्व मन्त्री जिवन आचार्यले गरे उद्घाटन पहिलो खेलमा रामधुनी ७ बिजयी

इटहरी । नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटीको आयोजनामा रामधुनी ६ स्थित थारु बाबा खेल मैदानमा नगरस्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । जनतासँग माओवादी भन्ने ३ महिने अभियान अन्तर्गत नेकपा माओवादी केन्द्रले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन पुर्व प्रदेश मन्त्री तथा नेकपा माओवादीका नेता जीवन आचार्यले गरेका छन् । खेलाडीका साथका बिभिन्न पार्टीका प्रतिनिधिहरुको सहभागितामा बिहिबार प्रतियोगिताको उद्घाटन गरिएको छ । पार्टीको अभियानमा रामधुनी नगरको नेतृत्व गरेर आएका जीवन आचार्यले यस अघि प्रशिक्षण, खेलमैदान सरसफाइ देखि लिएर बिभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए । रामधुनी नगरक्षेत्रका बिभिन्न १० टिमको सहभागितामा शुरु भएको प्रतियोगिताको फाइनल खेल २२ गते कार्तिक हुने छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.