खोटाङ । जिल्लाको बराहापोखरी गाउँपालिका वडा नं ३ अर्थात् तत्कालिन साउनेचौर गाविस वडा नं। ७ का मनोज निरौला रमेश चार वर्षदेखि घरपरिवारको सम्पर्कबाट समेत बाहिर रहेको भन्दै परिवारले खोजी गरिदिन आग्रह गरेको छ।
परिवारका जेठा छोरा मनोज बैदेशिक रोजगारीका लागि २०६९ साल फागुन २६ गते मलेसिया गएका थिए। निरौला २०७८ असोज २४ गतेदेखि घर, परिवार र आफन्तको सम्पर्कमा समेत आएका छैनन्, जसले परिवारमा चिन्ता थपिएको छ।
मनोजका बुवा गंगा प्रसाद निरौलाले मलेसियास्थित नेपाली राजदूतावासलाई पत्र लेखेर आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेका छन्। बुवाले राजदूतावासलाई खोजतलास गरी नेपाल पठाउने व्यवस्था गरिदिन समेत सहयोगको माग गरेका छन्।
नेपाली दुतावासमा पठाइएको पत्र अनुसार मनोजको सन् २०२१ सम्म्को कार्यअनुमति अर्थात वर्क पर्मिट रहेपनि सन् २०२० मै कम्पनी छाडेर बाहिर काम गर्न थालेको साथी स्रोतबाट परिवारले जानकारी पाएको थियो । तत्पश्चात मनोज परिवारको सम्पर्कमा छैनन् ।
मनोजलाई देख्ने वा भेट्ने व्यक्तिले गंगा प्रसादको मोबाइल नम्बर ९८६९०४४०६३ अथवा मनोजका भाई लक्ष्मणको मोवाइल नम्बर ९८४२१२४९४९ मा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरिएको छ।