नेकपा माओवादीको प्रशिक्षण रामधुनीमा, प्रदेश सांसद जिवन आचार्यले भने -हाम्रो लडाई कसैको विरुद्धमा होइन

इटहरी । कोशी प्रदेशका प्रदेशसभा सांसद जिवन आचार्यले आफुहरुको लडाई गरिवी, अशिक्षा र बेरोजगारीको अन्त्य गर्न भएको बताएका छन् ।

सोमबार पार्टीको तीन महिला अभियान अन्तर्गत रामधुनीको झुम्कामा आयोजना भएको पार्टी प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै पुर्व प्रदेश मन्त्री समेत रहेका आचार्यले आफुहरुको लडाई कसै विरुद्ध केन्द्रित नभएको बताए ।

पार्टीको तीन महिने अभियान अन्तर्गत रामधुनीको संयोजकको रुपमा खटिएका आचार्य श्रमदान लगायतका काममा समेत देखिने गरेका छन् ।
पार्टीका कार्यकर्तालाई केन्द्रले र पार्टीको नेतृत्वमा भएको सरकारले गरेका कामहरु देखाउन र सुनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्र रामधुनीका अध्यक्ष बलाराम चौलागाईले बताए ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणी खनालले माओवादी नेता कार्यकर्ताहरू जनताका घर घरमा पुगेर जनगुनासोलाई सम्बोधन गर्दै अगाडी बढ्नु पर्ने बताएका थिए । जनताको भरोसा माओवादीसँगै भएकाले भरोसा अनुरूप काम गर्दै जाँदा मात्र पाटी बलियो हुने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि पाटीका केन्द्रीय सदस्य तथा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका रामधुनी इन्चार्ज समेत रहेका माननीय जीवन आचार्यले युवा लक्षित कार्यक्रमहरू गर्दै जानु पर्ने धारणा राखेका थिए । पाटीले राम्रो काम गरिरहेको कुरा युवालाई बुझाएर युवा लक्षित कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । रामधुनीमा रहेका समस्या जनगुनासो अनुरूप हल गर्दै जाने बताएका थिए ।

कार्यक्रममा माओवादीका नेता कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता माओवादी केन्द्रका रामधुनी अध्यक्ष बलराम चौलागाईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.