आरम्भले मनायो अभिभावक दिवस र दशौँ बर्षगाँठ

आरम्भले मनायो अभिभावक दिवस र दशौँ बर्षगाँठ

झुम्का । रामधुनी ५ मा रहेको आरम्भ विद्या मन्दिरले आफ्नो दशौँ बार्षिक उत्सव तथा अभिभावक दिवस धुमधामसँग सम्पन्न् गरेको छ । आइतबार विद्यालयको प्रागढमा आयोजना गरिएको कार्यक्रममा जिल्ला प्यावसनका थानेश्वर ढकाल , रामधुनी नगरप्यावसनका अध्यक्ष अच्युत ढकाल लगायतका अतिथीहरुको उपस्थितीमा विभिन्न् सांगीतिक प्रस्तुतीका साथै फुड फेस्विल र अभिभावक दिवसको आयोजना गरेको हो । विद्यालयका प्रद्यानाध्यापक विमल बरालको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरुले संगीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । विद्यार्थीहरुलाई कितावि ज्ञानमात्रै नभएर व्यवहारिक ज्ञान दिन आफुहरु अग्रसर भएर लागि परेको विद्यालयका एकेडेमिक डाइरेक्टर हरी रायमाझि बताउँछन् । नानीबाबुले लिइरहेको शिक्षा र विद्यालयको अवस्थाको ज्ञान अभिभावकलाई समेत हुनुपर्ने भएकाले अभिभावकलाई…
Read More
रामधुनी माविको ५१ औँ बार्षिक उत्सव सम्पन्न

रामधुनी माविको ५१ औँ बार्षिक उत्सव सम्पन्न

झुम्का । रामधुनी ४ मा अवस्थित रामधुनी माविको ५१ ओैँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गर्दै बुधबार सम्पन्न गरिएको छ । विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा यहि माघ १४ गते देखि १६ गते सम्म भएको खेलकुद प्रतियोगिताको पुरस्कार वितरण, त्रिभुवन बहादुर दुर्गा देवी बस्नेत अक्षयकोष छात्रवृत्ति पुरस्कार जस्ता पुरस्कार प्रदान गर्दै ५१ ओैँ वार्षिकोत्सव सम्पन्न गरेको हो । कार्यक्रममा निवर्तमान प्रधानाध्यापक पुर्ण लाल चौधरीले २०५१ देखि रामधुनी माविमा अध्यापन गर्दै २०७७ सालमा सेवा निवृत्त भइ अवकास हुनु भएपनि औपचारिक रुपमा भने बुधबार यसै कार्यक्रमका वीच विदाई गरिएको छ । कार्यक्रममा बोल्दै रामधुनी ४ का वडा अध्यक्ष कमल कार्कीले विद्यालय सुधार्न अभिभावक, शिक्षक,…
Read More
चिसो बढेपछि इटहरी र रामधुनीका विद्यालयमा ३ दिन विदा

चिसो बढेपछि इटहरी र रामधुनीका विद्यालयमा ३ दिन विदा

इटहरी । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा तीन दिन विदा दिने निर्णय गरेका छन । मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाले महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन नगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेका हुन । यस अघि विराटनगर महानगरपालिकाले पनि शितलहरको कारण देखाउँदै माघ ३ गतेदेखि ६ गतेसम्म विदा दिने निर्णय गरेको थियो । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको नगरले जनाएको छ । केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको…
Read More
बराहा क्षेत्र १० का वडाअध्यक्षले बाँडे आफ्नो तलव भत्ताबाट विद्यार्थीलाई न्यानो कपडा

बराहा क्षेत्र १० का वडाअध्यक्षले बाँडे आफ्नो तलव भत्ताबाट विद्यार्थीलाई न्यानो कपडा

रामधुनी । बराहा क्षेत्र १० का वडाअध्यक्ष तेज बहादुर गुरुगंले आफुले पाएको तलव र भत्ता चिसोमा कठ्याङ्ग्रिएका बालबालिकाका लागि खर्च गरेका छन् । बराहा क्षेत्र १० को श्री प्रकाश सुनिल आधारभुत विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थीलाई वडाअध्यक्षले न्यानो कपडा वितरण गरेका हुन । पछिल्लो समय चिसो बढेसंगै बालबालिका,वृद्ध तथा अति अशक्त मानिसको दिन कष्टकर बन्दै गएको अवस्थामा वडाअध्यक्ष गुरुगंले आधारभुत विद्यालयका ८४ मध्ये ६४ जनालाई न्यानो कपडा वितरण गरेका हुन । बिहिवार कठ्यारिंदो चिसोका अर्ध शरीर कपडा अनि खालि खुट्टा आफ्नो भविष्यको खोजिमा वराहक्षेत्र १० को श्री प्रकाश सुनिल आधारभूत विद्यालय पुगेका बालविकास देखि कक्षा ५ सम्मका ८४ मध्ये ६४…
Read More
रामधुनी प्याब्सनको लोक नृत्य प्रतियोगिताको उपाधि नवकिरण र आरम्भलाई

रामधुनी प्याब्सनको लोक नृत्य प्रतियोगिताको उपाधि नवकिरण र आरम्भलाई

इटहरी । रामधुनी नगरप्याब्सनको आयोजनामा आइतबार भएको लोकनृत्य प्रतियोगिताको उपाधि रामधुनी ५ को नवकिरण इंग्लिस बोर्डिङ स्कुलले हात पारेको छ । नगर भरी रहेका निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सनमा आवद्ध विद्यालयका विद्यार्थीबीच भएको प्रतियोगितामा नगरभरीका ९ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । रामधुनी प्याब्सनको प्रतिनिधित्व गर्दै जिल्ला प्याब्सनबाट आयोजना हुने प्रतियोगितामा जाने प्रतियोगिताको द्धितीय स्थान पिंक लोटस इंग्लिस स्कुलले हात पारेको छ भने तृतीय स्थानमा माउन्ट समिट वल्ड स्कुल आएको छ । नगर स्तरिय प्रतियोगितामा प्रथम र द्धितीय हुने विद्यालय जिल्ला स्तरिय प्रतियोगितामा भाग लिन सक्ने रामधुनी प्याब्सनका अध्यक्ष अच्युत ढकालले बताए । राष्ट्रिय गीतमा जुनियर तर्फ भएको…
Read More
हिसान स्कुल इटहरी स्तरिय लोक नृत्य प्रतियोगितामा लर्डबुद्ध र विश्व आदर्श प्रथम

हिसान स्कुल इटहरी स्तरिय लोक नृत्य प्रतियोगितामा लर्डबुद्ध र विश्व आदर्श प्रथम

इटहरी । हिसान स्कुल इटहरीको आयोजनामा भएको विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिताको उपाधि रामधुनी ५ को लर्डबुद्ध इन्टरनेशनल स्कुल र इटहरीको विश्व आदर्श स्कुलले हात पारेका छन् । हिसान सुनसरी अन्तर्गत हिसानमा आवद्ध विद्यालयहरूका विद्यार्थीहरु बिच भएको सामुहिक लोक नृत्य प्रतियोगिताको सिनियर र जुनियर तर्फको उपाधि जुनियर तर्फ विश्व आदर्श र सिनियर तर्फ लर्ड बुद्धले आफ्नो पोल्टामा पार्न सपल भएका हुन । रामधुनी ५ को लर्डबुद्ध इन्टरनेशनल स्कुलमा बिहिबार भएको लोक नृत्य प्रतियोगितामा विद्यार्थीहरुले बिभिन्न जात जाति तथा समुदायका आफ्नो भाषा र पारामा प्रस्तुत हुने लोक नृत्य प्रस्तुत गरेका थिए । सिनियर र जुनियर दुवै तर्फ ९ नौ वटा विद्यालयले…
Read More
रामधुनीकी जिविका दाहाल जो बिबिएस चौथो बर्षको परीक्षामा नेपालभरीकै टपर मध्येकी एक भइन

रामधुनीकी जिविका दाहाल जो बिबिएस चौथो बर्षको परीक्षामा नेपालभरीकै टपर मध्येकी एक भइन

इटहरी । रामधुनी नगरपालिका वडा नम्बर ५  की जिविका दाहाल त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको चार बर्षे विबिएस चौथो बर्षको परीक्षामा नेपाल भरीकै टपर मध्येकी एक सावित भएकी छन् । सुनसरीको इटहरी स्थित जनता बहुमुखी क्याम्पसबाट व्यवस्थापन अध्ययन गर्दै रहेकी जिविकाले कक्षा झुम्काको युनिक एकेडेमीमा अध्ययन गर्दा समेत एसईई र कक्षा १२ को परीक्षामा उच्च अंक ल्याएर आफुलाई अव्वल सावित गरेकी थिइन । व्यवस्थापनबाट स्नातक अध्ययन गरेकी जिविकाले स्नातकको चौथो बर्षमा ८३.२ अंक ल्याएकी हुन । क्याम्पसले हाल सम्म कुनै औपचारिक जानकारी नदिएको भएता पनि सामाजिक सञ्चार रुटिगं अफ नेपाल बन्दले भने उनलाई टपर मध्येकी एक भनेर सार्वजनिक गरेको छ ।…
Read More
झुम्का जेसिजको वक्तृत्वकलामा पन्चायन विद्या मन्दिरको जित, युनिक र आरम्भले पाए दोस्रो र तेस्रो पुरस्कार

झुम्का जेसिजको वक्तृत्वकलामा पन्चायन विद्या मन्दिरको जित, युनिक र आरम्भले पाए दोस्रो र तेस्रो पुरस्कार

इटहरी । झुम्का जेसिजले जेसिज सप्ताह अन्तर्गत आयोजना गरेको माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगितामा पन्चायन विद्या मन्दिरकी एलिसा मगर प्रथम बनेकी छन् । रामधुनी नगरक्षेत्रका ८ वटा विद्यालयका बालबालिकाको सहभागितामा भएको नगरस्तरीय प्रतियोगितामा ७ वटा विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै एलिसाले जित निकालेकी हुन । यसैगरी दोस्रो स्थान रामधुनी ५ को युनिक एकेडेमीकी छात्रा इच्छा ढकालले लिइन भने तेस्रो स्थान रामधुनी ५ को आरम्भ विद्या मन्दिरकी छात्रा स्मृती कोइरालाले पाइन । बालबालिकाको व्यक्तित्व विकास र निर्धक्कसँग बोल्न सक्ने क्षमताको विकास गर्न वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको आयोजक झुम्का जेसिसले बताएको छ । विजयी हरुलाई जेसिज सप्ताह समापन कार्यक्रमका प्रमुख अतिथी रामधुनी नगरपालिकाका…
Read More
प्याब्सनको एरिया स्तरिय हाजिरी जवाफमा आरम्भको जित

प्याब्सनको एरिया स्तरिय हाजिरी जवाफमा आरम्भको जित

इटहरी । रामधुनी प्याब्सनको आयोजनामा शुक्रबार झुम्कामा भएको प्याब्सन एरिया स्तरिय हाजिरीजबाफ प्रतियोगिताको उपाधि झुम्काको आरम्भ बिद्या मन्दिरले हात पारेको छ । जिल्ला स्तरिय प्रतियोगितामा छनौटको लागि भएको हाजिरीजबाफ प्रतियोगितामा आरम्भ विद्या मन्दिरको तर्फबाट अंकित रायमाझी, सुवासना पौडेल र श्रेया घिमिरे सहभागि भएका थिए । प्रतियोगिताको द्धितीय उपाधि रामधुनी ६ को राइजिङ स्टार इंग्लिस स्कुल र तेस्रो झुम्काको अल्पाइन इंग्लिस स्कुल भएका थिए । रामधुनी नगरप्याब्सनका उपाध्यक्ष सरोज माझीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश प्याब्सनका उमेश थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम रामधुनी ५ को युनिक एकेडेमीमा सम्पन्न भएको थियो । रामधुनी नगरक्षेत्रका ११ वटा विद्यालयको सहभागितामा भएको हाजिरीजबाफ प्रतियोगितामा…
Read More
विद्यालय बन्द नगर्न दुहवी नगरपालिकाको निर्देशन

विद्यालय बन्द नगर्न दुहवी नगरपालिकाको निर्देशन

इटहरी । विद्यालय शिक्षा ऐन २०८० को प्रस्तावित विधेयकलाई लिएर शिक्षकहरुले आन्दोलनको कार्यक्रम ल्याएको भन्दै सुनसरीको दुहवी नगरपालिकाले शिक्षण सिकाई प्रभावित हुनेगरी कुनै पनि आन्दोलनका कार्यक्रम नगर्न निर्देशन गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नगरप्रमुख बेदनारायण गच्छदारले शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरु सम्बन्धित निकायसम्म राख्ने छुट हुँदा हुँदै अर्काको हक हनन हुने गरी आन्दोलनका कार्यक्रम नल्याउन निर्देशन गरेको हो । विद्यालयका बालबालिकाको शिक्षण सिकाई नियमित र प्रभावकारी रुपमा हुने गरी सुधार गर्नु शिक्षकहरुको एकमात्र ध्येय रहनुपर्नेमा बालबालिकाको सिकाइमै बाधा उत्पन्न हुनेगरी हड्ताल गर्नु कदापि स्वीकार्य नहुने विज्ञप्तीमा बताइएको छ । सार्वजनिक विदा हुने दिन बाहेक सदा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.