प्रदेश अधिवेशनका लागि नेकपा एमाले रामधुनीले सिफारिस गर्यो मेयर सहित सात जना प्रतिनिधि

इटहरी । नेकपा एमाले रामधुनीले आसन्न कोशी प्रदेश अधिवेशनका लागि रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी सहित ७ जनालाई सिफारिस गरेको छ ।

पार्टीले शुक्रबार बसेको बैठकले ७ जनालाई निर्विरोध सिफारिस गरेको थियो । बिहीबारै टुंगो लगाउने भनिएपनि प्रतिनिधि भने शुक्रबार अबेर टुंगो लागेका हुन ।

सिफारिस हुनेहरुमा नारायण प्रसाद काफ्ले, गणेश गुरागाईं, तारा खतिवडा, नन्द कुमार बस्नेत, शंकरलाल चौधरी, रुद्र बस्नेत र सविना कुमारी चौधरी छन् ।

सिफारिस भएकाहरुले असोज १२ र १३ गते हुने नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा रामधुनी नगरको प्रतिनिधित्व गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.