विपन्नलाई बाच्छि बाँड्दै रामधुनीनगरको वडा नम्बर तीन

विपन्नलाई बाच्छि बाँड्दै रामधुनीनगरको वडा नम्बर तीन

झुम्का । रामधुनी नगरपालिका वडा नम्बर ३ ले २०८०र८१ को वर्षिक कार्ययोजना अन्तरगत एक लाख पन्ध्र हजार बराबरको विपन्न तथा लम्पिस्किन रोगले गाई को मृत्यु भएका किसानलाई १० थान बाछी वितरण गरेको छ । बुधबार विहान एक कार्यक्रमको आयोजना गर्दै रामधुनी नपा ३ को कार्यालयले र पिप्राहा खेल मैदानमा स्थानिय लोकल जातका २ थान र जर्सि जतका ८ थान गरि जम्मा १० थान वितरण गरेको हो । किसानको रोजाईका रामधुनी पशु सेवा शाखाको उपस्थितीमा मा स्थानिय बजारबाट खरिद गरिएको बाछी मध्ये कुनै ठुला बाछीमा केही नपुग भएको रकम किसान आफैले थप गरि खरिद गरीएको रामधुनी पशु सेवा शाखा प्रमुख दुर्गा…
Read More
रामधुनी ५ का वडा अध्यक्ष भोला बास्तोलाले बाँडे वडाका अपांगता भएका व्यक्तिलाई न्यानो कपडा

रामधुनी ५ का वडा अध्यक्ष भोला बास्तोलाले बाँडे वडाका अपांगता भएका व्यक्तिलाई न्यानो कपडा

इटहरी । रामधुनी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष लेखनाथ बास्तोला {भोला} ले वडामा रहेका अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेका छन् । बास्तोलाले आफ्नै खर्चमा वडामा रहेका फरक क्षमता भएका अपांगता भएका ४५ जना व्यक्तिहरुलाई न्यानो कपडा प्रदान गरेका थिए । समाजमा आफ्नो उत्तरदायित्व वहन गर्दै वडामा रहेका अपांगता भएका व्यक्तिहरुलाई ४५ थान ब्लांकेट वितरण गरेको बास्तोलाले बताए । रामधुनी नगरपालिकाको वडा नम्बर ५ मै आयोजित एक कार्यक्रमका वीच वडा अध्यक्ष बास्तोलाले ब्लांकेट वितरण गरेका हुन । २०७९ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष निर्वाचित बास्तोलाले गत असारमा आयोजित एक सार्वजनिक सुनुवाई कार्यक्रममा आफुले पाउने तलबबाट २ महिनाको तलव…
Read More
महिलाको कानुनी अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न

महिलाको कानुनी अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न

झुम्का । रामधुनी नगरपालिकाले महिला हिङ्सा सम्वन्धि १६ दिने अभियान अन्तरगत शुक्रबार महिलाको कानुनी अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रामधुनी वडा नम्बर १ को जेष्ठ नागरिक भवनमा भएको कार्यक्रममा लैङ्गिक हिङ्साका सम्बन्धमा छलफल गरिएको थियो भने लिङ्गका आधारमा हिङ्सामा परेकाहरुले कसरी न्याय पाउने भन्ने बिषयमा नेपालको कानुनले तोकिएका कानुनी कार्वाहीको विषयमा अन्तरक्रिया गरिएको थियो । रामधुनी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सेभ द अर्थ सुनसरी, इटिसि नेपाल, आसमान नेपाल, नेपाल प्रहरीका सहयोगमा भएको थियो । रामधुनीका सामाजिक संघ संस्थाका प्रतिनिधि, रामधुनी सबै वडाका अध्यक्ष तथा प्रतिनिधि, नगर प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा लगायत विभिन्न शाखाका प्रमुखको उपस्थित…
Read More
झुम्काका व्यावसायीको गुनासो ” नगरप्रहरी खै”

झुम्काका व्यावसायीको गुनासो ” नगरप्रहरी खै”

इटहरी । बजार व्यवस्थापन र व्यावसायीको सुरक्षाका लागि नगरप्रहरी आवश्यक परेको भन्दै झुम्काका उद्योगी तथा व्यापारीले नगर प्रहरीको व्यवस्था गर्न माग गरेका छन् । झुम्का उद्योग वाणिज्य संघले नगर प्रहरीको व्यवस्था गरिदिन माग गर्दै नगर प्रमुख शंकरलाल चौधरीलाई ज्ञापन पत्र बुझाएको समेत लामो समय भइसक्दा समेत नगरले प्रक्रिया अघि नबढाएको उनिहरुको गुनासो छ । बजारको सुरक्षाका साथै बजार सौन्दर्यीकरणको लागि नगर प्रहरीको आवश्यकता परेको भन्दै उनीहरुले नगर प्रहरीको व्यवस्था गर्न नगरको ध्यानाकर्षण गराएको थियो । सरकारको एक पालिका एक इलाका प्रहरी नीति अन्तर्गत इलाका प्रहरी कार्यालय प्रस्तावित रुपमा आएपनि स्थाई इलाका नहुँदा व्यापारी र बजारको सुरक्षाका लागि नगरप्रहरी आवश्यक पर्ने…
Read More
सुकुम्बासि टोलमा बस्ने  रामधुनी ३ का १४ वर्षिय सुमन परियारको आमाको मृत्यु , जनता मावि कक्षा ८ का साथीहरुले गरे खाद्यान्न सहयोग

सुकुम्बासि टोलमा बस्ने रामधुनी ३ का १४ वर्षिय सुमन परियारको आमाको मृत्यु , जनता मावि कक्षा ८ का साथीहरुले गरे खाद्यान्न सहयोग

झुम्का । झुम्का भएर बग्ने मोरगं सुनसरी सिंचाई आयोजनाको नहरको डिलमा १४ वर्षिय छोरा सुमन परियार संग बस्दै आएकी डुकिमाया परियारको यहि मंसिर ६ गते विहान अचानक मृत्यु भयो । छोराको न्वारन गरेर पैसा कमाउन हिडेका डुकिमायाका पति फर्केर नआएपछि नाबालक छोरो पालेर बसेकी डुकिमायाको अचानक मृतु भएपछि घरमा लास उठाउने सम्मको अवस्था थिएन । गाउँलेको सहयोगमा लाश सदगत भयो साथै रामपुर वाट पुरेत बोलाएर हिन्दु धर्म अनुसार काजक्रिया भइरहेको छ। रामधुनीकै वडा नम्बर ३ को जनता मावि सिंगियामा अध्यन गर्दै आएका सुमन परियार आमाको मृत्युको शोकमा रहेका वेला शिक्षक जितेन्द्र सुवेदीको अगुवाईमा आफू संग अध्यनरत कक्षा ८ का साथीहरुले…
Read More
खानेपानी सरसफाई तथा स्वच्छन्दता सम्बन्धि स्थानीय कानुनको मस्यौदा बनाउँदै रामधुनी

खानेपानी सरसफाई तथा स्वच्छन्दता सम्बन्धि स्थानीय कानुनको मस्यौदा बनाउँदै रामधुनी

इटहरी । रामधुनी नगरपालिकामा खानेपानी सरसफाइ तथा स्वच्छता समितिले स्थानिय तह स्तरको कानून र नीतिहरूको मस्यौदा साझेदारी सम्बन्धि एक दिने कार्यशाला सम्पन्न गरेको छ । नेपाल सरकारले सन २०३० सम्ममा सम्पूर्ण नेपालीलाई शुद्ध पिउने पानी, उचित सरसफाइ, व्यवस्थित तथा महिला, बालबालिका तथा अपांग मैत्री शौचालय, जस्ता सरसफाइ सम्बन्धि कुराको व्यवस्था गर्न स्थानिय सरकारले त्यस पालिकाको वर्तमान अवस्था हेरेर एेन निर्माण गर्नु पर्ने र त्यस एेनलाई टेकेर काम गर्नुपर्ने संबैधानिक व्यवस्था भए अनुरुप सो ऐन निर्माण गर्न रामधुनी नगरपालिकाले कार्यशाला सम्पन्न गरेको हो । खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि ऐन मस्यौदा समितिका संयोजक तथा रामधुनी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष…
Read More
उद्योग वाणिज्य संघ झुम्काले गर्यो दुर्गा मन्दिरमा सफाइ

उद्योग वाणिज्य संघ झुम्काले गर्यो दुर्गा मन्दिरमा सफाइ

झुम्का । झुम्का उद्योग वाणिज्य संघ र प्रस्तावित इलाका प्रहरी कार्यलय झुम्काको सयुक्त पहलमा रामधुनी ३ को दुर्गा मन्दिर परिषरमा सफाइ गरिएको छ । धार्मिक दृष्टिले महत्वपुर्ण रहेको दुर्गा मन्दिर छेउछाउ आसन्न दुर्गा पूजालाई मध्यनजर गर्दै सरसफाइ गरिएको झुम्का उद्योग वाणिज्य संघका सचिव मनिष गेलालले बताएका छन् । सरसफाइ कार्यक्रममा झुम्का उद्योग वाणिज्य संघका सचिव मनिष गेलाल, सदस्य रोशन घिमिरे, जिवन मगर लगायत स्थानीयहरुको उपस्थिती रहेका थिए भने प्रस्तावित इलाका प्रहरी कार्यलय झुम्काका प्रहरी निरिक्षक सुजन मुदेलको नेतृत्वको प्रहरी टोली सहभागि थियो ।
Read More
झुम्काका खाद्य दोकानमा म्याद गुज्रिएका सामान भेटिए

झुम्काका खाद्य दोकानमा म्याद गुज्रिएका सामान भेटिए

झुम्का । झुम्का बजारको अनुगमनको क्रममा खाद्यपदार्थ बेच्ने पसलमा अखाद्य पदार्थ र म्याद गुज्रेका सामान फेला परेका छन् । झुम्का उद्योग वाणिज्य संघको रोहवरमा जिल्ला प्रशासन कार्यलय सुनसरी, रामधुनी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालयले झुम्का बजारको शुक्रबार सयुक्त अनुगमन गरेको थियो । अनुगमनका क्रममा खाद्य पदार्थ बेच्ने पसलमा अखाद्य पदार्थ भेटिएको र यस्तो अखाद्य पदार्थ बेच्ने पसललाई सचेत समेत गराइएको अनुगमन अधिकारीहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यलय सुनसरी इनरुवाका अधिकृत केशव खतिवडा समेतको टोलीले होटल तथा किराना पसलहरूको अनुगमन गरेको थियो । दशैँ लगायतका महान चाडवाडको आगमनसँगै बजारमा गुणस्तरहीन सामान बिक्रि बितरण नहोस भनेर अनुगमन गरिएको बताइएको छ…
Read More
झुम्काको इलाका प्रहरीका लागि ढेडीगाउँमा ५ कठ्ठा जग्गा, बजारमै इलाका प्रहरी हुनुपर्ने सरोकारवालाको निस्कर्ष

झुम्काको इलाका प्रहरीका लागि ढेडीगाउँमा ५ कठ्ठा जग्गा, बजारमै इलाका प्रहरी हुनुपर्ने सरोकारवालाको निस्कर्ष

राजन भट्टराई । झुम्का । नजिकै आउँदै गरेका चाडपर्व लक्षित सुरक्षा चुनौती र झुम्कामा इलाका प्रहरी स्थायी बनाउने बिषयमा उद्योग वाणिज्य संघले सरोकारवालाहरुसँग छलफल गरेको छ । शनिवार झुम्का उद्योग वाणिज्य संघ रहेको शिव मन्दिरमा सरोकारवालासँग छलफल कार्यक्रमको आयोजना गर्दै उद्योग वाणिज्य संघ झुम्काले वजार र व्यवसायलाई लिएर झुम्का बजारको प्रस्तावित इलाका प्रहरी कार्यालयलाई स्थायी बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिएको थियो । संघका अध्यक्ष नविन चौधरीको अध्यक्षतामा भएको भेलामा नगरका राजनितिक दल तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रामधुनीको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रस्तावित ईलाका प्रहरी कार्यालयलाई पूर्णता दिन आवश्यक मापदण्ड र नीतिका बारेमा छलफल केन्द्रीत भएको थियो…
Read More
केक एण्ड बेकको तेस्रो बिक्रि कक्ष  झुम्काको भम्री चोकमा सुरु

केक एण्ड बेकको तेस्रो बिक्रि कक्ष झुम्काको भम्री चोकमा सुरु

इटहरी । इटहरीको कान्छिचोकबाट व्यावसाय थालेको केक एण्ड बेक हाउसले आफ्नो तेस्रो बिक्रि कक्ष रामधुनी ५ झुम्का बजारको भम्री चोकमा खोलेको छ । भम्री चोक आउटलेट को बिहिबार औपचारिक सुरुवात गरिएको छ । झण्डै एक बर्ष पहिला मात्रै रामधुनीको झुम्का बजारमा दोस्रो आउटलेट सुरु गरेको केक एण्ड बेक हाउसले छोटो समयमै ग्राहकको माया पाएका कारण तेस्रो आउटलेट खोज्न सफल भएको संचालक विवश बिष्टले बताएका छन् । केक एण्ड बेकले बर्थ डे लगायतका अवसरहरूका लागि सुपथ मुल्यमा केक उत्पादन गरी बिक्रि गर्ने गरेको छ भने उत्सव जन्य अन्य सामानहरु पनि बिक्रि गर्ने गर्दछ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.