कैदीले उत्पादन गरेका सामान बजारसँग जोड्ने नीति नहुँदा “बेरोजगार” बन्दै कैदी बन्दी

प्रकाश बन्जारा ।
इटहरी । साविक पूर्वाञ्चल क्षेत्रिय कारागारको रुपमा चिनिएको झुम्का कारागारमा कैदी बन्दिले बनाउने गरेको मुडा तथा बाँसका सामानको माग निकै छ , तर बजार तथा गाउँमा देखिएको मागलाई कारागार सम्म पुर्याउन नसक्दा बढी संख्यामा कैदी बन्दिहरु बेरोजगार नै रहने गरेको पाइएको छ ।

जानेका बुझेकाहरूले कारागारसँग सम्पर्क गरेर त्यहाँ बनेका मुडा तथा बाँस जन्य उत्पादन तथा फर्निचरहरू ल्याउने गरेका छन भने कैदीले बनेका सामानको बजारीकरण गर्ने ठोस नीति नहुँदा ती सामानले समेत बजार पाउँदैनन।

सिजनको बेला धेरै जसो झुम्का कारागारका कैदी बन्दिले बुनेका मुडाहरु ट्रकका ट्रक लोड गरेर चाइनामा बेच्न व्यापारीहरुले लाने गरेको झुम्का कारागार प्रशासन प्रमुख भिम प्रसाद भट्टराई बताउँछन ।

झुम्का कारागारमा बसेका कैदि बन्दीले बनाएको बाँसको फुल

कुनै गतिविधिमा लागेका व्यक्ति अपराधि करार भइसकेपछि कैद भुक्तानका लागी आउने भएपनि उनिहरुलाई कारागारमा बिभिन्न प्रकारको सिप दिएर व्यावसायी बनाउनेमा जोड दिने गरिएको छ ।  समयमा उत्पादिन सामान बजारीकरण नहुँदा थन्काउने ठाउँसमेत नहुने समस्या आउने गरेको छ ।

कैदी बन्दिहरुले बाँसको प्रयोगबाट मुडा, बाँसबाट सजावटका फुलहरुकासाथै फर्निचरका सामान तथा ढाकाका सामानहरु समेत बनाउने गरेको कारागार प्रमुख भट्टराईले बेष्ट सञ्चारसँग भने ।

झुम्का कारागारमा बसेका कैदि बन्दीले बनाएको मुडा

कारागारमा कैदी बन्दिले बनेका सामानको बजारीकरण गर्ने संयन्त्र नहुँदा कतिपय कैदी बन्दी बेरोजगार नै बस्नुपर्ने अवस्था रहेको पाइन्छ ।
झुम्का कारागारबाट कुनै सिजनमा ट्रकका ट्रक मुडाहरु बाहिर जाने भएपनि सबै समय नजाने र उत्पादित भएका सामान थन्काउने स्टोर समेत आफूहरुसँग नभएको झुम्का कारागारको सेक्सन ए का चौकीदारले बेष्ट सञ्चारलाई सुनाए ।

कैदी बन्दिले बुनेका वेलकम लेखिएका मुडाहरु एउटाको ८सय ५० देखि ९ सय रुपैँया सम्मका बिक्रि गरिने गरेको चौकीदारको भनाई छ तर सामान्य मुडा भने २५० देखि ४६० रुपैँया प्रतिगोटा सम्ममा बिक्रि हुने गरेका छन ।

यस्तै उनीहरुले ढाकाका सामान समेत बनाउने गरेको तर हातले बनेको ढाकाका सामानहरु अहिले बिक्न छाडेको गुनासो छ । मेसिनबाट बनेका ढाकाका उत्पादनहरुको फिनिसिङ राम्रो हुने गरेकाले पनि हातले बुनेका ढाकाले बजार नपाएको जेलर भिम प्रसाद भट्टराईले बताए ।
१ हजार ५ सय ७९ कैदी बन्दी रहेको झुम्का कारागारमा ए र बी गरी २ सेक्सनमा १ सयको हाराहारी मेसमा काम गर्ने गरेका छन भने कति सरसफाई र पसलमा काम गर्छन ।

कैदी बन्दीलाई सिप सिकाउनुका लागि आफुहरुले सिप विकास तालिम परिषद सिटिइभिटीसँग समन्वय गरिहेको भएता पनि तालिम पछि उत्पादन गरिएको सामानको बजारीकरण गर्ने माध्यम नहुँदा समस्या निम्तिने गरेको जेलरको भनाई छ ।

कैदी बन्दिमध्ये केहि मुडा बनाउन, कोहि बाँस तथा काठको फर्निचर र सजावटका सामान बनाउन र केहि त्यहीँ आवश्यक पर्ने काम गर्न खटिने गरेका छन भने बाँकि ठुलो संख्यामा कैदी बन्दी बेरोजगार नै रहन्छन ।

कैदी बन्दीलाई उत्पादनसँग जोड्न सके त्यो उत्पादनको बजारीकरण समेत गर्न सके फाइदा लिन सकिने विज्ञहरुको सुझाव छ तर कारागारमा उनीहरुले उत्पादन गरेका सामानले बजार नपाउँदा भने स्टोर गर्ने ठाउँको अभाव हुँदा कतिपय समय काम नै नगरी रहनुपर्ने समेत भएको जेलरको भनाई छ ।

सिमित समय कैद भुक्तान गर्न आएका कैदी बन्दीलाई एक पटक जेलबाट छुटेपछि पुन त्यहाँ नफर्किने गरी सुधार गर्ने काम समेत कारागारमा हुनुपर्छ तर उनीहरुले सिकेको सीपले नै काम नगरेपछि अथवा बजारीकरणको समस्या बनेका कारण उनीहरु पुन अपराधिक मानसिकतामा नलागुन भनेर बेलैमा सोच्नुपर्ने देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.