आँट र साहसले युएईको प्रतिष्ठित कम्पनीको ह्युमन रिसोर्स हाँक्दै धरानकी रस्मी

प्रकाश बन्जरा ।

आँट, साहस र क्षमता भएपछि को महिला को पुरुष सबैले आफ्नो सीपको सदुपयोग गर्न सक्छन् भन्ने कुराको गतिलो उदाहरण हुन धरानकी रश्मि बास्तोला । रश्मिसँग बेष्ट सञ्चारको भेट अघिल्लो साता दुवईको मुटु बरदुवई नजिकै बुर्जुमान मलमा भयो । आफ्नो व्यस्त समयमा पनि अनुभव साट्न राजी भएपछि हामीले पायक पर्ने ठाउँमा भेट्ने योजना बनाएका थियौँ । केहि हप्ता पहिला दुवई नेप्लिज ईन्फ्लुयन्सर ग्रुप डिएनआइजीले आयोजना गरको कार्यक्रममा एचआर प्यानलिष्टको भुमिकामा देखिएकी रश्मि बिभिन्न आरोह अवरोहलाई छिचोल्दै आज एक प्रतिष्ठित कम्पनीको ह्युमन रिसोर्स डिपार्टमेन्ट हेर्ने लिडरको रुपमा रहिछन् ।

दुई दाजुभाइकी प्यारी बहिनीको रुपमा जन्मिएर हुर्किएकी रस्मीले धरानको युरेका रेसिडेन्सियल स्कुलबाट एसएलसी, धरानकै भारवि साइन्स एकेडमीबाट प्लस टु र भारतको आइएसविएम कलेजबाट स्नातक र स्नातकोत्तरको पढाई गरेकी हुन । ह्युमन रिसोर्स बिषयमै स्नातकोत्तर अर्थात मास्टर्स इन बिजनेस एड्मिनिस्टेसन गरेकी रस्मीलाई हामीले ह्युमन रिसोर्सको क्षेत्रमा काम गर्नलाई त्यहि बिषय पढ्नु पर्छ कि भनेर प्रश्न गर्यौँ तर त्यो जरुरी नभएको रस्मीले हामीलाई बताइन । यद्यपि पढाई अनुरुप नै क्यारियरलाई लैजान सकियो भने अवश्य क्यारियरमा भिज्न र अघि बढ्न भने सकिने हामीले रस्मीको जिवन संघर्ष र अहिलेको सफलताबाट थाहा पार्यौँ ।

तर हरेक क्षेत्रमा रुझ्न भिज्न र स्थापित हुन संघर्ष भने अथाह नै चाहिन्छ । रस्मीले पनि संघर्षका थुप्रै पहाडहरु चढेकी छन् । कहिले विश्वास गरेकाहरूबाट धोका खाएकी रहिछन् त कहिले एस म्यान बन्न इन्कार गर्दा मानसिक तनाव । यी सबै उनका लागि सिकाई बनेका छन् ।

एमविए सकाएपछि कुनैबेला नेपालको प्रतिष्ठित कम्पनी बनेको एनसेलको माउ कम्पनी टेलिसेरामा जागिरे बनेकी रश्मी टेलिसेराले एनसेलबाट हात झिकेपछि विदेश लाग्ने मनसायमा पुगेकी रहिछन् । टेलिकमुनिकेसनकै क्षेत्रको अनुभव भएको भएर सन् २०११ मा मलेसिया हाँकिएकी रस्मीले नेपालमै छँदा चाइना, टर्की, जस्ता देश गएर तालिममा भाग लिइसकेकी थिइन त्यसैले पनि विदेश उनीलाई त्यत्ति गाह्रो भएको थिएन । समय गुज्रिँदै जाँदा जिन्दगीले सिक्दै गयो, समय र संघर्षहरूले सिकाउँदै गए आखिर जिन्दगी भनेकै सिकाइ र संघर्ष त रहेछ नि रस्मीले सुनाइन ।

निकै लामो सोच बनाएर मलेसिया हाँकिएकी रस्मीलाँई छोटो समयमै आफु काम गर्ने कम्पनी बन्द भएपछि निकै तनाव झेल्न परेको रहेछ । परदेशको बसाई त्यत्ति सजिलो कहाँ हुन्छ र तर पनि साहस र आँटले उनलाई हार्न दिएन । जस्तो सुकै अवस्थामा पनि परिवारको साथ पाएका कारणले पनि नयाँ परिवेश र परिस्थितिसँग जुध्न सकेको रस्मीले बेष्ट सञ्चारलाई बताइन ।

मलेसियामा कम्पनी बन्द भएपछि रस्मीको यात्रा सयुक्त अरब इमिरेट्स युएई तिर मोडिएको रहेछ । भिजिट भिषामा युएई आएर काम खोजेको अनुभव उनलाई पनि रहेछ जुन आज थुप्रै नेपालीको साझा अनुभव बनेको छ । काम खोज्ने क्रममा युएईको सारजाह प्रान्तको एउटा तेल तथा ग्यासको कम्पनीमा काम पाएपनि त्यहाँको स्टेक होल्डरबाट हुनुपर्ने व्यवहार नपाएको महशुस गरेपछि रस्मीले अफर लेटर नै हस्ताक्षर नगरी काम छाडेकी रहिछन् ।

पछि उनले दुवईको अल समाली ग्रुप नामक कम्पनीमा एचआर म्यानेजरको काम पाइन । त्यो नै रस्मीको दुवईमा पहिलो औपचारिक काम भएको रहेछ ।
अल समाली ग्रुपमा एचआर म्यानेजरको भिषामा आउन नेपालको त्रिभुवन बिमानस्थलमा रोकिएको पुन अर्को कागज बनाएर म्यानपावर मार्फत नै प्रोसेस गरेपछि बल्ल आउन पाएको तितो अनुभव रस्मीहरुले त भोगेका छन् भने आम मान्छेलाई त्यो नयाँ कुरा रहेन । जसले गर्दा देशमा क्षमता भएकाले सेल्फ इन्प्लोइमेन्ट अफर पाउँदा पनि सजिलै विदेश जान पाउदैनन् भन्ने कुरा देखाउँछ ।

शुरुवाती का दिनमा लगभग ५ सय कामदारको समस्या र प्रोसेसको जिम्मेवारी सम्हाल्नु रस्मीको लागि सानो चुनौती थिएन तर उनले त्यो चुनौतीलाई अवसरको रुपमा लिइन । एचआर म्यानेजर हुँदा पनि घामले डढेको अनुभव रस्मीले दुवईमा गरेकी छन् । जसले उनलाई अझ खारिएर आफ्नो क्षेत्रमा डट्न सिकाएको छ ।
काम गर्ने क्रममा रस्मीले नेपाली हुनु त्यसमाथि महिला हुनुको महशुस गर्न पाइन । विरलै नेपाली हरु यो फिल्डमा छन् विदेशी भूमिमा । नेपाली महिला एचआर म्यानेजर अरे भन्दा कतिले त विश्वास गर्न गाह्रो मानेको परिस्थिति उनले भोगेकी छन् ।

आफुले गरेका हरेक कामको रिपोर्टिङ गर्न कामदारको पहिलो भुमिका हुनुपर्छ काम त धेरैले गर्छन तर हरेक कामको रिपोर्टिङ सहि तरिकाले माथिल्लो निकायमा भएको हुनुपर्छ अनिमात्रै तपाईको कामको सहि मुल्यांकन हुन्छ । रश्मी सुनाउँछिन् ।

धेरै जोसले एच आर भन्ने वित्तिकै काम लगाउने डिपार्टमेन्ट बुझेका हुन्छन् तर‘ एचआरले कामदारको रिक्रुटमेन्टदेखि लिएर तालिम र अर्को तहको कामदार तयार गर्नमा कामदारको अव्जेक्टिभ सेट गर्ने काम गर्छ र गर्नुपछर्’ रस्मीले सुनाइन ।

अल समाली ग्रुप पछि ल्याण्ड मार्क गू्रपको एमएच ग्रुपमा २ बर्ष काम गरेकी रश्मी अहिले झण्डै ८ बर्षदेखि डा जोइ हेल्थकेयर म्यानेजमेन्ट को एचआर लिडरको रुपमा काम गर्दैछिन् ।
युएई भरी १३ वटा डेन्टल क्लिनिक भएको डा जोय क्लिनिकमा २० भन्दा बढी देशका कामदारको हायरिगं , फायरिङ, पर्फमेन्स म्यानेजमेन्ट लगायतको काम गर्ने रश्मी आफ्नो आजको सफलताको श्रेय आफ्नो बुवालाई दिन्छिन् । जिन्दगीका हरेक मोडमा आफुले गर्न लागेको कामको लागि अघि बढ्न प्रेरणा दिइरहने उनका पिताले आफुलाई र दाजु भाइलाई पक्षपात नगरेको बताउँछिन् ।

मध्यपुर्वमा ह्युमन रिसोर्सको क्षेत्रमा अव्लल नारी समेत ठहरिएकी रस्मीलाई सन् २०२१ मा वर्ड मेडिकल काउन्सिल युएई च्याप्टरले राइजिगं स्टार इन् एच आर एक्सिलेन्सि नामको अवार्ड समेत प्रदान गरेको थियो । त्यतिवेला अर्थात सन् २०२१ मै उदाउँदै गरेकी ताराको अवार्ड पाएकी उनी अहिले उदाईसकेकी छन् अथवा भनौ एचआरको क्षेत्रका अझ अव्वल ठहरिसकेकी छन् ।

जिन्दगीलाई रिक्ससँग तुलना गर्ने रश्मी कम्फोर्टमा बसेर सोच्ने हो भने सफलता हासिल गर्न नसकिने बताउँछिन् । यसो त आफुलाई अहिल्यै सफल भन्न उनले हिच्किचाहट गरिन ।

आज हजारौंको संख्यामा एकल महिला तथा छोरी चेलीहरु रश्मी जस्तै खाडीमा छन् तर उनिहरुको अवस्था सबैको राम्रो छैन । त्यसै पनि घरको , समाजको र देशको इज्जत राख्नको लागि जुन सुकै कदम चाल्नु अघि एक पटक सोच विचार गर्न रस्मीले आग्रह गरिन ।

मान्छेलाई अघि बढ्न र पछि हट्न संगतले ठुलो असर गरेको हुन्छ त्यसैले पनि असल संगतमा रहन र जस्तो सुकै भएपनि कामलाई सम्मान गर्न रस्मीको आग्रह छ ।
सन् २०१७ मा अन्तरदेशीय विवाह बन्धनमा बाँधिएकी रश्मी अहिले श्रीमान र ४ बर्षिय छोराका साथ युएईको दुवइमा बस्छिन् । मेहनत, परिश्रम र साहसले माथिल्लो ओहदामा पुगेर लाखौंको उदाहरण बनेकी रस्मीलाई अझ सफलताको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.