‘भाटभटेनी खुलेपछि गोरखा डिपार्टमेन्ट को व्यापार झनै बढ्यो’

प्रकाश बन्जारा ।
गोरखा डिपार्टमेन्ट स्टोर इटहरीको पहिलो डिपार्टमेन्ट स्टोर हो ।खोटाङ्ग जिल्लामा जन्मेका बलाराम आचार्यले देशविदेश घुमेर देखेको सपिङ्गमल संस्कृतिलाई नेपालमा पनि स्थापित गर्न सकिन्छ भन्ने हेतुले खोलेको डिपार्टमेन्ट स्टोर अहिले झापा, मोरङ्ग र सुनसरीमा मात्रै फैलिएको छैन यो त सारा नेपालमै एउटा चिनिएको ब्राण्डको रुपमा स्थापित भएको छ ।

अमेरिका, लण्डन तथा विश्वका विकसित राष्ट्रमा चलेको सुपरमार्केट संस्कृती नेपालमा पनि कसो नचल्ला त भनेर खोलिएको यो डिपार्टमेन्ट स्टोर अहिले गोरखा ब्राण्ड बनेको छ ।अहिले बलरामसँग गोरखा ब्राण्डमा यस डिपार्टमेन्ट स्टोरका अलावा गोरखा गौशाला, कुखुरा फार्म र गोरखा बेकरी समेत छन् । पर्यटनमा समेत लगानी गर्ने हिसावले बलारामले स्थापना गरेको गोरखा होटल अहिले पुर्व घुम्ने पर्यटकका लागि ट्रान्जिट पोइन्ट जस्तै छ । यता इटहरीमा पाँच तारे होटल सोल्टी खोलेपछि समेत गोरखाको व्यापार बढेको बलाराम बताउँछन् ।

इटहरी,विराटचोक, पथरी र दमकमा गरी ४ ठाउँ गोरखा डिपार्टमेन्ट स्टोर सदाबहार व्यापार गरिरहेको छ भने हरेक गोरखा डिपार्टमेन्ट मा ४ वटै ठाउँमा गोरखा किचन खुलेको छ । जुन खानाका पारखीहरुका लागि चलेको किचन हो ।

अघोषित आर्थिक मन्दी भएको बेला बलरामलाई हामीले गोरखाले अहिले गरिरहेको व्यापारको बारेमा सोध्यौँ । उनले खुलेरै बजारको अवस्था हेर्दा गोरखाको अवस्था राम्रो भएको बताए । इटहरीमा बजार चम्काएको गोरखालाई इटहरीमै अर्को ठुलो सपिङ्ग कम्प्लेक्स भाटभटेनी खुलेपछि ठुलो धक्का लागेको चर्चा बजारमा गरिन्छ तर बलारामले भने गोरखाको व्यापार भाटभटेनी खुलेपछि झनै बढेको बताए । बजारमा ग्राहकलाई रोजी छाडीको वातावरण बन्नुपर्ने र ग्राहकले आफुले मुल्य र गुणस्तर समेत दाँजेर खरिद गर्ने वातावरण बन्नु राम्रो भएको आचार्यले बेष्ट सञ्चारलाई सुनाए ।

भाटभटेनी खुलेर गोरखालाई सुरुका २÷३ महिना चाहिँ असर गर्ला भन्ने बलरामको प्रक्षेपण रहेछ तर आफ्नै प्रक्षेपण कमजोर भएको बलारामले सुनाए । व्यवसायको क्षेत्रमा आफ्नो ४३ बर्षिय अनुभव भएकाले पनि कसरी बजार बढाउन सकिन्छ भनेर आफुले आंकलन गरेरै अगाडी बढ्ने गरेको बलाराम बताउँछन् ।

कोरोना महामारी पछिको लकडाउन र त्यसपछि अहिले बजारमा आएको आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायनको क्रममा रहेको गोरखाका प्रबन्ध निर्देशक बलाराम आचार्य सुनाउँछन् ।

अहिले धेरैको व्यापार डामाडोल भइसकेको र अवको ६ महिना सम्म यस्तै अवस्था रहे धेरै विजनेश कोल्याप्स हुने आचार्यले हामीलाई सुनाए ।गोरखाले चलाएको आफ्नै ब्राण्डको होटल गोरखा खाना र यसको स्थानका कारणले पनि धेरैको रोजाई भएको बलरामको भनाई छ ।

धेरै होटल भएको ठाउँमा ग्राहकलाई रोज्ने मौका भएको र यसरी रोज्दा गोरखा होटल रोज्ने पाहुना धेरै रहेको उनी सुनाउँछन् । हुन त बजारमा लगानीको वातावरण छैन भएका लगानी नै नाजुक अवस्थामा छन् तर अव गोरखाले कुन क्षेत्रमा लगानी गर्ला हामीले आचार्यलाई सोध्यौँ । उनले इटहरीमा अझै होटल खोलिनुपर्ने भनाई राखे त्यसमा गोरखाले सोचिरहेको पनि आचार्यको भनाई थियो । ‘पुर्वमा भएका धार्मिक स्थल देखि लिएर पर्यटकिय स्थलको प्रमोसन सँगै इटहरी पनि विदेशी स्टान्डर्ड का होटलको आवश्यकता महशुस हुँदैछ ।’ आचार्यले थपे ।

तीन वटै तहका सरकारमा विज्ञहरुको बाहुल्यता नहुँदा व्यावसायी प्रति सरकारको सोच गलत भएको टिप्पणी आचार्यको छ । सरकार आफैँ विज्ञ नभएको कारण हरेक क्षेत्रमा बुझेका व्यक्ति राखिनुपर्ने र हरेक क्षेत्रको समान विकास हुने उनले बताए ।

राज्यलाई कर तिर्ने, रोजगारी सिर्जना गर्ने देखि लिएर स्थानीय उत्पादनलाई प्रश्रय दिने व्यावसायीलाई राज्यले व्यापारीलाई सहजता नदिएको बरु झन दुख दिने काम गरिरहेको बुझाई बलरामको थियो । व्यावसायीलाई सहुलियत दिनका लागि विज्ञहरु राखेर नीति नियमहरु बनाउनु पर्ने तर त्यसो नगरिएको बरु मुढे मुद्धि लगाएर व्यावसायीलाई दुख दिने काम गरिएको आचार्यले हामीलाई सुनाए ।

पूर्वका नेपालीलाई पहिलो पटक सपिङ्ग मलको स्वाद चलाउने बलरामलाई हामीले थप सफलताको शुभकामना दियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.