प्रकाश बन्जारा । युएई ।
ज्यान प्रदेशमा भएपनि मन नेपालमै रहेको उदाहरण प्रस्तुत गर्दै आएको अभियान योगदान राष्ट्रका लागि को आयोजनामा आगामी आइतबार भव्य जनचेतना कार्यक्रम हुने भएको छ ।
नेपालको ६५ वटा जिल्लामा आफ्नो विस्तार गरिसकेको अभियान योगदान राष्ट्रका लागिले विशेषत प्राथमिक उपचार तालिम सञ्चालन गरिरहेको छ भने देशका थुप्रै ठाउँमा यस्तो कार्यक्रम गरिसकेको छ ।
आगामी जुन ३० तारिख आइतबार युएईको दुवईमा रहेको ब्लु प्यालेस रेष्टुरेन्टको हलमा कलाकार निखिल उप्रेती तथा रमेश उप्रेतीको उपस्थितीमा जनचेतना तथा मोटिभेसनल कार्यक्रम आयोजना हुन लागेको हो ।
कार्यक्रममा नेपाली राजदुतावास यूएईले समेत आफ्ना गतिविधि सहितको चेतनामुलक प्रस्तुती दिने आयोजकले बताएका छन् ।
प्रदेशमा रहेपनि देश प्रति हरेक नागरिकको जिम्मेवारी पुरा गरौँ भन्ने हेतुले जनचेतना सहितको कार्यक्रम आयोजना गर्न लागिएको र यसमा योगदान राष्ट्रका लागि संस्थाका अध्यक्ष ओम उप्रेतीले प्राथमिक उपचार सम्बन्धि प्रस्तुती दिने कार्यक्रम रहेको बताइएको छ ।
बैद्यानिक रेमिट्यान्सको बारेमा समेत जनचेतना जगाउने उदेश्यले कार्यक्रममा रेमिट्यान्स गर्दा हुने फाइदाको बारेमा समेत जानकारी प्रस्तुत गरिने कार्यक्रम संयोजक दिवस चापागाई बताउछन् ।
अभियानले अल कुज तथा सोनापुर बाट कार्यक्रममा आउने सहभागीलाई लक्षित गर्दै निशुल्क बसको समेत व्यवस्था गर्न लागेको कार्यक्रम संयोजक चापागाईले जानकारी दिए ।
कलाकार सहितको कार्यक्रममा निशुल्क प्रवेश रहेको बताइएको छ ।