हराएको खुशि खोज्दै युएईमा पोखराका एजेलक्स

प्रकाश बन्जरा ।

कास्कीको पोखराका एजेलक्स अर्थात अजय सापकोटो परियार सयुक्त अरव ईमिरेट्स युएईको अवुधाविमा भेटिए । जिन्दगीको आरोह अवरोहका बिच कहिले हिड्दै त कहिले दौडिँदै गरेका एजेलक्स अर्थात अजयको जिन्दगी पिडाको अर्को नाम हो जस्तो लाग्छ ।

देशको सुन्दर पर्यटकिय नगरी कास्कीको पोखरा र त्यहिँको प्यारो गाउँ मास्टागं गाविसमा जन्मिएर पनि अभागी हुनुको पिडा उनले मज्जाले महशुस गरेका रहेछन् ।
बालखै उमेरमा बाबा आमाको मायाबाट टाढिएका उनि आफु बाट टाढा भागेको खुशि खोज्दै खाडी आइपुगेका रहेछन् । हुन त खाडीमा पनि भागेको खुशि भेटिहाल्ने ठाउँनै कहाँ छ र तर प्रयास गर्नेहरुले भेट्छन् भन्ने विश्वास गरिन्छ ।

एजेलक्सको कहानी सुन्दा सुन्दै हाम्रो आखाँ कतिवेला रसाए पत्तै भएन तर उता हेर्दा अजयका आँखाहरु ओभानो थिएनन् । त्यो गाउँबाट युएईसम्म्को यात्रा पक्कै सहज थिएन । बाबा आमा नभएपछि मावली घरमा बसेर पढ्दै हुर्किएका अजय आफ्नी आमाले सिलाईको काम गर्दै पढाएको सम्झन्छन् ।

सन २०१३ मा युएई आएका उनी इजादा एसेट म्यानेजमेन्ट कम्पनीको सहायक कम्पनी अर्कान सेक्युरिटीमा दुवई आएका रहेछन् । दुवईको दुवइ मलमा कस्टमर सर्भिसमा काम गर्दै आफ्नो खाडीको क्यारिय र सुरु गरे । जान पहिचान बनाउन उनी हरेक रेस्टुरेन्टहरुमा जान थाले । जानेका ठाउँमा अन्तवार्ता दिन थाले र विस्तारै उनले आफुलाई अव्वल बनाउँदै गए । दुवई मलमा काम गरुन्जेल उनले थुप्रै बलिउड कलाकारहरुसँग भेटेको क्षण सम्झिन्छन् ।

उनले दुवर्यकै फाइभ गाइज रेस्टुरेन्टमा काम पाए । पछि उनलाई अवुधाविको मरिना मलमा टान्सफर गरियो । त्यहाँ काम गर्दै जाँदा उनले पछि अवुधावी एयरपोर्ट भित्र ड्युटि फ्रिको एउटा रेन्टुरेन्टमा पनि जागिर पाए । अहिले ८ बर्षदेखि उनि त्यहि एयरपोर्ट भित्र रहेको ट्राभरेक्स मनि एक्चेन्जमा कामगर्दैछन् ।

आमा र मामाघरको हजुरआमाले आफ्नो लागि गरेको दुख सम्झिँदा भावुक भइरहेका एजेलक्स अर्थाथ अजय जिन्दगीमा थुप्रै गर्ने बाँकि रहेका कामहरुको खात छ ।

सबै कुरा दोहोरयाएर हेर्दा धेरै दुख गरेर यहाँ आइपुगेका अजय मेहनत र सम्भावनलाई जोड्ने बाटो खोज्नुपर्ने बताउँछन् । आफैँले आफैँका प्रसंसा गर्न गाह्रो हुन्छ तर मैले काम सकेर आएर साथीहरुको कपाल काट्ने गरेको , आफ्नो खाना फ्रि गराउन साथीहरुको खाना बनाइदिने गरेको भर्खरैको उनको अनुभव ताजै छ । आफ्नो लागी आफैँले केहि गर्नुपर्छ भन्ने सोच भएका अजयले आफेँले आफ्नै लागी गर्न बाँकि थुप्रै रहेको अजय बताउँछन् ।

आमाले अरुको कपडा सिलाएर बाटो देखाएको सम्झने उनी आमाले देखाएको बाटो आफु भुल्न नसक्ने बताउँछन् । हिजो जुन सतहबाट आएका थियौँ त्यो व्याग्राउण्ड भुल्न नहुने उनको सुझाव छ । थोरै थोरै मेहनत गर्दा गर्दै माथि पुग्न सकिने एजेलक्सले सुनाए ।

उनको बाबा आमासँग छुट्नुको पनि छुट्टै कहानी रहेछ । एजेलक्सका बाबुलाई कसैले चितवनमा हत्या गरे भन्ने सुनेका हुन तर उनलाई आफ्नो पिता कुन अवस्थामा बिते भन्ने उनलाई थाहा छैन । दागवत्ती पनि हजुरवुवाले दिनुभयो । सानै थिएँ किरिया गर्न बस भनेर भने बुवा वितेको पत्तै थिएन । अजयले सुनाए । बुबासँगको सम्बन्धमा दरार आएकै कारण आमा बुवाबाट टाढा भएको अजयलाई थाहा छ ।

विदेशमा उनीले पैसा मात्रै कमाएर हैन नाम कमाएर फर्किने सोचमा छन् । कलाकार बन्ने रहर बोकेका उनी संगीतमै रमाउँछन् । फुर्सदको समयमा गीत गाउँने गीत बनाउने गर्ने उनी केहि गरेर देखाउने आकांक्षा राखेका छन् ।

मामाघरमा बसेका एजेलक्सले मामाघरमै बसेर भविश्य निर्माण विद्यालयबाट एसएलसि सम्मको अध्ययन गरे । पछि पोखराको एउटा होटलमा काम गर्दै पढ्दै गर्न थाले । पढाईको सिलसिलामा सानो भएकै कारण साथीहरुले हौसाएर पनि कहिले शिक्षकको कुटाई खाए त धेरै आफुलाई अव्वल बनाए । प्रथम डिभिजनमा एसएलसि सकाएका उनले लेकसाइडको तलबराही हाइएर सेकेण्डरी स्कुलबाट प्लस टु सकाए ।

पोखराको पृथ्वी नारायण क्याम्पसमा स्नातकको भर्ना गरे तर पढाई भने पुरा गर्न सकेनन् । कलेज पढ्न लेकसाइड आएका एजेलक्सको प्रेम कहानी अझै निकै फरक छ । बिहान ४ बजे उठेर होटलमा हाउस किपिगंमा काम गर्ने अनि रातको ११ बजेको हाराहारीमा फर्कने एजेलाई मायाले विचार गरीरहेकी रहिछन् । माया अजय बस्ने घरकै छोरी हुन । मायाले कपिपय बेला अजयको लागि खाना बनाएर राखिदिने गरेकी रहिछन् ।

मायाको त्यो माया नै अजयको जीवनमा आत्मिय माया बन्न पुगेको रहेछ । १४ बर्षको अविरल माया पछि भर्खरै बिवाह गरेका उनीहरु अहिले जोडीनै युएईको अवुधावीमा बसोबास गर्छन । माया मगरको घरकी छोरी अजय परियार अन्तजातीय बिवाह भएका कारण उनीहरुले समस्या आउने डरले विवाह ढिलो गरेका रहेछन् । माया पेशाले सौन्दर्य पेशामा छिन् ।

दुखै दुखको सागरमा डुवेजस्तै लाग्ने अजयको जीवनमा अर्को पिडा आफ्नो भाई सुनिल सापकोटा परियारलाई पनि लिएर आएका रहेछन् । आमा बाबुको माया नपाएका अजयले भाईको माया पनि पाएनन् । भिजिट भिषामा आएर काममा लागेका अजयका भाई सुनिलको सन् २०१९ मा दुर्घटनाम परि मृत्यु भएपछि उनलाई पिडामाथि पिडा थपिएको रहेछ ।

भिजिट भिषामा आएर नेपालको बैदेशिक रोजगार बिभागबाट गरिने श्रम स्वीकृती समेत नगरेको हुँदा त्यो रातो बाकसमा फर्किएका सुनिलको परिवारले केहि पाउन सकेन ।
सुखको क्षण भने अजयले सम्झन सकेनन् । बाँचेको छु त्यसैमा खुसि छु । उनले भने ।

कुनै समय परिवारबाट टाढा भएकी आमालाई आफुसँगै राखेका अजयले भविश्यमा एउटा अनाथ आश्रम खोलेर अरु अनाथ बालबालिकाको अभिभावक बन्ने चाहना राखेका छन् ।

परदेशमा कमाउन त धेरैले कमउछन् तर बचत गर्ने बानी कमैमा हुन्छ । दुखले कमाएको बचतलाई के गर्नुहुन्छ भनेर हामीले अजयसँग जिज्ञासा राख्यौँ । कमाएको पैसा नेपालमा आफ्नै खातामा जम्मा गर्नेगरेको बताए ।

आफ्नो परदेशको कमाई बाट पोखरामा २ वटा घडेरी जोडेको अजयले हामीलाई सुनाए । नेपालमा छंदा धेरै सपना बोकेर आउने नेपालीहरुले परदेशमा आएपछि बचत गर्न बिर्सिएको उनले देखेका छन् । दुख गरेर कमाएको पैसा लिगल च्यानलबाटै रेमिट्यान्स गर्ने गरेको अजयले हामीले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.