दुवईमा डिएनआईजीले दिएको फरक संन्देश

प्रकाश बन्जरा । युएई ।

कार्य व्यस्तताकै बिच फोनमा एउटा रिगँ बज्यो, चपेन्द्र जि हुनुहुँदो रहेछ , उहाँ दुवई नेप्लिज इन्फलुएन्सर ग्रुपको कोर मेम्बर पनि हुनुहुन्छ उहाँ पाँचतारे होटलको क्लस्टर सेक्युरिटी म्यानेजर हुनुहुन्छ युएईको दुवईमा । चपेन्द्र जिले डिएनआईजीको समिट आइतबार रहेको जानकारी गराउनुभयो । मैले पनि कार्यक्रम रोचक हुने आशाले रजिस्ट्रेसन सकाएको थिएँ ।

सबैले हेप्ने गरेको खाडी अनि त्यहि खाडीको एउटा देश सयुक्त अरव इमिरेट्स जहाँ ५ लाख बढी नेपाली श्रम बेचिरहेका छन् । प्रवासमा रहेर देश र राष्ट्रियता सम्झिन यहाँ हरेक जिल्लाका आफ्ना आफ्नै संस्था छन् जसले समय समयमा देश, कला, संस्कृती त कुनै संस्थाले भाषा र साहित्यका कार्यक्रम गर्छन सबै आफ्नो ठाउँमा राम्रा छन् ।

उता ठुलो भनेर चिनिने गैह्र आवासीय नेपाली संघ छ । बिभिन्न राजनितिक आस्था बोकेर बसेका पार्टीका भातृ संगठन हरु छन् त्यहाँ बिचारमा बहस हुन्छ तर घरबाट, शहरबाट र देशबाटै छाडेर हिँडेपछि जे हुनुपर्ने हो त्यो हुँदैन । पेशाका कुरा, सिक्ने कुरा, सिकाउने कुरा साथै गर्दै आएको काममा परिपक्व हुँदै नयाँ पदमा कसरी जान सकिन्छ । जवको मार्केट सानो छ यो सानो जव मार्केटमा कसरी अव्वल हुँदै नयाँ पदमा पुग्न सकिन्छ ।

आफुले सिकेको कुरा समुदायलाई कसरी दिन सकिन्छ भन्ने जस्ता कुरा हुँदैनन् । तिनै कुराहरुलाई पुरा गर्न युएईमा रहेका नेपाली हरुको एउटा ग्रुप फर्मेट भएको रहेछ  जसको नाम हो दुवई नेप्लिज इन्फलुएन्सर ग्रुप । जसको फाउन्डर को रुपमा देखिएका छन् मनोज मरहट्ठा । मनोज छोटो समयमा आफ्नो लगाव र मेहनतले माथिल्लो पदमा पुगेका नेपाली युवा हुन जसको सोच र बिचारबाट अरु धेरै नेपालीलाई प्रभावित भएका छन् । प्रवासमा रहेका नेपालीहरुलाई यसरी नै प्रभावित गर्दै राजनीति बिनाको एउटा अव्वल नेपाली सोसाइटी बनाउने डिएनआईजीको फर्मेसन गरेको मनोज बताउँछन् ।

छुट्टीको दिन भएकाले कार्यक्रम हेर्ने सौभाग्य मलाई पनि जुर्यो । दुवईको बुरजुमान स्थित पाँचतारे होटल हिल्टनको डवल ट्रि ब्राण्डको सभाहलमा डिएनआइजि समिट तोकिएको थियो । जहाँ दुवईमा हुने गरेका नेपाली कार्यक्रम जस्तो ढर्रा केहि देखिएन । कार्यक्रममा उपस्थित हुनेहरुलाई पहिलेनै इमेल मार्फत रजिस्ट्रेसन गराइएको रहेछ । सबैले मोवाइलमा क्युआर कोड लिएर स्कान गर्दै हलभित्र प्रवेश गर्दै गरेको देखियो । सम्भवत नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा यति उत्कृष्ट तयारी पहिलो जस्तो लाग्यो ।

कार्यक्रम शुरु हुने समय ४ बजे तोकिएको थियो । ४ बजेर ५ मिनेट जाँदा कार्यक्रम सञ्चालक सभाहलको अगाडी रहेको पोडिएममा उभिए र कार्यक्रम शुरु भएको अलान गरे । अगाडिको स्क्रिनमा स्क्रिनमा डिएनआईजी समिट लेखिएको थियो ।

कार्यक्रममा न त सभापतिको आसन ग्रहणमा समय खर्चियो न त प्रमुख अतिथी र अतिथी हरुको भिड गरियो त्यहाँ त ज्ञान बाँड्ने काम भयो । कार्यक्रममा आगन्तुकलाई स्वागत गर्दै डिएन्आइजीका संस्थापक मनोज मरहट्ठाले समिट गर्नुपर्ने आवश्यकता र डिएनआईजीले गर्ने कामबारे बताए ।

लगत्तै समुहका अर्का अमूल्य खनाल अगाडी प्रस्तुत भए र समुहका सदस्यहरुको अवस्था साथै पहिले सामुहिक भेटघाट देखि लिएर यति ठुलो कार्यक्रम सम्म आएको डिएनआइजी को पछिल्लो चरणमा भए गरेका कार्यक्रमको बारेमा चर्चा गरे । उनले डिएनआइजीले सामुहिक भेट, योगा क्लास, काम र जीवनको व्यालेन्सका लागि डिएनआईजीले हालसम्म गरेका कामहरुको फेहरिस्त सुनाए । हल भरी यत्रतत्र व्यवस्थित गरी बसेका हरियो टिसर्ट का भोलेन्टियरहरू आवश्यता अनुरुप अगाडी जान्थे र पुन आफ्नै स्थानमा फर्किन्थे ।

कार्यक्रमको तेस्रो चरण प्यानल डिस्कसनको राखिएको थियो । जसको मध्यमार्गी भुमिका ह्युमन रिसोर्सको क्षेत्रमा नेतृत्व गरिरहेकी सामाजिक अभियान्ता पुजा श्रेष्ठले गरेकी थिइन भने प्यानल डिस्कसनमा एचआर प्रोफेसनल हरु रश्मी बास्तोला, विपुल भट्टराई र दिपक थपलियाले भाग लिए । उनीहरुले विश्वमा युएई किन श्रम गन्तव्यमा परिरहेको छ , आफुलाई विकास गर्न के कुरामा ध्यान दिनुपर्छ , कसरी फरक फिल्डको काममा छिर्न सकिन्छ अर्थात अवको पुस्ताले युएईमा कसरी काम पाएर सेटल हुन सक्छन् भन्ने बारेमा आफ्नो अनुभव सुनाए ।

कार्यक्रमको अर्को सत्रमा विश्व व्यापी प्रख्यात होटल ब्राण्ड हिल्टनमा क्लस्टर जनरल म्यानेजरको भुमिकामा रहेका गजेन्द्र शर्मा हाजिर भए । अमूल्य खनालले मध्यमार्गी भुमिका खेलेको उक्त सेसनमा नेपाली माथिल्लो पोजिसन मा पुग्न सक्दैनन् भन्ने भ्रम चिर्ने काम भयो । गजेन्द्रले आफ्नो वेटरबाट सुरु भएको क्यारियर कसरी क्लस्टर जनरल म्यानेजरसम्म पुग्यो भन्ने यात्राको फेहरिस्त सुनाए । आफुले गरेका केहि कामको उदाहरण प्रस्तुत गर्दै उनले कसरी माथिल्लो पदमा जान सकिन्छ भन्ने जस्ता प्रश्नहरुको जवाफ दिए ।

सेसनमा सहभागि प्यान लिस्टलाई बाहेक सबैलाई एकमुस्ट सम्बोधन गरियो । तपाईहरु विना कार्यक्रम सफल हुँदैनथ्यो भन्ने हिसावले डिएनआईजीका सदस्यलाई धन्यवाद दिइयो । स्वयंसेवकलाई स्टेजमा बोलाएर उनीहरुको कामको प्रशंसा गरियो ।

बजार अचम्मको छ । श्रम गर्न आएर राजनितिक गर्नेहरु पनि कम छैनन् तर कम्युनिटिलाई दिने उदेश्यले संगठित भएको डिएनआईजीमा राजनितिक प्रभाव नपरोस । नेपालीको हितका लागि नेटवर्कको काम गरोस । अझ भन्नुपर्दा हिजो भएभन्दा राम्रा कार्यक्रमहरु गर्दै जावस । आफ्नो स्वार्थ भन्दा पनि सामाजिक स्वार्थले अघि बढोस शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.