सहकारी प्रणालीमा विश्वास र समृद्धि बढाउँदै इटहरीको किसान कल्याण
प्रकाश बन्जरा विदामा घर पुगेको बेला घुम्दै घुम्दै इटहरी बालग्राम चोक पश्चिममा कार्यालय भएको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था पुगेँ । संस्थाको सदस्य पनि भएको हुनाले संस्थाको गतिविधिमा चासो राख्नु मेरो कर्तव्य जस्तै लाग्छ । उदेश्य भनेको संस्थाका अध्यक्षलाई भेटेर संस्थाको अवस्थाको बारेमा जानकारी लिने थियो । प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतसँग छोटो कुराकानी भयो । संस्थाको प्रगती, हाल भइरहेको सहकारी समस्या र कारोबारको बारेमा चासो राखेँ बस्नेतले संस्थाको अबस्था सरसर्ती सुनाए । सहकारी शव्द नै बदनाम भएको बेला उत्कृष्ट अवस्था त हाम्रो पनि छैन तर संस्था राम्रो चलेको छ । तरलताका प्रशस्त मात्रामा छ सदस्यले चाहेको बेला…
