४२ औ बिपी स्मृती को अवसरमा झुम्कामा रत्तदान, १२५ पिन्ट रगत संकलन
झुम्का । आइतबार ४२ औ बिपी स्मृती को अवसरमा नेपाली काङ्ग्रेस रामधुनी नगर कार्य समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा १२५ पिन्ट रगत संकलन गरिएको छ । पछिल्लो समय ठुला अस्पतालमा रगतको अभाव बढ्दै जादा आम मानिसमा रगतको माग र आपूर्तिको सन्तुलन मिल्न नसकेका बेला एक जिम्मेवार राजनितिक दलका हैसियतले ४२ ओैँ विपी स्मृतिका अवसर परेर रक्तदानको आयोजना गरिएको नेपाली काङ्ग्रेस रामधुनी नगर सभापति सुदिप अधिकारीले बताए । कार्यक्रम सफल बनाउन सहयात्रा गर्ने संपूर्णलाई धन्यवाद दिदै अधिकारीले भने विभिन्न समयमा विभिन्न संस्थाको आयोजनाका रक्तदान कार्यक्रमको आयोजना हुने गरेतापनि हाम्रो वार्षिक कार्ययोजनामा विपी स्मृतिका आवसरमा अनिवार्य रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेका…
