४२ औ बिपी स्मृती को अवसरमा झुम्कामा रत्तदान, १२५ पिन्ट रगत संकलन

झुम्का । आइतबार ४२ औ बिपी स्मृती को अवसरमा नेपाली काङ्ग्रेस रामधुनी नगर कार्य समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा १२५ पिन्ट रगत संकलन गरिएको छ ।

पछिल्लो समय ठुला अस्पतालमा रगतको अभाव बढ्दै जादा आम मानिसमा रगतको माग र आपूर्तिको सन्तुलन मिल्न नसकेका बेला एक जिम्मेवार राजनितिक दलका हैसियतले ४२ ओैँ विपी स्मृतिका अवसर परेर रक्तदानको आयोजना गरिएको नेपाली काङ्ग्रेस रामधुनी नगर सभापति सुदिप अधिकारीले बताए ।

कार्यक्रम सफल बनाउन सहयात्रा गर्ने संपूर्णलाई धन्यवाद दिदै अधिकारीले भने विभिन्न समयमा विभिन्न संस्थाको आयोजनाका रक्तदान कार्यक्रमको आयोजना हुने गरेतापनि हाम्रो वार्षिक कार्ययोजनामा विपी स्मृतिका आवसरमा अनिवार्य रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेका छौं । सो कुराको मध्यनजर गर्दै ४२ औ बिपी स्मृतिको अवसर पारि नेपाली काङ्ग्रेस रामधुनी नगर कार्य समितिले श्रावण ६ गते नियमित गर्दै आएको रक्तदान कार्यक्रमलाई यो पटक पनि निरन्तरता दिदै १२५ पिन्ट रगत सन्कलन गरिएको हो ।

कसैको एक युनिट रगतले कम्तीमा तीन जना व्यक्तिको ज्यान बच्न सक्ने भएकाले पनि हरेक स्वस्थ व्यक्तिले रक्तदान गर्नु उचित हुोमा जोड दिइएको थियो । रगतलाई अरु हिसाबबाट बनाउन नसकिने हुँदा यसको रत्तदानको अर्को विकल्प नभएको सहभागिहरुले बताए ।

पछिल्लो समय रगतको अभाव बढ्दै गएको र दैनिक रूपमा नजिकका अस्पतालमा रगत खोज्ने बिरामीका आफन्तको संख्या बढ्दो छ। जसले गर्दा आम मानिसमा रगतको माग र आपूर्तिको सन्तुलन मिल्न नसकेकेको कारणलाई मध्यनजर गर्दै ४२ औ बिपी स्मृतिको अवसर पारि नेपाली काङ्ग्रेस रामधुनीले श्रावण ६ गते नियमित गर्दै आएको रक्तदान कार्यक्रमलाई यो पटक पनि निरन्तरता दिदै १२५ प्रिण्ट रगत सन्कलन गरेर सुनसरी रेडक्रस लाई बुझाएको बताएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेस केन्द्रिय सदस्य राजीव कोइराला, विशिष्ट अतिथि नेपाली काँग्रेस जिल्ला सभापति केदार भण्डारी, संघिय पुर्व मन्त्री सिताराम मेहता, नेकपा एमाले जिल्ला सचिव राम कोइराला , अतिथी हरु जिल्ला पदाधिकारीहरु, नेपाल महिला सङ्घ जिल्ला सभापति बिजया कटुवाल, नेपाल तरुण दल केन्द्रीय सदस्य बिशाल जङ्ग्ध्वज कटुवाल , नेविसङ्घ जिल्ला सभापति प्रमोद भट्टराई, नेकपा माओवादी नगर अध्यक्ष बलराम चौलागाई, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति डिल्लीराम गुरागाईं, रामधुनी नगर कार्य समितिका पदाधिकारी, वडा सभापति लगायत पदाधिकारी , भातृसंस्था, शुभेच्छुक संस्थाका सभापति लगायत पदाधिकारी, पत्रकार, कार्यक्रमलाई प्राविधिक सहयोग जिल्ला रेडक्रस शाखाको थियो भने कार्यक्रमा आवश्यक सहयोगीको रुपमा महेश कुमार चौधरी, लेखनाथ बास्तोला (भोला), शिव शंकर राजधामी, कालु राम चौधरी, नविन चौधरी, भरत कार्की, जितेन्द्र नायक, लक्ष्मी खड्का, दुर्गेश विश्वकर्मा, उत्सव ट्रेडर्सका नारायण श्रेष्ठ, डियर जिन्दगी क्याफे, थारु महिला उत्थान, राम्रो जलपानका प्रोप्राइटर शंकर साह, लगायतको सहयात्रा रहेको  नेपाली काँग्रेसले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.