झुम्का । नेकपा माओवादी केन्द्र रामधुनी नगरकमीटीले विशेष रुपान्तरण अभियानको समापनको अवसरमा सुनसरीको रामधुनिमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको समापनको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । पोस्ट बहादुर वोगटि स्मृति प्रतिष्ठान र रामधुनी नगर कमिटीको आयोजनामा उक्त शिविर गरीएको नेकपा माओवादी केन्द्र रामधुनीका अध्यक्ष बलाराम चौलागाईले बताए ।
शिविरमा फिजिसियन, स्त्रीरोग, बाल रोग,नाक कान घाटी रोगका विशेषज्ञ डाक्टरहरुले सेवा दिएका थिए । विरामीहरुलाई भिडियो एक्सरे तथा ल्याबको सेवा समेत निशुल्क उपलब्ध गराइएको थियो । औषधि समेत निःशुल्क वितरण गरिएको जनाइएको छ ।
रामधुनी नगरपालिका वडा नम्बर ३ को सहयोगमा भएको शिविरमा फिजिसियन सेवा, स्त्री रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा, आँखा रोग विशेषज्ञ सेवा साथै नाक कान र घाँटी रोग विशेषज्ञ सेवासमेत उपलव्ध थियो ।
विराट टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा भएको शिविरमा निशुल्क एक्सरे, भिडियो एक्सरे हुनुका साथै ल्याव र इसिजी युएस जि समेत गरिएको थियो ।
उक्त अभियानमा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका कोशी प्रदेशका पूर्व मन्त्री जीवन आचार्य खटिएका थिए । अभियानको समापन गरिएको माओवादी केन्द्र रामधुनी नगर कमिटीले जनाएको छ ।