झुम्का । बिहिबार झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा नेपाली काङ्ग्रेस रामधुनी नगर सभापति सुदिप अधिकारीले सिंहदरबारको अधिकार स्थानिय सरकारमा भन्ने मुल नारा को अनुभुति रामधुनी नगरवासीले गर्न नपाएको बताएका छन ।
विजया दशमी, शुभ दिपावली, छैठ, उधौली उभौली पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम मेयर उपस्थित नदेखेपछि अधिकारीले मेयर चौधरीको खोजि गरेका थिए ।
सभापति अधिकारीले नेकपा एमालेका स्थायी कमिटि सदस्य भिम आचार्य, केन्द्रीय सदस्य मञ्जु भण्डारी, नगर अध्यक्ष योगेन्द्र खड्का सहित अन्य पार्टीका पदाधिकारीलाई समय लिदै गाविस कै २ कार्यकाल चलाएको अनुभवी ब्यक्ति उमेरका हिसाबले समेत परिपक्व ब्यक्ति रहेका मेयर को फितलो जन प्रतिनिधित्व देखिएको भन्दै अनेक बाहानामा नगरभन्दा बाहिरै समय ब्यतित गर्न रुचाउने आम नागरिकका समस्या मा अनुपस्थित हुने, नगरको सम्बृद्धिको कुरामा जोड नदिने, गौरवको योजना को बहानामा बजेट सबै मेयर आफैले राखि काम गर्ने गरेको आरोप लाएका छन् ।
७९ को निर्वाचनमा मेयर चौधरीको मुख्य प्रतिद्वन्दी समेत रहेका अधिकारीले नगर प्रमुख चौधरीलाई भेट्न साउन देखि समय मागेको भएतापनि अहिले सम्म समय नदिएको बताए ।
जनताको गुनासो वड्न थालेपछि अधिकारीले भने “४ महिना देखि म जत्तिको मान्छेले मेयरलाई भेट्न खोज्दा त भेट्न सकेको छुइन भने पाञ्चायन र डुम्राहाका सामान्य नागरिकले कहिले भेट्न पाउँछन् कि छोरा समानको मान्छेलाई के समय दिनु” भनेर हो भन्दै प्रश्न गरेका थिए ।
अधिकारीले आफू सामाजिक संजालमा विरोधका लागि विरोध नगर्ने र समाधान सहित आएकाले पार्टीले मेयर संग भेट गर्ने वातावरण मिलाइदिन पनिआग्राह गरे । यता काङ्ग्रेस सभापति अधिकारीले बोलिसकेपछि आइपुगेका मेयर चौधरीले कार्यक्रमको अन्त्यमा बोल्दै आफ्ना बारेमा प्रश्न उठेको थाहा पाएपनि शुभकामना आदान प्रदान गर्ने कार्यक्रम भएकाले त्यस प्रश्नको उत्तर नदिने बताएका थिए ।