झुम्का । नेकपा एमाले रामधुनी नगर कमिटीले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालीहरुको महान चार्ड विजया दशमी, शुभ दिपावली, छैठ,, उधौली उभौली पर्वको अवसरमा आफ्नो पर्टिका सदस्य शुभचिन्तक तथा अन्य पार्टीका पदाधिकारी सहितको उपस्थितिमा झुम्काको कल्प वृक्ष पाटि प्यालेसमा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।
नेकपा एमाले रामधुनी नगर कमिटिले बिहिवार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टीका स्थायी कमिटी सदस्य तथा सुनसरी क्षेत्र नम्बर २ का संघीय सांसद भिम आचार्य सहित पार्टीका तल्लो तहका नेता कार्यकर्ताको उपस्थिति हुँदै गर्दा रामधुनी कार्यपालिकामा बहुमत सदस्य नेकपा एमालेको रहेपनि सन्तोष जनक उपस्थिति नरहेको नेताहरुले ओैल्याएका थिए ।
कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य विजय राईले नेपालमा धेरै जातजातिको बसोवास रहेकाले सबै जातिको धर्म संस्कृतिलाई सम्मान गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि भिम आचार्यले शुभकामना बाहेकका अन्य राजनीतिक कुरा गर्न नचाहेपनि, केन्द्रीय सदस्य तथा रामधुनी नगर इन्चार्ज मञ्जु भण्डारी भने एमालेले गरेका कामको प्रचार गर्न नसक्दा एमाले दोस्रो पाटि हुन पुगेको बताइन ।
नेकपा एमाले आगामी २०८४ सालको निर्वाचनमा पहिलो पार्टी हुने उनको दावि थियो । कार्यकर्ताले जनताका घर घरमा गएर एमालेले गरेका कामका बारेका जनतालाई बुझाउन र जनता संग नजिक भएर अगि बढ्नुपर्ने नीति लिएको सदस्य भण्डारीले बताइन ।
कार्यक्रममा सुनसरी जिल्ला कमिटि उपसचिव राम कोइराला, रामधुनी नगर प्रमुख शंकरलाल चौधरी सहित अन्य प्रतिनिधिहरु , नगर कमिटी अध्यक्ष योगेन्द्र खड्का, नगर इन्चार्ज रुद्र बस्नेत, सह इन्चार्ज गोविन्द विष्ट, नेपाली काङ्ग्रेस रामधुनी नगर सभापति सुदिप अधिकारी, नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटि सचिव रमेश खत्री तथा अन्य भातृ संगठनका सदस्य तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।