नगरपालिकाले सुचना नदिएपछि पालिकाका ६ राजनितिक दल एकठाउँ

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले सुचनाको हक कुण्ठित गरेको भन्दै पालिकाका विभिन्न ६ ओटा राजनीतिक दल एक ठाउँ भएका छन् ।

नेकपा माओवादी केन्द्रले नगरपालिकासँग सुचना माग गरेको दुई हप्तामा समेत सुचना नपाएपछि नेकपा माओवादी केन्द्रले सुचना अधिकारीलाई कारबाहिको माग सहित ज्ञापन पत्र बुझाएको भोली पटक ६ राजनितिक दलले सयुक्त विज्ञप्ती जारी गर्दै नगरपालिकाको कदमको विरोध गरेका हुन ।

नगरपालिकाविरुद्ध नेपाली कांग्रेस रामधुनी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र झुम्का उद्योग वाणिज्य संघले सोमबार संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

राजनितिक दलसँग झुम्का उद्योग वाणिज्य संघ समेत उभिएको छ । उद्योग वाणिज्य संघ, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काँग्रेसले विभिन्न रचनात्मक तथा सिर्जनात्मक सुझावहरु दिदैँ आए पनि उपेक्षा गरेको तथा माओवादीले मागेको सूचना नदिएर नगरपालिकाले नेपालको संविधान २०७२ तथा सूचनाको हक सम्बन्धि ऐन २०६४ को विरुद्धमा नागरिकको संविधानप्रदत्त अधिकार कुंठित गरेको बताएका छन् ।

सार्वजनिक महत्वको सूचनासमेत वदनियतपूर्ण ढंगले लुकाउने प्रवृत्तिले नगरपालिका भ्रष्टचार र अनियमिततामा चुर्लुम्म डुवेको भान भएको उनीहरुको भनाई छ । नगरपालिका तत्काल सच्चिएर अगाडि नबढे निर्मम ढंगले अगाडि बढ्न राजनीतिक दलहरु तयार रहेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।


माओवादीले विभिन्न सार्वजनिक सरोकारका बिषयमा सूचनाको हक अन्तर्गत गत चैत्र २७ गते विभिन्न प्रश्नहरुको १५ दिनभित्र लिखित सूचना दिन माग गर्दै नगरपालिकामा निवेदन दिएको थियो । तोकिएको समयमा सूचना नपाएपछि पुनः आइतबार ९१६ गते० दोस्रोपटक सात दिनको समय दिएर सुचना माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.