रामधुनीमा राजनितिक दाउपेच, २ महिनामा पनि सुचना नपाएपछि शंकाको घेरामा नगर नेतृत्व,नेकपा एमाले नगरकाे बचाउमा

झुम्का । रामधुनी नगरपालिकामा ६ राजनैतिक दल तथा उद्योग वाणिज्य सङ्घले सुचना माग गरेको दुई महिना बितिसक्दा समेत सूचना नपाएपछि अनियमितता ढाकछोप गर्न सुचना नदिएको आरोप मेयर चौधरीमाथि लाग्न थालेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नेपालको संविधानको धारा २७ बमोजिम निवेदन दिएका उनीहरू मेयर शङ्करलाल चौधरीले अनियमितता ढाकछोप गर्न सूचना लुकाएको आरोप लगाउँछन

नगरमा सबैभन्दा पहिला नेकपा माओवादीले नगरको बिविध विषयको कामकारवाहीबारे जानकारी माग्दे निवेदन दिएको थियो । २०८० चैत २७ गते दर्ता नम्बर २७३९ भएको निवेदनको विषयमा कुनै पनि जानकारी नआएको निवेदकहरूको दावी छ । सूचना उपलब्ध नभएपछि सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ९ को उपदफा ३ बमोजिम कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

नेकपा माओवादीले सुचना माग गरेको समय सिमाभित्र सुचना नदिएपछि नगरपालिकाले सुचना नदिएको खवर सार्वजनिक भएको थियो । पछि नेकपा एमालेबाहेकका राजनितिक दलले समेत साथ दिएपछि सुचना दिन नगरपालिकाले बाध्य भएको थियो । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एस, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति पार्टी लगायत झुम्का उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका थिए ।

ढिला गरी उपलव्ध गराइएको सुचना सहि नभएको राजनितिक दलहरुको आरोप छ । कतिपयले राजनितिक दलसँगै जोडिएर उद्योग वाणिज्य संघ आएको भन्दै टिप्पणी समेत गरेका थिए ।

सूचना माग गरिएको निवेदनमा नगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ मा आर्थिक सहयोग लिने व्यक्ति तथा संस्थाको नामावली सहितको विवरण माग गरेका थिए ।नगरपालिकाले प्रविधि अधिकृतको नतिजा प्रकाशन नगरेको विषयमा प्रश्न उठाएका उनीहरूले विभिन्न विद्यालयमा शिक्षक नियुक्तिको परीक्षा स्थगित हुनुको कारण माग गरेका थिए । ढिला गरी नगरपालिकाले सुचना प्रविधि अधिकृत नियुक्ति गरिसकेको छ भने रामधुनी नगरपालिकामा सङ्घीय सरकारबाट स्वीकृत दरबन्दी र स्थायी, अस्थायी, करार र ज्यालादारी कर्मचारीको विवरण उपलब्ध गराउनु पर्ने उनीहरूको निवेदन छ ।

लोकसेवा आयोगबाट कुन कुन पदका लागि कर्मचारी माग गरिएको भन्नेबारे प्रस्ट पार्न निवेदन दिएका हुन् । नगरपालिकाले ऐन विपरीत कर्मचारी भर्ती गरेको भन्दै उनीहरू उनीहरूले अनियमितताको आशङ्का गरेका छन् ।
यता शिक्षा अधिकृत राजन गेलालले शिक्षक सरुवा बढुवा लगायतका विषयमा घुस लिनेगरेको आरोप समेत लागेको थियो ।

यसअघि नेपाली काँग्रेस नगर सभापति सुदीप अधिकारीले एक कार्यक्रममा बोल्दै बिबिध जनसवालका बिषयमा कुरा राख्न आफुले नगरप्रमुखसँग समय माग्दा समय नपाएको असन्तुष्टि पोखेका थिए । प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गरिरहेको नेपाली कांग्रेसले पनि नगरपालिकाले सुचना माग्दा समयमा नदिएकोमा अन्य दलसँगै आपत्ती जनाउँदै सयुक्त विज्ञप्तीमा सहभागि भएको थियो ।

यता रामधुनी नगरको सञ समालेको नेकपा एमालेले भने आफ्ना जनप्रतिनिधिको बचाउन गर्दै नगरले सुचना दिन कन्जुस्याई नगरेको दावीगरेको छ । पाटीका नगर अध्यक्ष योगेन्द्र खड्का र सचवि नवराज खड्काले सोमबार ले एक विज्ञप्ती जारी गर्दै सामेबार बिभिन्न पार्टीहरुले नगरको बदनाम गर्न सुचना लुकाएको दार्वी गरीरहेको बताएका छन् ।
पालिकाले सार्वजनिक सुनुवाई , पत्रकार सम्मेलन आदीका माध्यमबाट सुचना दिइरहेको दावी गर्दै नेकपा एमाले रामधुनी नगरकमिटीले जनताको हितका कार्यसम्पादनमा बिचलित नभई लाग्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.