समाजवादी मोर्चा नेपाल रामधुनी नगर संयोजकमा नन्दु सि

झुम्का । समाजवादी मोर्चा नेपाल रामधुनीको नगर संयोजन समितिमा नन्दु सि चयन भएका छन् ।

गत शनिवार रामधुनीमा भएको समाजवादी मोर्चा नेपाल रामधुनी घोषणा सभाले सिलाई संयोजन समितिको संयोजकको जिम्मेवारी दिएको हो ।

नेकपा एकिकृत समाजवादी, नेकपा , नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको सयुक्त मोर्चाको रुपमा समाजवादी मोर्चा घोषणा भएको हो । सोहि मोर्चाको नगर स्तरिय समितिमा रामधुनी नगरका लागि नन्दु सि चयन भएका हुन । सिंह सहित नेपाल कम्युनिष्ट पार्टीबाट सोमावती सि  समेत समितिमा चयन भएकी छन् ।

यस्तै नेकपा एकिकृत समाजवादीबाट युवराज कटवाल र रोशन खड्का, नेकपा माओवादीबाट बलाराम चौलागाई र रमेश खत्री, जनता समाजवादीबाट अच्युत तिम्सिना र लिलिकुमारी चौधरी चयन भएका हुन ।

नेकपाका पोलिटव्युरो सदस्य सुमन सि को प्रमुख आतिथ्यतामा भएको घोषणा सभामा नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य धर्मराज निरौला, नेकपा एसकै जिल्ला अध्यक्ष गोविन्द निरौला, नेकपा एस प्रदेश कमिटी सदस्य श्याम नारायण राजधामि, नेकपा माओवादीका नगर इन्चार्ज दिनेश चौधरी, सह इन्चार्ज रुपेश साह तथा डिवी सिंह लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.