गाउँपालिकाका प्रशासकिय अधिकृतलाई मासिक १ लाख ३० हजार भाडामा स्कारपियो, अफजल हुसेनद्धारा ५ हजार समर्थक सहित विरोध

पर्शा । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश प्रसाद रौनियारको लागि मासिक एक लाख ३० हजार भाडा तिर्नेगरी स्कारपियो भाडामा लिएपछि व्यापक विरोध भएको छ ।

गत स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धी बनेका सखुवा प्रसौनी वडा नम्बर ३ का अफजल हुसेनले पालिकाका जनताको करबाट उठेको पैसा दुरुपयोग भएको भन्दै विरोध जनाएका छन् । हुसेनले ५ हजार भन्दा बढीको समर्थनमा गाउँपालिकाको कार्यलयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

आफुले पालिकाको एक घर एक जनाको हस्ताक्ष्रर गराएर १००० हस्ताक्षर सहित हालै प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएको हुसेनले बेष्ट सन्चारलाई बताए ।

पालिकाले प्रमुख प्रशासकिय अधिकृतको लागि भाडामा लिएको स्कारपियो तत्काल फिर्ता गर्न हुसेनको माग छ ।

उनले गाउँपालिकाले विद्यालयमा समयमा पुस्तक पुर्याउन नसकेको साथै स्वास्थ्य चौकीहरु समेत औषधि विहिन रहेको बेला पालिकाले मासिक १ लाख ३० हजार भाडा तिर्नेगरी स्कारपियो भाडामा लिनु हास्यास्पद भएको टिप्पणी बेष्ट सञ्चारसँग गरेका छन् ।

मनपरी ढंगबाट पालिकाको बजेट सक्न लागेको गाउँपालिका प्रशासनले भाडाको लागि भनेर लिएको स्कारपियो ३० दिनभित्र फिर्ता गर्न हुसेनको अल्टिमेटम छ ।

गाउँपलिकाका जनताको करबाट लिइएको स्कारपियो ३० दिनभित्र फिर्ता भएन भने पालिकाबासि जनता कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ ज्ञापन पत्रमा भनिएको छ ।
२०८१ बैसाख २१ गते पालिकामा दर्ता भएको ज्ञापन पत्र पाकिला अध्यक्षलाई पेश गर्न तोक लगाइएको छ ।     ज्ञापनपत्र जिल्ला प्रशासन कार्यलय पर्शालाई बोधार्थ दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.