शाखा अधिकृत विशेष लोक सेवा सामाग्री -आर्थिक कार्यप्रणाली भन्नाले के बुझिन्छ ?

शाखा अधिकृत विशेष लोक सेवा सामाग्री -आर्थिक कार्यप्रणाली भन्नाले के बुझिन्छ ?

आर्थिक कार्यप्रणाली भन्नाले के बुझिन्छ ? सरकारी आर्थीक कार्यप्रणाली माथि प्रष्ट पार्नुहोस्। के कस्ता रकमहरु संघीय संचित कोपमाथि व्ययभार हुन्छ  (2+3+5) दिपकराज बन्जरा आर्थिक कार्यप्रणाली आर्थिक कार्यप्रणाली भन्नाले आर्थिक कारोबारको व्यवस्थापनसम्बन्धी सिलसिलेवार कार्यप्रकृयालाई बुझिन्छ। यो कुनैपनि संगठनको आय(व्ययको जानकारीमुलक अभिलेखांकन हो कुनैपनि संगठनको आय को स्रोत पहिचान गर्ने, सो सम्बन्धी कार्ययोजना बनाउने, आयको यथोचित संकलन गर्ने ,आय र व्ययको वैज्ञानिक प्रक्षेपण गर्ने तथा कानुनसम्मत बाँडफाँड गर्ने, समयबद्ध तरिकाले खर्च गर्ने, खर्चको व्यवस्थित अभिलेख राख्ने, समयमै प्रतिवेदन गर्ने, प्रभावकारी लेखापरीक्षण गर्ने,बेरुजु फर्छ्यौट गर्ने तथा समग्र वित्तीय अनुशासनको पालना गर्ने कार्य नै वास्तवमा आर्थिक कार्य प्रणाली हो। यो संगठनलाई चलायमान बनाउने एउटा…
Read More
फिर्ने होइन त गाउँ !

फिर्ने होइन त गाउँ !

प्रकाश बन्जरा । हाम्रो समाजको इतिहासमा गाउँको विशेष स्थान रहेको छ। हाम्रो जरा, संस्कृति र परम्परा गाउँसँग जोडिएका छन्। एक समयमा गाउँका प्रत्येक घरमा अन्न बाली, साग सब्जी, फलफूल सबै स्थानीय रुपमा उत्पादन हुने गर्थे। यसका साथै, गाउँलाई एक सुन्दर र हर्षित स्थलको रूपमा हेरिन्छ, जहाँ खेतीपाती र प्राकृतिक संसाधनको भरपूर उपयोग गरिन्थ्यो। तर, अहिले गाउँ सुनसान भएका छन् । फलस्वरुप जमिन रुखो भएका छन् भने जनसख्यामा आएको गिरावटले जंगली जवानवर वादरहरु गाउँसम्म फैलिएका छन् । यसका पछाडि धेरै कारणहरू छन्, जसमध्ये प्रमुख कारण रोजगारको अभाव र सेवा सुविधाको अभाव हो। गाउँमा रोजगार सिर्जना गर्न स्थानीय सरकारमात्रै होइन केन्द्रिय सरकारसम्मको…
Read More
घर छोड्ने रात

घर छोड्ने रात

प्रकाश बन्जरा । परदेश जानु पर्ने बाध्यताको सामना गर्दा, घरको माया र आफ्नो कर्तव्य बीचको द्वन्द्वले मनलाई हलचलमा पार्यो। एक महिनाको छुट्टि, कति चाँडै बित्यो, थाहा पनि पाइएन। समयले मलाई धेरै थकाएको थियो कि कामको भार पनि त्यतिकै थियो। प्रायः कामहरू भोली गरौँला भन्दै स्थगित भइरहेका थिए, जसका कारण अन्तिम दिनमा थुप्रै काम बाँकी रहिरहेका थिए त्यो मेरो मात्रै नभएर अरुको पनि यस्तै नियति होला भन्ने मलाई लाग्छ त्यसैले पनि अन्तिम दिन भने निकै व्यस्त बित्यो। कम्पनीको नवीकरणको कामका लागि र मामा मनोरथ फुयाल र डिल्लीराम भण्डारी सरसँग सम्पर्क गर्न इटहरी जानु परेको थियो। नविन ओझा सरसँग रमाइलो भेटघाट पनि…
Read More
विदेश कहिले जाने, पढाई सकियो ?

विदेश कहिले जाने, पढाई सकियो ?

प्रकाश बन्जरा । युएई । पढाई किताबी ज्ञान हो । अध्ययन , अनुभव, सिप र कुनै पनि बिषयमा पोख्त भएपछि व्यक्ति विस्तारै परिपक्क हुँदै जान्छ । अनुभव र सिप भन्दा पहिलो खुड्किलो भनेको एकेडेमिक ज्ञान अर्थात डिग्री हो । डिग्री विना पनि अनुभवको आधारमा कतिपयले उपल्लो खुड्किलो चढेको देखिन्छ तर उनीहरु कुनै न कुनै हिसाबमा आफुसँग गुनासो गरिरहन्छन् जुन पढाई अर्थात एकेडेमिक क्षमता नभएको गुनासो जिन्दगी भरी मेटिन गाह्रो हुन्छ । तर कम्वाइनेसन दुवै कुराको हुन जरुरी छ न त युनिभर्सिटी डिग्रीले मात्रै केहि हुन्छ न त पढाई विनाको अनुभव र सीपले कुनै ठाउँमा टिकाइराख्न अथवा भर्यागं चढ्न दिन्छ त्यसो…
Read More

गजल

               प्रकाश बन्जरा विहानी तिमी गयौ अनि गजल आयो बिर्सन खोजेँ याद पलपल आयो एउटाको याद्ले यति पिर्छ था "भो गाउँ गएँ भन्दै थिए पागल आयो जति बेला तिमी आयौ आखाँमा उसै मस्तिक्समा खलबल आयो मन बेचैन छ शरिर थाकेको छ जाने छाडी गयौ सारा हलचल आयो माया चिल हुनुपर्छ तिमी आगो भयौ सम्झ त्यो आगोले कति मन जलायो एउटा कुरा ख्याल गर जिन्दगीमा बर्षौँ पछि नभन्नु "तिम्रो तलतल आयो"    
Read More
म-मरेको-दिन – कविता

म-मरेको-दिन – कविता

कविता म मरेको दिन भन्न सक्दिन म आज हो की भोलि तिम्रो हो या मेरो स्थिर हुनेछ काठको मुडो झै न त चलमलाउने छ जसको तस न त श्वासको नै प्रकृया जनाउनेछ छ कुनै प्राणी झै।   स्तब्ध हुने छ सबै खबर अनि सोच फुल्ने छ श्वास त्यस्तै जल्ने छ छाती उस्तै चित्कार फुट्ने छ चट्टान सरी दब्ने छ बोली हरपहर छट्पटाहट उस्तै हुनेछ एक जिउँदो लास झै।   भन्ने छन्न कतिले लाचार हुदै कस्तो कलकलाउँदो उमेर लोभ्याउने यौवन कठ्ठै! बुढेसकाल उस्तै माता र पिता कस्तो भयो होला त्यो मन विचारा दैवको लीला कस्तो पापी होला।   भन्ने छन् कतिले…
Read More
मधेस बनाउन सक्ने एउटा ‘इन्जिनियर’ को विकास योजना

मधेस बनाउन सक्ने एउटा ‘इन्जिनियर’ को विकास योजना

प्रकाश बन्जारा । मधेश नबन्नमा एउटै कमजोरी हो । क्षमता नभएको नेता । विकेन्द्रिकृत विकासको सिद्धान्त आइसकेपछि आफ्नो ठाउँको विकास आफैँ गर्न सक्ने गरीको संघीयता हामी सामु छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख वडा कार्यलय र पालिका हरुले पाएका छन् तर नेतृत्व असक्षम हुँदा अपेक्षाकृत विकास मधेसले पाएको छैन । समतल भुभाग, चारैतिर पारिलो घाम लाग्ने खेत, सिंचाईमा सामान्य नहर भए पुग्ने मधेश विकासको पर्दा पछाडी पर्नु आफैँमा ठुलो अभिशाप हो । मधेश बनाउने नाममा कुर्यौँ पटक भत्काइरहने हरुले जहिल्यै त्यहाँका सोझा सिधा जनतालाई झुक्याइरहन पाएका छन् । जनताको जीवनस्तर नउक्नेपछि जनता शिक्षाको हिसावले पछि परेपछि तिनै नेताहरु हालीमुहाली मा…
Read More
के हो दादुरा रोग, कसरी सर्छ र यसको उपचार कसरी सम्भव छ ?

के हो दादुरा रोग, कसरी सर्छ र यसको उपचार कसरी सम्भव छ ?

श्रष्टा आचार्य दादुरा अति छिटो सर्ने संक्रामक रोग हो । जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुवेला पनि भाइरस हो रुवेलाको कारणबाट दादुरा जस्तै देखिने संक्रामक रोग लाग्दछ । यो स्वास प्रश्वासको माध्यमबाट सर्ने गर्छ । सन् २००४ मा नेपालमा दादुराको निकै ठुलो प्रकोप देखिएको थियो त्यो बेला झण्डै १२ हजार मानिस संक्रमित भएका थिए । तर त्यसयताका बर्षहरुमा भने निश्चित स्थानहरुमा अनियमित रुपमा दादुराबाट संक्रमित भएका व्यक्तिहरु फेला पर्ने गरेका छन् । हाल देखिएको प्रकोप भने विगतका वर्षहरुको तुलनामा असाधारण रुपमा उच्च रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप प्रभावित जिल्लाहरुमा हालसम्म कुल दुई लाख १५ हजार ५४ जनालाई…
Read More
धर्मकै कारण अंगदानमा संक्रिण भाव, “मैले त अंगदान गरिसकेका अव तपाईको पाली”

धर्मकै कारण अंगदानमा संक्रिण भाव, “मैले त अंगदान गरिसकेका अव तपाईको पाली”

समिक्षा कार्की । "शत समाहर सहस्रहस्त संकिर" सय हातले कमाउ र हजार हातले दान गर , मनिक एक सर्वश्रेष्ठ प्राणी हुनुमा सर्वोच्च सोच, शक्ति हुनुको भुमिका छ त्यस्तीनै उदार मन र भावना हुनुको छ । जव एक व्यक्तिमा त्याग र दया जस्या जस्ता मुल्य हरु हुन्छन् तव मात्रै उ एक मानव बन्छ । भिक्षा दान, श्रमदान, रक्तदान आदी जस्तै अंगदान पनि मानवीय समर्पणको एक सुन्दर उदाहरण हो जहाँ एक मानवले आफु जिवित हुँदा अथवा आफ्नो मृत्यु पश्चात अन्य व्यक्तिलाई अपरिहार्य पर्ने अंगहरु दान स्वरुप स्वच्छिक रुपमा प्रदान गर्दछ । अंगदान अन्तर्गत आँखा, मृगौला, मुटु कलेजो जस्ता सम्पुर्ण अनुसन्धान गर्न लायक…
Read More
असल शिक्षाबाट यसरी समृद्ध बन्न सकिन्छ

असल शिक्षाबाट यसरी समृद्ध बन्न सकिन्छ

नरेश कोइराला शिक्षा मानिस लाई बाटो देखाउने एउटा मार्ग हो। शिक्षा ग्रहण गर्नका लागि कुनै उमेर, जात, धर्म , लिङ्ग आदिले रोक्दैन। मानिस ले जन्मेको दिन देखि मृत्युको मुख सम्ममा पनि शिक्षा लिइरहेको हन्छ। पूर्ण रूपमा कसैले पनि शिक्षा हासिल गरेर सक्दैन। शिक्षा लिने क्रम निरन्तर रुपमा चलिरहन्छ। यदि शिक्षा नभएको भए यों संसार अन्धकारमा रहिरहन्थो होला । विद्यालय को शिक्षा हाम्रो जीवनमा अति महत्त्व पूर्ण मानिन्छ । त्यस कारण हरेक शिक्षा प्रणालीलाई प्राथमिक शिक्षा, माध्यमिक शिक्षा र उच्च माध्यमिक शिक्षा को स्तरमा विभाजन गरिएको छ। यी शिक्षाका सबै स्तर हरुले आफ्नै छुट्टै महत्व र स्थान ओगटेका हुन्छन् । हामीहरू…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.