के हो दादुरा रोग, कसरी सर्छ र यसको उपचार कसरी सम्भव छ ?

श्रष्टा आचार्य
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो । जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुवेला पनि भाइरस हो रुवेलाको कारणबाट दादुरा जस्तै देखिने संक्रामक रोग लाग्दछ । यो स्वास प्रश्वासको माध्यमबाट सर्ने गर्छ ।

सन् २००४ मा नेपालमा दादुराको निकै ठुलो प्रकोप देखिएको थियो त्यो बेला झण्डै १२ हजार मानिस संक्रमित भएका थिए ।
तर त्यसयताका बर्षहरुमा भने निश्चित स्थानहरुमा अनियमित रुपमा दादुराबाट संक्रमित भएका व्यक्तिहरु फेला पर्ने गरेका छन् ।
हाल देखिएको प्रकोप भने विगतका वर्षहरुको तुलनामा असाधारण रुपमा उच्च रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप प्रभावित जिल्लाहरुमा हालसम्म कुल दुई लाख १५ हजार ५४ जनालाई दादुराको खोप लगाईएको छ ।
दादुराले शरीरको बाहिरी छाला र भित्रीपत्रहरुमा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख, घाँटीमा रहेको हुन्छ । दादुराका भाइरसले दादुरा लागेको बेला शरिरको रोग प्रतिरोधात्मक क्षमतालाइृ हप्तौसम्म क्षति पुर्याइदिन्छ ।

यो रोग कुनै पनि उमेरका मानिसलाई र विशेष गरी ५ बर्ष मुनिका बालबालिकामा धेरै लाग्छ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । यसले गर्दा बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरु हुनुका साथै मृत्यु समेत हुन सक्छ । बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो ।

दादुराका प्रमुख लक्षणहरु

क, ज्वरो आउनु र शरीरमा राता बिमिरा देखा पर्नु
ख, रुघा खोकीको लक्षण चिन्हरु नकबाट पानी बग्ने, खोकी लाग्ने , आखा रातो हुने, आखा पाक्ने आदी
ग, रोगीको सम्पर्कमा आएको १० देखि १३ दिन पछि मात्र दादुराको लक्षण ज्वरो देखा पर्दछ भने १२ देखि १३ दिन पछि रुवेलाको लक्षण देखिने गर्दछ
दादुरा रुवेला रोग लागेमा जटिलताहरु

दादुराबाट हुने जटिलता ः आँखाको अन्धोपन, पखाला लाग्ने, कानको संक्रमण, निमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण
रुवेलाबाट हुने जटिलता ः हाडजोर्नी सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन हुने वा मृत शिशु जन्मने, जन्मँदै हुने विकलागं अन्धोपन, बहिरोपना मुटु र मस्तिष्कमा विकृति आदी रगत जम्ने क्षमतामा कमि रक्तश्राव आदि ।

यस्ता जटिलताको कारण मृत्यु समेत हुन सक्छ । याद राखौँ दादुरा रोग कोभिड १९ भन्दा पनि तिव्र गतिमा फैलन्छ । साथै यसको मृत्यु दर समेत उच्च रहेको छ । १ जना दादुरा संक्रमित ले १८ जना सम्मलाई रोग सार्न सक्छ ।

दादुरा र रुवेलाबाट बच्ने एकमात्र उपाय भनेको यस विरुद्धको खोप नै हो । दादुरा रुवेला लागे पछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन सकिन्छ । जसको लागि बिरामीलाई अलग्गै राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताको उपचार गर्नुपर्दछ । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रुपमा खुवाउनु पर्दछ ।

(श्रष्टा रामधुनी ५ को नमुना सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन । विभिन्न खोजीका आधारमा श्रष्टाले यो आलेख तयार पारेकी हुन ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.