प्रकाश बन्जरा विहानी
तिमी गयौ अनि गजल आयो
बिर्सन खोजेँ याद पलपल आयो
एउटाको याद्ले यति पिर्छ था “भो
गाउँ गएँ भन्दै थिए पागल आयो
जति बेला तिमी आयौ आखाँमा
उसै मस्तिक्समा खलबल आयो
मन बेचैन छ शरिर थाकेको छ
जाने छाडी गयौ सारा हलचल आयो
माया चिल हुनुपर्छ तिमी आगो भयौ
सम्झ त्यो आगोले कति मन जलायो
एउटा कुरा ख्याल गर जिन्दगीमा
बर्षौँ पछि नभन्नु “तिम्रो तलतल आयो”