असल शिक्षाबाट यसरी समृद्ध बन्न सकिन्छ

नरेश कोइराला
शिक्षा मानिस लाई बाटो देखाउने एउटा मार्ग हो। शिक्षा ग्रहण गर्नका लागि कुनै उमेर, जात, धर्म , लिङ्ग आदिले रोक्दैन। मानिस ले जन्मेको दिन देखि मृत्युको मुख सम्ममा पनि शिक्षा लिइरहेको हन्छ। पूर्ण रूपमा कसैले पनि शिक्षा हासिल गरेर सक्दैन। शिक्षा लिने क्रम निरन्तर रुपमा चलिरहन्छ। यदि शिक्षा नभएको भए यों संसार अन्धकारमा रहिरहन्थो होला ।

विद्यालय को शिक्षा हाम्रो जीवनमा अति महत्त्व पूर्ण मानिन्छ । त्यस कारण हरेक शिक्षा प्रणालीलाई प्राथमिक शिक्षा, माध्यमिक शिक्षा र उच्च माध्यमिक शिक्षा को स्तरमा विभाजन गरिएको छ। यी शिक्षाका सबै स्तर हरुले आफ्नै छुट्टै महत्व र स्थान ओगटेका हुन्छन् ।

हामीहरू सवैले आफ्ना भाई, वाहिनी, छोरा छोरी हरुलाई सफलताको शिखरमा चढेको देख्न चाहन्छौ जुन असल शिक्षाबाट मात्र सम्भव हुन्छ। जीवनमा सफलता प्राप्त गर्न अथवा केही गर्नका निम्ति शिक्षा सबैको निम्ति महत्त्वपूर्ण रहेको हुन्छ।जसले जीवनको कठिन समयमा चुनौती संग लड्न सहायता गर्दछ।

शिक्षा स्त्री ,पुरुष दुबैका लागि समान रूपमा आवश्यक छ किनकि स्वस्थ र शिक्षित समाज को निर्माण दुबै द्वारा गरिएको हुन्छ यो एउटा उज्वल भविष्य को निम्ति आवश्यक यत्र हुनु का साथै देश को विकास र प्रगति मा यसले अत्यन्त महत्वपूर्ण भूमिका को निर्वाह गरी रहेको हुंन्छ। यसप्रकार उपुक्त शिक्षा सबैका लागि उज्ज्वल भविष्य निर्माण को लागि महत्वपूर्ण हुन्छ।

केवल एक शिक्षित नेता ले एउटा शिक्षित राष्ट्र को निर्माण गर्न सक्छ र राष्ट्र लाई सफलता र प्रगति को बाटो मा लैजान सक्छ। शिक्षा ले जहाँ सम्म संभव हुन्छ त्यहाँ सम्म मानिसहरु लाई असल र सज्जन बनाउने कार्य गर्दछ।

आज को समाज मा शिक्षा को महत्त्व बढी रहेको छ। शिक्षा को उपयोग त धेरै छन तर यसलाई नयाँ दिशानिर्देशको खाचो छ। शिक्षा यस्तो प्रकार को हुनु पर्दछ कि एउटा व्यक्ति आफ्नो परिवेश संग परिचित हुन सकोस। शिक्षा हामी सबै को उज्ज्वल भविष्य को लागि एकदम आवश्यक साधन हो। हामी सबै ले यस साधन को माध्यम बाट आफ्नो असल भविष्य को निर्माण गर्न सक्छौँ । आफ्नो जीवन को उज्ज्वल भविष्य को सही मूल्यांकन गरी समाज माझ एउटा उदाहरण प्रस्तुत गर्न सकीन्छ।

शिक्षा को उच्च स्तर बाट व्यक्ति हरु को सामाजिक तथा पारिवारिक सम्मान तथा छुट्टै पहिचान पाउन सकिन्छ । समय सबै को लागि सामाजिक तथा व्यक्तिगत रूप मा महत्वपूर्ण हुने गर्दछ यही कारण हो कि हाम्रो जीवन मा शिक्षा को यति धेरै महत्व छ।

असल शिक्षा बाट जीवन मा धेरै उदेश्य हरु प्राप्त गर्न सकिन्छ जस्तै व्यक्तिगत उन्नति , सामाजिक स्तर को उन्नति , सामाजिक स्वस्थ्य को विकास , आर्थिक प्रगति , राष्ट्र को सफलता , जीवन मा लक्ष्य निर्धारित , सामाजिक मुद्दा हरु को बारे मा जागरूक भै पर्यावरण सम्बन्धि समस्या लाई हल गरी एक शिक्षित असल नागरिक आधुनिक शिक्षा प्रणाली द्वारा बन्न सकिन्छ। आधुनिक शिक्षा प्रणाली बाट अशिक्षा र असमानताका मुद्दा हरु लाई हटाई विभिन्न जाती , धर्म मा एक समान शिक्षा को सृजना गर्न सकिन्छ र यस बाट असल समाज र राष्ट्रको निर्माण हुन्छ।
जब असल शिक्षा प्रदान हुन्छ तब मात्र समृद्ध नेपाल, सुखी नेपाली सम्भव हुन्छ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.