समिक्षा कार्की ।
“शत समाहर सहस्रहस्त संकिर”
सय हातले कमाउ र हजार हातले दान गर ,
मनिक एक सर्वश्रेष्ठ प्राणी हुनुमा सर्वोच्च सोच, शक्ति हुनुको भुमिका छ त्यस्तीनै उदार मन र भावना हुनुको छ । जव एक व्यक्तिमा त्याग र दया जस्या जस्ता मुल्य हरु हुन्छन् तव मात्रै उ एक मानव बन्छ ।
भिक्षा दान, श्रमदान, रक्तदान आदी जस्तै अंगदान पनि मानवीय समर्पणको एक सुन्दर उदाहरण हो जहाँ एक मानवले आफु जिवित हुँदा अथवा आफ्नो मृत्यु पश्चात अन्य व्यक्तिलाई अपरिहार्य पर्ने अंगहरु दान स्वरुप स्वच्छिक रुपमा प्रदान गर्दछ । अंगदान अन्तर्गत आँखा, मृगौला, मुटु कलेजो जस्ता सम्पुर्ण अनुसन्धान गर्न लायक अंगहरु पर्दछन् ।
विश्वमा अंगदानको सुरुवात सन् १९५४ देखि भएको थियो जहाँ मृगौला दान गरी प्रत्यारोपण गरिएको थियो त्यस पश्चात अन्य बिभिन्न अंगहरूका दान गर्ने प्रचलन शुरु भयो र वर्तमान समय सम्म आइपुग्दा अंगदान एक सर्वश्रेष्ठ धर्मको रुपमा स्थापित भइसकेको छ । अंगदानको सुरुवात पछि अनगिन्ती अंग दाताहरुले अंगदान गर्न अग्रसरता देखाएका छन् ।
सयुक्त राज्य अमेरिकाबाट मात्र कुल वयस्क जनसंख्याबाट ६० प्रतिशत बयस्कहरुले आफ्नो मृत्यु पश्चात आफ्नो अंगदान गर्ने घोषणा गरेका छन् । सन् २०२२ मा मात्रै ४२ हजार भन्दा बढी अंग प्रत्यारोपण भएको एक रिपोर्टले देखाएको छ । बिभिन्न पश्चिमा देशहरु लगायत नेपालमा पनि अंगदान विस्तारै अघि बढीरहेको छ । बिभिन्न उच्च स्थानमा भएका व्यक्ति सामाजिक अभियान्ता लगायत सर्वसाधारणहरूले पनि अंगदान गर्ने निर्णय गरिरहेका छन् । विश्वमा लगायत नेपालमा पनि सबैभन्दा धेरै अंगदान तथा प्रत्यारोपण गर्ने अंग मृगौला हो । नेपालमा कुनै व्यक्तिको मृगौला फेल हुँदा अन्य व्यक्तिको मृगौला दान गरेको थुप्रै रेकर्डहरू छन् तथापि त्यहाँ निश्चित कानुन छ ।
अंगदान भनेको जीवन दान हो । धेरै रोगको उपचार नै मात्र गर्न नहुने अवस्थामा रोगीहरूलाई अंगदानको माध्यमबाट बचाउन सकिन्छ । एउटा व्यक्तिको अंगदानबाट ८ जना व्यक्तिको जीवन बचाउन सकिन्छ । अंगदान जस्तो पुण्य काम अर्को छैन । एउटा मस्तिस्क मृत्यु भएको व्यक्तिबाट उसको मुटु, कलेजो, मृगौला, सानो आन्द्रा, फोक्सो, आँखाको रेटिना दान गरेर अन्य ८ जनाको ज्यान बचाउन सकिन्छ ।
हामीले अंगदान गर्दैमा कसैको जीवन बाँच्छ भने प्रयास गर्नुपर्छ । कुनै पनि अंग आवश्यक परेमा उसलाई इच्छुक ले अंग प्रदान गर्नु नै सामान्य भाषामा अंगदान हो ।
अंगदान यानि मृत्यु भन्दा पहिलेको जीवित व्यक्तिहरुबाट उत्तराधिकारी रुपमा उनिहरुको अंगदान गर्नु हो । यसले अनेक जीवनलाई उद्धार गर्ने र तिनीहरुको जीवनमा नयाँ आशा पर्दा गर्दछ । एक व्यक्तिले अंगदान गरेमा उसको अंगको प्रयोजनलाई एकाउने वा सर्वनाश गर्ने खतराको कमी हुन्छ । यसले उनीहरुको परिवारमा राम्रो समृद्धि र उत्साह उत्पन्न गर्दछ । जसले उनिहरुको जीवनको नयाँ अध्यायमा मद्धत पुर्याउँछ । अंगदानको विश्वभरी दुखि व्यक्तिहरुलाई सार्वजनिक खुशीको कारण बनाउन सक्छ । मानव जीवनको सबैभन्दा मूल्यवान सम्पदा उसको स्वास्थ्य शरिर हो । यसले मरण पछि पनि जीवनमा नयाँ उमंग को रंग दिन सक्छ ।
आवश्यक हरुको जिवन बचाउन रोगीहरुको जीवनमा नयाँ उमंग र आशाहरूको प्रवाह प्रवेश गराउने अंगदानको महत्व बढेको छ । यसले रक्तदानले रगतको अभाव पुर्ण गरेर रगतको आवश्यकताको लागि उपयुक्त समयमा उपलव्ध गराएझैँ काम गर्दछ ।
अंगदानको मानिसलाई कुनै अंगले क्रियाशिल रुपमा का मगर्न नसकेर अकालमा ज्यान गुमाउनबाट जोगाउँछ । यसले गर्दा विश्व स्वास्थ्य प्रणालीमा अभिवृद्धि गर्छ । रोग मुक्त र दीर्घायु पार्ने मात्र नभई बिभिन्न अनुसन्धान र खोजलाई समेत बढावा दिएर बिभिन्न नयाँ आविश्कार गर्ने पनि अंगदानले सवल बनाएको छ । मृत्यु पश्चात काम नलाग्ने शरीरका अंगहरु अन्य व्यक्तिलाई दान गर्दा आफ्नो अंगहरु स्वचालित नै रहन्छन् । यसको आफ्नो मृतक परिवारलाई आत्म शान्ति प्रदान गर्दछ ।
नेपालमा अंगदानको धेरै महत्वपुर्ण विषय हो । हामीलाई अंग प्रत्यारोपणका लागि अंगदानको आवश्यकता पर्दछ । आफु एउटा मानव हो भनि चिनाउनुको लागी मानवता देखाउनु पर्दछ । बिज्ञान र प्रविधिको बढावा साथै समृद्धि साथै चिकित्सा विज्ञानको विकास अझै प्रगतिशिल देखिन्छ ।
प्रत्येक दिन हजारौँ मानवले आफ्नो जीवन गुमाउँछन् ती गुमेका जीवनले पहिल्यै बुझ्ने हो भने अंगदानको अभावमा छट्पटाइरहेकाहरुको पिडा अथवा उनीहरुका परिवारको भावनालाई आफुले भोग्नुपर्ने पीडा बुझ्ने हो भने धेरै अंगदानको लागि तयार हुने हो भने अंगको अभावमा भोग्नुपर्ने पिडा पक्कै पनि कम हुनेथियो ।
अन्तराष्ट्रिय समुदायले अंगदानको महत्वलाई पहिचान गरेका छन् र धेरै देशहरुमा अंगदानको प्रचलन लामो समयदेखि कायम छ ।
यसले बिभिन्न जातजाति संस्कृती र धर्मका मानिसलाई एकजुट गर्दछ र मानवतामा प्रेरित गर्दछ ।
अंगदान एक सर्वश्रेष्ठ धर्म भएता पनि यसले बिभिन्न मानव निर्मित धर्म, संस्कृती तथा परम्पराले सिमित बनाएको छ । हिन्दु धर्म अनुसार मानिसको मृत्यु पश्चात दाहसंस्कार नगरेमा त्यस मृत शरीरले शान्ति नपाउने मान्यता रहेको छ । जसले गर्दा मुत्यु पश्चात मानिसहरुले आफ्नो अंगहरु दान गर्ने कुरामा संक्रिण भावना पैदा गरेका छन् ।
यसले गर्दा अंगदानको महत्व तथा लाभहरू पनि सिमित भएका छन् । यस लयात अंगदानको नाममा अङ्ग व्यापार जस्ता अपराध पनि बढ्दो रुपमा फैलिरहेको छन् ।
अंगदान एक मानविय क्रिया नभएर एक व्यापार हुन थालेको छ । जसले गर्दा केहि धन प्राप्तीको लागि गरिव निमुखा जनताले संविधानको मापदण्ड विपरित गई आफ्नो अंगहरु अवैध रुपमा बेचिरहेका छन् ।
मृत्यु पश्चात डढेर र गलेर जाने शरीरका अंगहरु आवश्यक व्यक्तिलाई दान गर्दा आत्म शान्ति त मिन्छ नै प्राप्त गर्ने व्याक्तिले नयाँ जिवन प्राप्त गर्छ । अंगदानलाई व्यापार प्रयोजनबाट रोकि एक ऐच्छिक कृया बनाउन सके मानव विकासमा ठुलो टेवा पुग्दछ । यसका लागि सरकारले उचित नियम कानुन बनाउन जरुरत छ ।
अंगदान जीवन दान हो । अंगदानको विश्वभर दुखि व्यक्तिहरुलाई सार्वधिक खुशी बनाउँछ । अंगदानले अनेक जीवनहरूलाई उद्धार गर्दछ । जस्तै मुटुको अंगदानले नयाँ आशा र उत्साह प्रदान गर्दछ । एक व्यक्तिबारे अनेक मानिसहरुको जीवन बचाउन सकिन्छ ।
अंगदान गर्ने व्यक्ति आत्मसन्तुष्टि रहन्छ किनकी उनीहरुले अरुको जीवनमा विश्व र उपकारको भावना जगाउँछ । अंगदानले व्यक्तिको परिवारमा समृद्धि र उत्साह ल्याउँछ ।
अंगदान जिवन दान हो तसर्थ यसले आफ्नो भन्दा ठुलो धर्म मान्दै आफ्नो मृत्यु पश्चात अंगदान गर्ने निर्णय सम्पुर्ण व्यक्तिले गर्नु राम्रो हो । मैले त अंगदान गर्ने घोषणा गरिसकें अव हजुरको पाली ।
(समिक्षा रामधुनीकोनव दिप एकेडेमीका कक्षा ९ मा अध्ययनरत छात्रा हुन)
I like this