प्रकाश बन्जारा ।
मधेश नबन्नमा एउटै कमजोरी हो । क्षमता नभएको नेता । विकेन्द्रिकृत विकासको सिद्धान्त आइसकेपछि आफ्नो ठाउँको विकास आफैँ गर्न सक्ने गरीको संघीयता हामी सामु छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख वडा कार्यलय र पालिका हरुले पाएका छन् तर नेतृत्व असक्षम हुँदा अपेक्षाकृत विकास मधेसले पाएको छैन । समतल भुभाग, चारैतिर पारिलो घाम लाग्ने खेत, सिंचाईमा सामान्य नहर भए पुग्ने मधेश विकासको पर्दा पछाडी पर्नु आफैँमा ठुलो अभिशाप हो ।
मधेश बनाउने नाममा कुर्यौँ पटक भत्काइरहने हरुले जहिल्यै त्यहाँका सोझा सिधा जनतालाई झुक्याइरहन पाएका छन् । जनताको जीवनस्तर नउक्नेपछि जनता शिक्षाको हिसावले पछि परेपछि तिनै नेताहरु हालीमुहाली मा छन् तर मधेस जस्ताको तस्तै छ जुन हामीले बालखैमा जान्दा थियो ।
मानिस परिवर्तनशील प्राणी हो किन भने हामी संग सोच्ने क्षमता छ अनी आफुले चाहेको अनुकूल हामी आफुलाई ढाल्न सक्छौ। यही हाम्रो बिशेसता पनी हो जून अरु प्राणीमा छैन ।
बोटबिरुवा जे गरे पनि त्यहि रहन्छ, कुकुर जे गरे कुकुर नै रहन्छ, गोरु जे गरे गोरु नै रहन्छ तर मान्छे त्यत्तिकै रहदैन यो त परिवर्तन चाहिरहन्छ । उमेरले ५१ बर्ष भएको पर्साको सखुवा प्रसौनी गाउँपालिकामा जन्मिएको अफजल हुसेन सामान्य परिवारमा हुर्किएका व्यक्ति हुन । मेहनत संघर्षले छात्र वृद्धिमा पाकिस्तानमा मेकानिकल इन्जिनियरको पढाई गर्न भ्याएका अफजलले जागिरको लागि थुप्रै चाप्लुसी गर्न पर्यो तर जव उनि आफ्नो सिप अनुसारको काममा खाडी भासिए तव उनको जीवनमा केहि सहजता भयो ।
पर्सा जिल्ला को ग्रामीण क्षेत्रमा जन्मेको केटो अहिले उ सगै हातमा सिप भएकै कारण शिक्षा, इलम, ज्ञान, रोजगार साथै आफुले चाहेको सम्पूर्ण सुख सुबिधा पनी छ।
यो सबै सुविधा अफजललाई पुर्ख्यौलीले दिएको होइन न त सखुवा प्रसौनी ले नै दिएको हो यो त अफजलले गरेको मेहनत र परिश्रमको प्रतिफल हो । सिमेन्स नामक विश्व विख्यात कम्पनीको विद्युत उत्पादन तर्फ टर्वाइन बनाउने कम्पनीको सिनियर फ्याक्ट फाइन्डर एंव वरिष्ठ इन्जिनियरको रुपमा काम गर्दै आएका उनी नेपाली करिवन राम्रै तलव खान्छन् ।
कुनै बेला अफजलले नेपालमा विद्युतको क्षेत्रमा काम गरेर देशको सेवा गर्ने सोच राखेका थिए । तर एउटा विज्ञलाई त्यति सजिले हाम्रो देशले चिन्न सकेन । उनले जनप्रतिनिधि बनेर आफ्नै जन्मभूमिको सेव गर्न पनि नचाहेका होइनन् गत स्थानीय तहको निर्वाचनमा सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्ष पदको लागि निर्वाचन पनि लडे तर गरिवी र शिक्षाको रेखामुनि रहेका त्यहाँका मतदातालाई मासुभात र पैसा नै दिनुपर्छ त्यो अफजलले जानेनन् या त यहाँको निर्वाचन पद्धती नै बुझेनन् आज फेरी उनि मध्यपूर्वमा छन् ।
विश्व मानचित्रको मध्यपूर्व दुवई स्थित कार्यालयबाट इराक, इरान, अफगानिस्तान, कतार, साउदी अरव, ओमान जस्ता देशमा पुगेर विज्ञताको उपयोग गर्ने उनि वास्तवमै मधेशको विकासका लागि चाहिने लिडर हुन ।
कुनै वेला अफजलले लेखेको एउटा लेखको याद आउँछ उनले ‘देश विकासका लागि लिडरका नाममा हामीसँग डिलरहरुमात्रै छल जसबाट परिवर्तन पटक्कै सम्भव छैन ’ लेखेका थिए ।
आज भन्दा ५० वर्ष पहिला हामीसंग बन्दूक थिएन । बाण या नि नुखिलोओं भाला बाट जीवजन्तुको शिकार गर्थे। परिवर्तन हुदाँ हुदाँ हुदै अहिले बन्दूक बाट मिसाइल सम्म पुगियो जस बाट हामी सकेण्डमा १००० माइल्स सम्मको शिकार गर्न सक्छौँ ।
कुनै जमाना थियो त्यतिवेला सञ्चारको लागि लेन फोन त्यत्तिकै उपयोगी थियो अहिले क्यामरा सहितको मोबाइलले लेन फोनको जमानालाई परिवर्तन गरिदिएको छ
भन्नको तात्पर्य समय अनुसार सबै थोकमा परिवर्तन भयो अवस्थामा अपग्रेड भयो तर हामी ५० औ वर्षमा आफुलाई अपग्रेड गर्न सकेका छैनौँ ।
हिन्दीमा एउटा भनाई छ ” अगर कोई इंशान अपना हालात अगर खुदसेओं नही बदलना चाहेगा तो उसको भगवान भी कोई मदत नही करसकता हैं”
खासमा हामीलाई हाम्रो समाजले कन्ट्रोल गरेको छ । समाजको अनुसार खाने बस्ने लाऊने सुत्ने सबै थोक गर्दैछौ । तर हामीलाई थाहा छैन समाजको यो हाम्रो ब्वास्था अपग्रेड नभएको कति भो, हाम्रा शिक्षा प्रणाली कति पुरानो छ आदी आदी ।
समाज चलाउने पुराना र गलत मानसिकता बोकेका मानिसहरूको अहिलेपनि बर्चस्व छ हामीमाझ । अनी हामी सबै उनीहरुलाई पछ्याउँछौँ । अहिलेको नया पढे लेखेका पुस्ता होस या उहिलेका मानिस । अनी यस्तो अवस्थामा जती हामी बदलावको प्रयास गर्छौ त्यसको कुनै मतलबनै छैन ।
अहिले गलत मानसिकता बोकेका मानिसहरुको जड समाजमा लोहा जस्तो भईसकेको छ। यसलाई सजिलै हल्लाउन सकिदैन ।
यो धेरै कठीन भएको कारण पनि यो काम कठोर व्यक्तिबाट मात्रै सम्भव हुन्छ । हाम्रो समाजको धमिराहरूलाई गतिलो सवक सिकाउन सजिलो त पक्कै छैन तर गर्छु भनेर कम्मर कस्ने व्यक्तिलाई गाह्रो पनि हुदैन ।
हामी सबै भ्रष्टाचार मुक्त देश बनाउन चाहान्छौँ तर सुधार गर्न तयार छैनौँ यसलाई यसरी बुझौँ स्वर्ग जान सबै तयार छन तर मर्न कोहि पनी चाहदैन न मरिकन स्वर्ग जाने बाटो कसरी खुल्छ त ?
अफजलले हामीसँग उनको आफ्नो अनुभव यसरी सेयर गरे । “अस्तिको स्थानीयमा म पनी यो समाजलाई बदलने सोच लियर विदेशको आफनो बहुराष्ट्रिय कम्पनीको जागीर छोड़ीओं गाऊ आएको थिएँ । मेरो कुरा, मेरो परिवर्तनशील बिचार, मेरो भिजन, मेरो एजेण्डा अरू चोर नेताहरु भन्दा फरक थिए किन भने मैले खोजेका थिए बिकास बदलाव शिक्षामा उन्नती। सायद जनताहरूलाई मेरो सत्य कुरा मन परेन अनी पालिका अध्यक्षमा असफल भएँ ।”
समाजको हकिकत यस्तो छ कि जो केहि नयाँ गर्छु भनेर आउँछ त्यसलाई हामी पत्याउँदैनौँ पत्याउँछौँ त त्यहि पुरातन समाज, त्यहि ढोँगी नेता त्यहि भ्रष्ट शासन पद्धती अनि सुधार कहाँबाट आउँछ ? यो सखुवा प्रसौनी को मात्रै हार होइन यो त सिंगो मधेशको हार हो । मधेशको नाममा बर्षौँ बर्ष देखि चरिखान पल्केकाहरूको जित हो । यसबाट परिवर्तन सम्भव छैन ।
मधेश कति सम्म पुरातन मान्यतामा छ भन्ने कुरा हेर्न टाढा जानै पर्दैन हिजो डेंगु नियन्त्रण भन्दा बाहिरबाट आएको सवारीसाधनमा औषधि छरेको उदाहरणलाई पनि लिन सक्नुहुन्छ ।
एडिस जातको मच्छरबाट सर्ने रोग डेंगु सग्लो पानीमा बस्छ घर वरीपरी को पानी जमेका भागहरुमा त्यसका अण्डा हुनसक्छन् लार्भा हुन सक्छन् त्यसलाई नस्ट गर्न सकियो भने डेंगु नियन्त्रण गर्न सकिन्छ भनेर विज्ञानले भनिरहेको अवस्थामा मधेश अझै गाडीमा औषधि हानिरहेको छ हावामा लाखौँ फालिरहेको छ भने परिवर्तन कसरी होला तपाई आफैँ विचार गर्नुस ।
अफजल मधेशको हिरा हो । हीरालाई चिन्न नसक्नु त्यहाँका बासीको कमजोरी हो । यस्तै हिरा हरुलाई विदेश खेदाइरहने हो भने देश अरु सर्यौँ बर्ष सम्म नबन्ने पक्का छ ।