म-मरेको-दिन – कविता

कविता

म मरेको दिन

भन्न सक्दिन म

आज हो की भोलि

तिम्रो हो या मेरो

स्थिर हुनेछ काठको मुडो झै

न त चलमलाउने छ

जसको तस

न त श्वासको नै प्रकृया

जनाउनेछ छ कुनै प्राणी झै।

 

स्तब्ध हुने छ सबै

खबर अनि सोच

फुल्ने छ श्वास त्यस्तै

जल्ने छ छाती उस्तै

चित्कार फुट्ने छ चट्टान सरी

दब्ने छ बोली हरपहर

छट्पटाहट उस्तै हुनेछ

एक जिउँदो लास झै।

 

भन्ने छन्न कतिले लाचार हुदै

कस्तो कलकलाउँदो उमेर

लोभ्याउने यौवन कठ्ठै!

बुढेसकाल उस्तै माता र पिता

कस्तो भयो होला

त्यो मन विचारा

दैवको लीला

कस्तो पापी होला।

 

भन्ने छन् कतिले घृणित हुदै

बोझ कम भयो एउटा

मर्नु नै थियो यस्तो

कुकर्मको फल न हो

चलमलाउने छ घाट

रमाउदै आनन्दित मुद्रामा

जल्ने छ त्यो मुडो झै देह

आफन्तको चित्कार सङ्गै ।

 

घोचिने छु म त्यहाँ पनि

दनदन दन्किएको चितामा पनि

कति ढिलो जलेको यो

कठोर वचन सङ्गै

फर्किने छन् सबै

हलचल हुदैन्न पिता

किनकी एउटा खम्बा ढलेको छ

कतिको प्यारो त कतिको घृणित।

 

हो छाउनेछ छ सामाजिक सञ्जालमा

यस्तो उस्तो यहाँ उहाँ भन्दै

लेखिने छ हार्दिक श्रद्धाञ्जली

पाउने छन् अनलाइन र युटुबरले

होच्याउने दुखेको मनमा

अझ नुन खुर्सानी थपिने गरी

सोधिने छन् प्रश्न अनाकमा

अनौठा तरिकाले

गुण्डा नै मरे सरी।।

हार्दिक श्रद्धाञ्जली हार्दिक श्रद्धाञ्जली

✍समिप आचार्य “यात्री”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.