झुम्काको इलाका प्रहरीका लागि ढेडीगाउँमा ५ कठ्ठा जग्गा, बजारमै इलाका प्रहरी हुनुपर्ने सरोकारवालाको निस्कर्ष

राजन भट्टराई ।

झुम्का । नजिकै आउँदै गरेका चाडपर्व लक्षित सुरक्षा चुनौती र झुम्कामा इलाका प्रहरी स्थायी बनाउने बिषयमा उद्योग वाणिज्य संघले सरोकारवालाहरुसँग छलफल गरेको छ ।

शनिवार झुम्का उद्योग वाणिज्य संघ रहेको शिव मन्दिरमा सरोकारवालासँग छलफल कार्यक्रमको आयोजना गर्दै उद्योग वाणिज्य संघ झुम्काले वजार र व्यवसायलाई लिएर झुम्का बजारको प्रस्तावित इलाका प्रहरी कार्यालयलाई स्थायी बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिएको थियो ।
संघका अध्यक्ष नविन चौधरीको अध्यक्षतामा भएको भेलामा नगरका राजनितिक दल तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा रामधुनीको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रस्तावित ईलाका प्रहरी कार्यालयलाई पूर्णता दिन आवश्यक मापदण्ड र नीतिका बारेमा छलफल केन्द्रीत भएको थियो । विगतको स्थानिय सरकारले नेपालको संविधान अनुरुप एक स्थानिय तहमा एक ईलाका प्रहरी कार्यालय हुनुपर्ने भन्दै इलाका प्रहरी कार्यालयलाई कम्तिमा ५ कठ्ठा जमिन चाहिने मापदण्ड अनुरुप रामधुनी ६ को ढाडेगाउँमा ५ कठ्ठा जमिन दाता मार्फत प्राप्त गरेपनि सो ठाउँ बजार भन्दा टाढा रहेको र बाटोको व्यवस्था समेत नरहेको भन्दै त्यस ठाउँमा ईलाका उपयुक्त नहुने सरोकार वालाको भनाई छ ।

नेकपा एमाले जिल्ला उपसचिव राम कोइरालाले प्रस्तावित इलाका प्रहरी ल्याउने काममा आफ्नो सक्रियता रहेको र ढेडिगाउको जग्गाको पुर्जा पेस गरेर इलाका प्रहरी दावी गरिएको बताएका थिए ।

हाल सुनसरी मोरङ्ग सिचाई आयोजनाको भवनमा प्रस्तावित ईलाका प्रहरी कार्यलय संचालित छ । कार्यक्रममा नेपाली काङ्ग्रेस रामधुनी नगर सभापति सुदिप अधिकारी, नेकपा माओवादी केन्द्र रामधुनीका नगर अध्यक्ष बलराम चौलागाई, नेकपा एमाले जिल्ला कार्यसमिति उपसचिव राम कोइराला लगायत अन्य राजनीति दलका प्रतिनिधि तया समजसेवि बुद्धिजीवी सरोकारवाला व्यापारी आदिको उपस्थिती रहेको थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै इलाका प्रहरी कार्यलय पकलीका प्रहरी निरिक्षक केशव गौतमले प्रहरी निरीक्षकको दरबन्दी रहेको प्रस्तावित इलाकामा स्रोत र साधान नहुँदा निरिक्षक आएर बस्न सक्ने अवस्था नरहेको बताए ।

सरोकारवालाहरुले इलाका प्रहरी कार्यलय बजार एरियामा रहनुपर्ने भन्दै त्यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने भनाई राखेका थिए ।
उद्योग वाणिज्य संघ झुम्काका महासचिव प्रकाश बन्धु बस्नेतले संचालन गरेको कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी सहित, व्यापारी र राजनितिक दलका प्रतिनिधि र समाजसेवी हरुको समेत सहभागिता रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.