झुम्का । रामधुनी नगरपालिकाले महिला हिङ्सा सम्वन्धि १६ दिने अभियान अन्तरगत शुक्रबार महिलाको कानुनी अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रामधुनी वडा नम्बर १ को जेष्ठ नागरिक भवनमा भएको कार्यक्रममा लैङ्गिक हिङ्साका सम्बन्धमा छलफल गरिएको थियो भने लिङ्गका आधारमा हिङ्सामा परेकाहरुले कसरी न्याय पाउने भन्ने बिषयमा नेपालको कानुनले तोकिएका कानुनी कार्वाहीको विषयमा अन्तरक्रिया गरिएको थियो ।
रामधुनी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सेभ द अर्थ सुनसरी, इटिसि नेपाल, आसमान नेपाल, नेपाल प्रहरीका सहयोगमा भएको थियो ।
रामधुनीका सामाजिक संघ संस्थाका प्रतिनिधि, रामधुनी सबै वडाका अध्यक्ष तथा प्रतिनिधि, नगर प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा लगायत विभिन्न शाखाका प्रमुखको उपस्थित भएको कार्यक्रमलाई मानव अधिकार संजाल सुनसरीका रमेश भट्टराई तथा जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता सुष्मा नगरकोटी र चन्द्र शेखर साहले सहजिकरण गरेका थिए ।