झुम्काका खाद्य दोकानमा म्याद गुज्रिएका सामान भेटिए

झुम्का । झुम्का बजारको अनुगमनको क्रममा खाद्यपदार्थ बेच्ने पसलमा अखाद्य पदार्थ र म्याद गुज्रेका सामान फेला परेका छन् ।

झुम्का उद्योग वाणिज्य संघको रोहवरमा जिल्ला प्रशासन कार्यलय सुनसरी, रामधुनी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालयले झुम्का बजारको शुक्रबार सयुक्त अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा खाद्य पदार्थ बेच्ने पसलमा अखाद्य पदार्थ भेटिएको र यस्तो अखाद्य पदार्थ बेच्ने पसललाई सचेत समेत गराइएको अनुगमन अधिकारीहरुले बताएका छन् ।

जिल्ला प्रशासन कार्यलय सुनसरी इनरुवाका अधिकृत केशव खतिवडा समेतको टोलीले होटल तथा किराना पसलहरूको अनुगमन गरेको थियो । दशैँ लगायतका महान चाडवाडको आगमनसँगै बजारमा गुणस्तरहीन सामान बिक्रि बितरण नहोस भनेर अनुगमन गरिएको बताइएको छ ।

अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयबाट हरि प्रसाद कोइराला, रामधुनी नगरपालिकाबाट टिकाराम चौधरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट श्रृजना जोशी , उपभोक्ता मन्चबाट अजय देव साथै उद्योग वाणिज्य संघ झुम्काबाट मनिष गेलाल, सुरेश चौधरी, सृजना भट्टराई,जीवन थापा मगर, लेखनाथ खतिवडा, शंकर साह रहेका थिए ।

अनुगमन टोलीले म्याद गुज्रिएका सामान तत्काल नस्ट गरेको अनुगमन अधिकारीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.