सुकुम्बासि टोलमा बस्ने रामधुनी ३ का १४ वर्षिय सुमन परियारको आमाको मृत्यु , जनता मावि कक्षा ८ का साथीहरुले गरे खाद्यान्न सहयोग

झुम्का । झुम्का भएर बग्ने मोरगं सुनसरी सिंचाई आयोजनाको नहरको डिलमा १४ वर्षिय छोरा सुमन परियार संग बस्दै आएकी डुकिमाया परियारको यहि मंसिर ६ गते विहान अचानक मृत्यु भयो ।

छोराको न्वारन गरेर पैसा कमाउन हिडेका डुकिमायाका पति फर्केर नआएपछि नाबालक छोरो पालेर बसेकी डुकिमायाको अचानक मृतु भएपछि घरमा लास उठाउने सम्मको अवस्था थिएन ।

गाउँलेको सहयोगमा लाश सदगत भयो साथै रामपुर वाट पुरेत बोलाएर हिन्दु धर्म अनुसार काजक्रिया भइरहेको छ।

रामधुनीकै वडा नम्बर ३ को जनता मावि सिंगियामा अध्यन गर्दै आएका सुमन परियार आमाको मृत्युको शोकमा रहेका वेला शिक्षक जितेन्द्र सुवेदीको अगुवाईमा आफू संग अध्यनरत कक्षा ८ का साथीहरुले खाजा खाने पैसा उठाएर २४२० को ४ केजी मैदा, ७ केजी तेल, ५ केजी चिनि लगायत अन्य खाद्यान्न सहयोग गरेका छन ।

१२ दिनमा सक्नुपर्ने काम आर्थिक अभावका चाँडै सक्न लागिएको सुमनकी हजुरआमा भिम माया परियारले बेष्ट सञ्चारलाई बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.