इटहरी । रामधुनी नगरपालिकामा खानेपानी सरसफाइ तथा स्वच्छता समितिले स्थानिय तह स्तरको कानून र नीतिहरूको मस्यौदा साझेदारी सम्बन्धि एक दिने कार्यशाला सम्पन्न गरेको छ ।
नेपाल सरकारले सन २०३० सम्ममा सम्पूर्ण नेपालीलाई शुद्ध पिउने पानी, उचित सरसफाइ, व्यवस्थित तथा महिला, बालबालिका तथा अपांग मैत्री शौचालय, जस्ता सरसफाइ सम्बन्धि कुराको व्यवस्था गर्न स्थानिय सरकारले त्यस पालिकाको वर्तमान अवस्था हेरेर एेन निर्माण गर्नु पर्ने र त्यस एेनलाई टेकेर काम गर्नुपर्ने संबैधानिक व्यवस्था भए अनुरुप सो ऐन निर्माण गर्न रामधुनी नगरपालिकाले कार्यशाला सम्पन्न गरेको हो ।
खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि ऐन मस्यौदा समितिका संयोजक तथा रामधुनी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव गौतमको अध्यक्षतामा भएको कार्यशालामा रामधुनी भुगोलको वर्तमान अवस्था तथा संघिय सरकार र प्रदेश सरकारको कानुनलाई मध्यनजर गर्दै आवस्यक छलफल गरि सुझाव लिइ उपयुक्त सुझावलाई मस्यौदामा समावेश गरिएको बताइएको छ ।
समुदायिक समाज उत्थान केन्द्र सिएसडिसिले प्राविधिक सहयोग गरेको कार्यक्रममा कार्यक्रम संयोजक हरि बुढाथोकी , इनरुवा रामधुनी कार्यक्षेत्र सुपरभाइजर यदु मण्डल, दुहबी, धरान कार्यक्षेत्र सुपरभाइजर अर्जुन ढकाल सिएसडिसिको तर्फबाट उपस्थित भएका थिए भने सिएस डिसिकै विनोद प्रसाद शर्माले सहजिकरण गरेका थिए ।
कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, प्रशासकिय अधिकृत सहित नगरका विभिन्न शाखा प्रमुख , झुम्का खानेपानीका अध्यक्ष केसिलाल चौधरी, रामधुनीका विभिन्न वडाका प्रतिनिधि सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराई लगायतको उपस्थिती थियो ।