रामधुनी ५ का वडा अध्यक्ष भोला बास्तोलाले बाँडे वडाका अपांगता भएका व्यक्तिलाई न्यानो कपडा

इटहरी । रामधुनी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष लेखनाथ बास्तोला {भोला} ले वडामा रहेका अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।

बास्तोलाले आफ्नै खर्चमा वडामा रहेका फरक क्षमता भएका अपांगता भएका ४५ जना व्यक्तिहरुलाई न्यानो कपडा प्रदान गरेका थिए ।

समाजमा आफ्नो उत्तरदायित्व वहन गर्दै वडामा रहेका अपांगता भएका व्यक्तिहरुलाई ४५ थान ब्लांकेट वितरण गरेको बास्तोलाले बताए ।

रामधुनी नगरपालिकाको वडा नम्बर ५ मै आयोजित एक कार्यक्रमका वीच वडा अध्यक्ष बास्तोलाले ब्लांकेट वितरण गरेका हुन ।

२०७९ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष निर्वाचित बास्तोलाले गत असारमा आयोजित एक सार्वजनिक सुनुवाई कार्यक्रममा आफुले पाउने तलबबाट २ महिनाको तलव वडाको खेलकुदका लागि दिने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.