झुम्का । झुम्का उद्योग वाणिज्य संघ र प्रस्तावित इलाका प्रहरी कार्यलय झुम्काको सयुक्त पहलमा रामधुनी ३ को दुर्गा मन्दिर परिषरमा सफाइ गरिएको छ ।
धार्मिक दृष्टिले महत्वपुर्ण रहेको दुर्गा मन्दिर छेउछाउ आसन्न दुर्गा पूजालाई मध्यनजर गर्दै सरसफाइ गरिएको झुम्का उद्योग वाणिज्य संघका सचिव मनिष गेलालले बताएका छन् ।
सरसफाइ कार्यक्रममा झुम्का उद्योग वाणिज्य संघका सचिव मनिष गेलाल, सदस्य रोशन घिमिरे, जिवन मगर लगायत स्थानीयहरुको उपस्थिती रहेका थिए भने प्रस्तावित इलाका प्रहरी कार्यलय झुम्काका प्रहरी निरिक्षक सुजन मुदेलको नेतृत्वको प्रहरी टोली सहभागि थियो ।