विपन्नलाई बाच्छि बाँड्दै रामधुनीनगरको वडा नम्बर तीन

झुम्का । रामधुनी नगरपालिका वडा नम्बर ३ ले २०८०र८१ को वर्षिक कार्ययोजना अन्तरगत एक लाख पन्ध्र हजार बराबरको विपन्न तथा लम्पिस्किन रोगले गाई को मृत्यु भएका किसानलाई १० थान बाछी वितरण गरेको छ ।

बुधबार विहान एक कार्यक्रमको आयोजना गर्दै रामधुनी नपा ३ को कार्यालयले र पिप्राहा खेल मैदानमा स्थानिय लोकल जातका २ थान र जर्सि जतका ८ थान गरि जम्मा १० थान वितरण गरेको हो ।

किसानको रोजाईका रामधुनी पशु सेवा शाखाको उपस्थितीमा मा स्थानिय बजारबाट खरिद गरिएको बाछी मध्ये कुनै ठुला बाछीमा केही नपुग भएको रकम किसान आफैले थप गरि खरिद गरीएको रामधुनी पशु सेवा शाखा प्रमुख दुर्गा प्रसाद पराजुलीले बताए ।

उनले भने बाछि आधिकारिक रुपमा आज वितरण भएपनि एक महिना अगाडिनै बाछि किसानलाई दिईसकिएको बताए ।
बाछी पाउनेमा अन्नपूर्ण चौधरी, सुगालाल चौधरी, सकुन्तला चौधरी, कौसिला चौधरी, दिपक रिजाल, दिपमाला चौधरी, कल्पना नेपाल, मानन चौधरी, मोहन बहादुर राउत र विष्णु कुमारी चौधरी रहेका छन ।

बाछी पाएका किसान मोहन बहादुर राउतले आफुले पाएको बाछि गोरु लागिसकेको बताए ।  उनले भने मलाई वडाले दिएको बाच्छी मैले आदिकारिक रुपमा आज पाएपनि एक महिना अगाडिनै बाछी पाएको हुँ  ।

रामधुनी नगरको पशु सेवा शाखाको आयोजनामा भएको कार्यक्रममा रामधुनी ३ का वडा सदस्य तथा कार्यबहाक अध्यक्ष अनिल पराजुलीले विपन्न तथा लम्कि स्किन रोगका पिडित किसानलाइ आर्थिक अवस्था सुधार गर्न यो कार्यक्रम आयोजना गरिएको बताए ।

गत वर्ष जमुनापारी जातका १५ पाठि र ३ बीउ बोका वितरण गरिएको र यो वर्षको बाछी वितरण गरिएको काबा अध्यक्ष पराजुलिले बताए । आगामि वर्ष पनि किसान राहात कार्यक्रमलाई निरन्तरता दिदै जाने वडा सदस्य राजु चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.