इजरायलको आक्रमणमा सुनसरीको मधुवनका राजेश कुमार स्वर्णकार सहित १० जना नेपालीको मृत्यु पुष्टि

इटहरी । इजरायलका लागि नेपाली राजदुतावासले इजरायलमा भएको आक्रमणमा परी सुनसरीको साविक मधुवन गाविस वडा नम्बर १, का राजेशकुमार स्वर्णकार सहित १० जनाको मृत्यु पुष्टि गरेको छ ।

इजलायरको गाजा क्षेत्रमा प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको हो । थप तीन जना घाइते रहेको र उनीहरुको अस्पतालमा उपचार भईरहेको दुतावासको भनाई छ ।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह रहेका छन् ।

पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको उनले बताइन ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।

१० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेको उनले जानकारी दिएकी छन । बाँकी घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडोभन्दा चाँडो उद्दार गर्न प्रयास गरिरहेको उनको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.